मुख्य समाचार
वनको समस्या समाधान गर्न कानुनी जटिलता फुकाइन्छ : मुख्यमन्त्री
वनको समस्या समाधान गर्न कानुनी जटिलता फुकाइन्छ : मुख्यमन्त्री

। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रमा देखिएको समस्या समाधान गर्न कानुनी जटिलता फुकाइने बताएका छन् ।

संविधानले प्रदेश सरकारलाई वन क्षेत्रको अधिकार दिएकाले संरक्षण, सम्वद्र्धन तथा राजश्व वृद्धिका लागि निर्धक्क भएर कार्ययोजना निर्माण गरेर कार्यान्वयनमा जुट्न जरुरी रहेको मुख्यमन्त्री आचार्यको भनाई छ ।




बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री आचार्यले ऐन, कार्यविधि र नियमावलीमा समस्या भए तत्काल संशोधन प्रस्ताव तयार पारेर अघि बढाउन निर्देशन दिए । उनले पुस महिनाभित्र कानुनी जटिलताको समाधान गरिने बताए ।

‘ऐन, कार्यविधि र नियमावली बाधक हुन् भने जटिलता फुकाऔं’, मुख्यमन्त्री आचार्यले भने, ‘ऐन संसोधन गर्नुपर्ने हो भने पुसमा बस्ने प्रदेश सभाको पहिलो बैठकमा संसोधन प्रस्ताव दर्ता गरौं, कार्यविधि र नियमावली बाधक हुन् भने मन्त्रालय तहबाट कार्यदल बनाएर काम अघि बढाऔं ।’



सधैं कानुन बाधक बन्यो, जटिलता भयो भन्ने भन्दा पनि सुधारका लागि योजना बनाउन मुख्यमन्त्री आचार्यले निर्देशन दिए ।

‘संघीय कानुनले वनको अधिकार क्षेत्र प्रदेशलाई सुम्पिसकेपछि पनि हामी काम गर्न डरायौं की ? निर्धक्क भएर यसमा काम गर्न जरुरी छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘प्रदेशमा प्राप्त भएको अधिकार प्रयोगमा ढुक्क भएर अघि बढ्न जरुरी छ ।’

यस्तै नदीजन्य पदार्थको संकलन तथा व्यवस्थापनको लागि एउटै ठेक्का प्रक्रियालाई कार्यान्वयनमा ल्याउने गरी कानुनी व्यवस्था सुधार गर्न सुझाव दिए ।

‘संकलन र घाटगद्दीको दुईवटा ठेक्का निकाल्दा झञ्झटिलो भयो, यसलाई एउटै ठेक्काबाट काम हुनेगरी सुधार गर्न जरुरी छ’, उनले भने, ‘राजस्व चुहावट हुने र कानुन विपरित हुने उत्खनन्लाई कडाइकासाथ नियन्त्रण गर्ने तर, संकलन तथा घाटगद्दीलाई एउटै प्रक्रिया बनाइनुपर्छ ।’

प्रदेश सरकारको मातहतमा रहेको वन क्षेत्र भित्रका खोला खोल्सीको व्यवस्थापन र त्यहाँबाट संकलन हुने ढुंगाजन्य बस्तु संकलनमा समेत ध्यान दिन उनले आग्रह गरे ।

‘बस्ती नजिकका खोला खोल्सीले बस्तीनै जोखिममा पारेका छन् । तिनको पहिचान गरेर व्यवस्थापनको काम गर्नुपर्छ’, उनले भने, ‘यसबाट जोखिममा रहेको बस्ती पनि सुरक्षित हुन्छन् । प्रदेशलाई राजस्व संकलन पनि हुन्छ ।’

वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारले कानुनी जटिलता सुधार गरेर वन क्षेत्रलाई प्रदेशको बलियो आधार बनाउनेगरी काम गर्न थालिएको बताए । वन क्षेत्रबाट प्राप्त हुने स्रोतको सही सदुपयोग गर्दै उपभोक्ताको जिविकोपार्जनमा ध्यान दिएको जानकारी दिए ।

वन क्षेत्रमा देखिएको कानुनी जटिलता फुकाउन वन तथा वातावरण मन्त्रालयका निर्देशक प्रभात सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय सुझाव कार्यदल गठन गरिएको मन्त्रालयका सचिव मोहनराज काफ्लेले जानकारी दिए ।

‘कानुनी जटिलताको पहिचान गरेर संशोधन प्रस्ताव तयार पार्न कार्यदल गठन भएको छ, यो कार्यदलले सुझावहरू तयार पारेर उपलब्ध गराउने छ,’ सचिव काफ्लेले भने, ‘छलफल र अन्तरक्रियामा आएका सुझावहरूलाई आधार मानेर कार्यदल बनाउने निर्णय भएको हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउने सक्ने चेतावनी दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो । सूचनामा नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ ...
। सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । यहाँ रामनगर गाउँपालिका–५ बैजनाथ चौकस्थित बरहथवा–मधुबनी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालक भारतको बिहार राज्य सितामढी जिल्ला ग्राम पंचायत ढेग निवासी अन्दाजी ३५ वर्षीय गौरव पटेल गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो । ...
। राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई संसद्मा गीत गाउन नभइ जवाफ माग्नका लागि बोलाइएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘प्रधानमन्त्रीलाई संसद्मा पप गीत गाइदिन वा र्‍याप हान्न बोलाएको होइन नि,’ शाहीले भने, ‘उहाँलाई त्यहाँ जवाफ दिन बोलाइएको हो ।’ यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ...
। नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णय मार्फत आगामी चार वर्षका लागि उनीहरूलाई नियुक्त गरेका हुन् । नवनियुक्त सदस्यमध्ये निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाडौं महानगरपालिका–१५ निवासी अंशुकिरण शाहीलाई सञ्चालक समितिमा समावेश गरिएको छ । त्यस्तै उपभोक्ताका तर्फबाट नार्गाजुन नगरपालिका–५ निवासी कृष्ण बसेल नियुक्त ...
। नेकपा एमाले सांसद पद्मा अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद्प्रतिको जवाफदेही बनाउन आफूहरू विरोधमा उत्रिएको बताएकी छिन् । बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले प्रधानमन्त्री शाहले संसद्लाई बेवास्ता गरिरहेको टिप्पणी गरिन् । ‘प्रधानमन्त्रीले यो संसद्लाई जसरी बेवास्ता गरिरहनुभएको छ, जसरी संसद्प्रतिको उत्तरदायित्वलाई केही होइन भनिरहनुभएको छ,’ अर्यालले भनिन्, ‘त्यसैले उहाँलाई सबक सिकाउनुपर्ने पनि छ ...