मुख्य समाचार
वनको समस्या समाधान गर्न कानुनी जटिलता फुकाइन्छ : मुख्यमन्त्री
वनको समस्या समाधान गर्न कानुनी जटिलता फुकाइन्छ : मुख्यमन्त्री

। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रमा देखिएको समस्या समाधान गर्न कानुनी जटिलता फुकाइने बताएका छन् ।

संविधानले प्रदेश सरकारलाई वन क्षेत्रको अधिकार दिएकाले संरक्षण, सम्वद्र्धन तथा राजश्व वृद्धिका लागि निर्धक्क भएर कार्ययोजना निर्माण गरेर कार्यान्वयनमा जुट्न जरुरी रहेको मुख्यमन्त्री आचार्यको भनाई छ ।




बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री आचार्यले ऐन, कार्यविधि र नियमावलीमा समस्या भए तत्काल संशोधन प्रस्ताव तयार पारेर अघि बढाउन निर्देशन दिए । उनले पुस महिनाभित्र कानुनी जटिलताको समाधान गरिने बताए ।

‘ऐन, कार्यविधि र नियमावली बाधक हुन् भने जटिलता फुकाऔं’, मुख्यमन्त्री आचार्यले भने, ‘ऐन संसोधन गर्नुपर्ने हो भने पुसमा बस्ने प्रदेश सभाको पहिलो बैठकमा संसोधन प्रस्ताव दर्ता गरौं, कार्यविधि र नियमावली बाधक हुन् भने मन्त्रालय तहबाट कार्यदल बनाएर काम अघि बढाऔं ।’



सधैं कानुन बाधक बन्यो, जटिलता भयो भन्ने भन्दा पनि सुधारका लागि योजना बनाउन मुख्यमन्त्री आचार्यले निर्देशन दिए ।

‘संघीय कानुनले वनको अधिकार क्षेत्र प्रदेशलाई सुम्पिसकेपछि पनि हामी काम गर्न डरायौं की ? निर्धक्क भएर यसमा काम गर्न जरुरी छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘प्रदेशमा प्राप्त भएको अधिकार प्रयोगमा ढुक्क भएर अघि बढ्न जरुरी छ ।’

यस्तै नदीजन्य पदार्थको संकलन तथा व्यवस्थापनको लागि एउटै ठेक्का प्रक्रियालाई कार्यान्वयनमा ल्याउने गरी कानुनी व्यवस्था सुधार गर्न सुझाव दिए ।

‘संकलन र घाटगद्दीको दुईवटा ठेक्का निकाल्दा झञ्झटिलो भयो, यसलाई एउटै ठेक्काबाट काम हुनेगरी सुधार गर्न जरुरी छ’, उनले भने, ‘राजस्व चुहावट हुने र कानुन विपरित हुने उत्खनन्लाई कडाइकासाथ नियन्त्रण गर्ने तर, संकलन तथा घाटगद्दीलाई एउटै प्रक्रिया बनाइनुपर्छ ।’

प्रदेश सरकारको मातहतमा रहेको वन क्षेत्र भित्रका खोला खोल्सीको व्यवस्थापन र त्यहाँबाट संकलन हुने ढुंगाजन्य बस्तु संकलनमा समेत ध्यान दिन उनले आग्रह गरे ।

‘बस्ती नजिकका खोला खोल्सीले बस्तीनै जोखिममा पारेका छन् । तिनको पहिचान गरेर व्यवस्थापनको काम गर्नुपर्छ’, उनले भने, ‘यसबाट जोखिममा रहेको बस्ती पनि सुरक्षित हुन्छन् । प्रदेशलाई राजस्व संकलन पनि हुन्छ ।’

वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारले कानुनी जटिलता सुधार गरेर वन क्षेत्रलाई प्रदेशको बलियो आधार बनाउनेगरी काम गर्न थालिएको बताए । वन क्षेत्रबाट प्राप्त हुने स्रोतको सही सदुपयोग गर्दै उपभोक्ताको जिविकोपार्जनमा ध्यान दिएको जानकारी दिए ।

वन क्षेत्रमा देखिएको कानुनी जटिलता फुकाउन वन तथा वातावरण मन्त्रालयका निर्देशक प्रभात सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय सुझाव कार्यदल गठन गरिएको मन्त्रालयका सचिव मोहनराज काफ्लेले जानकारी दिए ।

‘कानुनी जटिलताको पहिचान गरेर संशोधन प्रस्ताव तयार पार्न कार्यदल गठन भएको छ, यो कार्यदलले सुझावहरू तयार पारेर उपलब्ध गराउने छ,’ सचिव काफ्लेले भने, ‘छलफल र अन्तरक्रियामा आएका सुझावहरूलाई आधार मानेर कार्यदल बनाउने निर्णय भएको हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रतिनिधि सभा निर्वाचनको लागि रौतहटमा १८ वटा मतदान केन्द्र र १ मतदान स्थल थप गरिएको छ। जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार दिएको २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनको तुलनामा यस वर्ष १८ वटा मतदान केन्द्र र एउटा मतदानस्थल थप गरिएको हो। २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा रौतहटमा ५ सय २३ वटा मतदान केन्द्र रहेकोमा यस वर्ष १८ वटा ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पाँच दिनसम्म आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा बसेर शुक्रबार काठमाडौं फर्किएका छन् ।आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवारी दिएका थापा आफ्नो निर्वाचन क्षेत्रमा एक दर्जन बढी कार्यक्रममा सरिक भएर शुक्रबार काठमाडौं फर्किएका हुन् । माघ १२ गते सर्लाही आइपुगेका थापाले पाँच दिनसम्म क्षेत्र ...
: मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल राति १० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोकिएर दुर्घटना भएको थियो। मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ निवासी ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले ...
वनमन्त्री चिडियाखानाबाट सरे
: गौशाला नगरपालिकाले मातहतका क्रसर उद्योगहरुले मरहा खोलामा अवैध उत्खनन तथा प्रशोधन गरेको भेट्टिएपछि बन्द गर्न पत्राचार गरेको छ। नगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने मरहा खोलामा गत माघ ११ र १२ गते अवैध उत्खनन गरेको नाप जाँच भएपछि त्यस स्थानमा रहेको ८ क्रसर उद्योगको ढुवानी, प्रशोधन र उत्खननमा रोक लगाएको हो। महोत्तरीका प्रमुख जिल्ला अधिकारी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम