मुख्य समाचार
सेयर बजारमा सीमित व्यक्ति र समूहको चलखेललाई सरकारले नियमन गर्नुपर्छ : महत
सेयर बजारमा सीमित व्यक्ति र समूहको चलखेललाई सरकारले नियमन गर्नुपर्छ : महत

— पूर्वअर्थमन्त्री प्रकाशशरण महतले सेयर बजारमा चलखेल (म्यानुपुलेसन)का कारण कमजोर कम्पनीको मूल्य उच्च हुने र बलिया कम्पनी नबढ्ने स्थिति सिर्जना भएको बताएका छन् ।




प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा पूर्वअर्थमन्त्री महतले सेयर बजारमा कमजोर कम्पनी माथि पुग्नु र बलिया कम्पनी नबढ्नुले पनि बजार स्वस्थ नरहेको स्पष्ट हुने दाबी गरेका थिए । पुँजीबजार सम्बन्धी नियामक निकायले यस्ता कार्यहरू नजिकबाट नियाल्न आवश्यक रहेको उनको भनाइ थियो ।


‘कमजोर कम्पनी माथि पुग्नु र बलिया कम्पनी नबढ्नुले पनि बजार स्वस्थ नरहेको स्पष्ट हुन्छ । यसर्थ नियामक निकायले यसलाई नजिकबाट नियाल्न आवश्यक छ । सीमित व्यक्ति वा समूहको चलखेललाई नियमन नगरे साधारण लगानीकर्ताको जोखिम बढेर जान्छ,' महतले भने, 'सेयर बजारमा सीमित र चलखेल गर्ने व्यक्तिले मात्रै नाफा कमाउने स्थिति बनेको छ । यसर्थ, नियामक निकायले पारदर्शी भूमिका खेल्न आवश्यक छ । बजारमा हुने चलखेल र म्यानुपुलेसनलाई नियन्त्रण गरेर जान आवश्यक छ।’

महतले पछिल्लो समय सेयरबजार सीमित व्यक्तिले मात्रै कमाउने ठाउँ बनेको दाबी गरेका थिए । उनले अर्थतन्त्रमा केही समस्या रहेको भन्दै वर्तमान सरकारले अर्थतन्त्र सुधारको लागि प्रयास गर्ने विश्वास रहेको बताए ।

सरकारले विदेशी सहयोगको विषयमा वैदेशिक ऋणको तीतो अनुभव रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जग्गा भोगाधिकारमा भएको ढिलाईका कारण निर्माणाधीन रोल्वालिङ खोला जलविद्युत् आयोजना १० महिनादेखि ठप्प छ । सरकारले संरक्षण क्षेत्रको जग्गा भोगाधिकार आयोजनालाई दिन ढिलाई गरेपछि निर्माणसम्बन्धी काम रोकिएको हो । २२ मेगावाट क्षमताको यो आयोजना माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीले बनाइरहेको छ । बिगु गाउँपालिका–१ र गौरीशंकर गाउँपालिका–९ गौरीशंकर संरक्षण क्षेत्रमा आयोजना निमार्णाधीन छ । २० असार ...
— काठमाडौंको कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा धारिलो हतियार प्रयोग गरी बुधबार एक युवकको हत्या भएको छ । दिउँसो धारिलो हतियार प्रहार गरेर गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । उनले भने, 'धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका विपिनको मृत्यु भएको छ । हतियार प्रहार गर्नेको ...
: सरकारले निजामति कर्मचारी र स्वास्थ्यका गरी १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ । खारेज भएका युनियनमध्ये ८ वटा निजामती कर्मचारी र चार वटा स्वास्थ्यकर्मीका ट्रेड युनियन छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले १२ वटा ट्रेड युनियन दर्ता खारेज गर्ने निर्णय गरेको हो । विभागमा दर्ता भई ...
— प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउनका लागि अनेक जालझेल गरिरहेको आरोप लगाएका छन् । पार्टी संसदीय दलको बैठकपछि बुधबार सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री शाहले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश ल्याएको जिकिरसमेत गरे । संसद्‍ अधिवेशन आह्वान र बन्द गर्ने खेल सरकारले ...
: ‘सेलेक्ट यूएसए’ लगानी शिखर सम्मेलनमा नेपालले पहिलो पटक सहभागिता जनाएको छ । शिखर सम्मेलनमा नेपालबाट पहिलो पटक निजी क्षेत्रले सहभागिता जनाएका हुन् । शिखर सम्मेलनमा सहभागी हुँदै नेपालको निजी क्षेत्रले विश्वव्यापी आर्थिक संलग्नतामा महत्वपूर्ण कदम चालेको हो । सम्मेलनमा सहभागी नेपालले आफूलाई लगानी, नव प्रचार र व्यापारका लागि एक उदाउँदो साझेदारको रूपमा प्रस्तुत गरेको ...