मुख्य समाचार
दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता, साढे ७ वर्ष कैद माग
दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता, साढे ७ वर्ष कैद माग

— विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता गरेको हो । उनलाई साढे ७ वर्ष कैद गर्न माग गरिएको छ ।




जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले मुद्दा अभियोजन गरेका हुन् ।


'प्रसाईंविरुद्ध विद्युतीय कारोबारमा मुद्दा दर्ता भएको छ । यो भन्दा अगाडि पनि मुद्दा चलेको हुनाले कानुनी व्यवस्थाभन्दा डेढी सजाय हुने व्यवस्थाअनुसार मुद्दा दर्ता भएको छ । सो व्यवस्थाअनुसार साढे ७ वर्ष कैद माग गरिएको छ,' कटुवालले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा पैसा जम्मा गरेको भन्दै प्रसाईंले अफवाह फैलाएका थिए ।

प्रसाईंको थुनछेक बहस बिहीबार हुनेछ । प्रसाईंविरुद्ध संगठित अपराधमा पनि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै ...
: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत् उक्त दुर्घटनामा परी नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू दुःखी भएको उल्लेख गरेकी छन्। बुधबार भारतको महाराष्ट्रमा रेल दुर्घटना हुँदा चारनेपालीसहित ११ जनाको ज्यान गएको छ । मन्त्री राणाले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै ...
— अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल सडक निर्माण आयोजनाले निर्माणका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्ने तयारी गरेको छ । विसं २०७९ पुस २४ गतेदेखि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जगातीबाट साँगासम्म र काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा एकैसाथ आयोजनाले सडक विस्तारको कार्य सुरु गरेको थियो । भक्तपुर–धुलिखेल सडकको साँगामा निर्माण कार्य तीव्रगतिमा गर्न भक्तपुर र ...
— भक्तपुरमा कारसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी भोजपुरको पात्लेपानी गाउँपालिका-६ घर भई हाल काठमाडौँको पेप्सीकोलामा बस्दै आएका २९ वर्षीय राजु राईकी श्रीमती २३ वर्षीया सपना राईको मृत्यु भएको हो । मध्यपुरथिमि नगरपालिका-२ दिव्येश्वरीस्थित क्षमावती ग्रुप कम्पनी अगाडि पेप्सीकोलाबाट मगरगाउँतर्फ जाँदै गरेको बा.प्र. ०१-०२७ च.९२७ नम्बरको कारलाई सोही दिशातर्फ ...
: पुतलीबजार नगरपलिका –१४ लामागे फाँटमा बुधबार भेटिएको टुईचमोटर बम बिहीबार डिस्पोज गरिएको छ। सिंह सारदुल गुल्म आँधीखोला ब्यारेक स्याङजाको टोलीले बिहीबार बम डिस्पोज गरेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए। भेटिएको सो वस्तु टुईचमोटरमा लाग्ने इचही बम भएको पौडेलको भनाई छ। लामागेस्थित बिष्णुप्रसाद पौडेलको खेतमा जैसिनीद्वारा खेत सम्याउने क्रममा खेतको सतहबाट भन्दा १ ...