मुख्य समाचार
काठमाडौं गोर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर प्लेअफमा
काठमाडौं गोर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर प्लेअफमा

: जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको प्लेअफमा पुगेको छ। काठमाडौं गोर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर प्लेअफमा पुगेको हो। जनकपुर प्लेअफ पुग्ने पहिलो टिम बनेको हो।


टियु क्रिकेट मैदानमा काठमाडौंले दिएको १०२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा १०४ रन बनाउँदै गुर्खाजलाई ५ विकेटले जितेको हो।

जनकपुरका लागि जेम्स निशामले सर्वाधिक २७ रन बनाए। उनले १७ बलमा १ चौका र ३ छक्का हाने। पावरप्लेमा दुई ओपनरलाई गुमाउँदै २४ रन बनाएको छ।


जनकपुरले पहिलो विकेटका रूपमा ४.३ मा ओपनर लाहिरु मिलान्था विकेट किपर राजु रिजालबाट क्याच आउट भए। उनले २० बलमा २ चौकासहित १६ रन बनाए। दोस्रो विकेटका रूपमा ओपनर आसिफ शेख ९ बलमा जम्मा २ रन बनाउँदै गेरहार्ड इरास्मासको हातमा टियू एण्डमा क्याच भए।

तेस्रो विकेट जनकपुरका कप्तान अनिल शाहको रह्यो। उनलाई काठमाडौंका स्पिनर दीपेश कँडेलले एलबीडब्ल्यु आउट गरे। उनी ८.२ ओभरमा ११ रन बनाउँदै बाहिरिए। चौथो विकेट साहब आलमले शुम कन्साकरको लिए। उनले ७ बलमा १ चौकासहित ५ रन बनाएका थिए। उनी दीपेश कँडेलको हातमा क्याच भए।

पाँचौं विकेटको रूपमा जनकपुरले निशामलाई गुमायो। हर्ष थाकर २५ रन र मोहम्मद मोसिन १३ रनमा अविजित रहे।

काठमाडौंका लागि करण केसीले २ विकेट लिए। साहब आलम, दीपेश कँडेल र गेरहार्ड इरास्मसले समान १/१ विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा १०१ रनमा अलआउट भएको हो।

काठमाडौंका लागि गेरहार्ड इरास्मस सर्वाधिक २० रन बनाए। उनले २२ बलमा २ चौका प्रहार गरे। काठमाडौंले पावरप्लेमा २ विकेट गुमाउँदै ३५ रन बनाएको थियो। १० ओभरमा ४ विकेट गुमाउँदै ५४ रन बनाएको थियो। त्यसपछि मिडलअर्डर भने काठमाडौंको कोल्याप्स भयो।

अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न नसक्दा कप्तान करण केसीले १३ बलमा २ चौका र १ छक्कासहित १९ रन बनाउँदै शेर मल्लको बलमा विकेटकिपर लाहिरु मिलान्थाबाट स्टम्पिङ आउट भए। जनकपुरका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए। उनले प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा अग्रस्थानमा रहेका छन्। त्यस्तै शेर मल्लले पनि आजको खेलमा ३ विकेट लिए। मोहम्मद मोसिनले २ विकेट लिँदा किशोर महतो र अरनिको यादवले १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...