मुख्य समाचार
सेयर बजारमा सीमित व्यक्ति र समूहको चलखेललाई सरकारले नियमन गर्नुपर्छ : महत
सेयर बजारमा सीमित व्यक्ति र समूहको चलखेललाई सरकारले नियमन गर्नुपर्छ : महत

— पूर्वअर्थमन्त्री प्रकाशशरण महतले सेयर बजारमा चलखेल (म्यानुपुलेसन)का कारण कमजोर कम्पनीको मूल्य उच्च हुने र बलिया कम्पनी नबढ्ने स्थिति सिर्जना भएको बताएका छन् ।




प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा पूर्वअर्थमन्त्री महतले सेयर बजारमा कमजोर कम्पनी माथि पुग्नु र बलिया कम्पनी नबढ्नुले पनि बजार स्वस्थ नरहेको स्पष्ट हुने दाबी गरेका थिए । पुँजीबजार सम्बन्धी नियामक निकायले यस्ता कार्यहरू नजिकबाट नियाल्न आवश्यक रहेको उनको भनाइ थियो ।


‘कमजोर कम्पनी माथि पुग्नु र बलिया कम्पनी नबढ्नुले पनि बजार स्वस्थ नरहेको स्पष्ट हुन्छ । यसर्थ नियामक निकायले यसलाई नजिकबाट नियाल्न आवश्यक छ । सीमित व्यक्ति वा समूहको चलखेललाई नियमन नगरे साधारण लगानीकर्ताको जोखिम बढेर जान्छ,' महतले भने, 'सेयर बजारमा सीमित र चलखेल गर्ने व्यक्तिले मात्रै नाफा कमाउने स्थिति बनेको छ । यसर्थ, नियामक निकायले पारदर्शी भूमिका खेल्न आवश्यक छ । बजारमा हुने चलखेल र म्यानुपुलेसनलाई नियन्त्रण गरेर जान आवश्यक छ।’

महतले पछिल्लो समय सेयरबजार सीमित व्यक्तिले मात्रै कमाउने ठाउँ बनेको दाबी गरेका थिए । उनले अर्थतन्त्रमा केही समस्या रहेको भन्दै वर्तमान सरकारले अर्थतन्त्र सुधारको लागि प्रयास गर्ने विश्वास रहेको बताए ।

सरकारले विदेशी सहयोगको विषयमा वैदेशिक ऋणको तीतो अनुभव रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका ३४ पुलमध्ये ३३ पुलबाट सवारीसाधन सञ्चालन भइसकेका नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले जनाएको छ । योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डमा अरुण खोला पुलको आठौँ स्पानको ढलान सम्पन्न भएसँगै नारायणघाट–बुटवल सडक योजना ...
— नेकपा एमाले नेता अष्टलक्ष्मी शाक्यले महिलाहरूले विभिन्न कालखण्डमा गरेको आन्दोलन इतिहासमा कहिल्यै बिर्सन नहुने बताएकी छन्। ‘वर्ल्ड अफ वेमेन म्यागजिन र प्रोजेक्ट अभय तथा सी लिङ्स’को संयुक्त आयोजनामा काठमाडौंमा शनिबार आयोजित ‘राजनीतिमा संरचनात्मक अवरोध– महिला शक्ति र राजनीतिक संरचना’ विषयक खुला संवाद कार्यक्रममा बोल्दै उनले योगमाया न्यौपाने, द्वारिकादेवी ठाकुरानी, शैलजा आचार्य, सहाना प्रधानलगायत महिलाहरूले ...
— पाल्पाको रामपुरमा स्कुटर र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । रामपुर नगरपालिका–५, बेझाडनजिकै नहर अफिस परिसरमा स्कुटर र मोटरसाइकल ठोक्किएको हो । रामपुरकै रानाटोलदेखि बेझाड बजारतर्फ आउँदै गरेको जीए–ए–एए–२३८७ नम्बर को स्कुटर र विपरीत दिशाबाट आएको लु ९३ प ४४८ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकल चालक रामपुर नगरपालिका–७, किसानबारीका ...
— सरकारले निरन्तर राष्ट्रिय गौरवको आयोजनाका रूपमा बजेट खन्याइरहेको आयोजना हो— काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) । औपचारिक रूपमा यसको थालनी भएको मिति २०७४ वैशाख हो । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको निर्णयबाट त्यतिबेला आयोजना निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको थियो । तर सेनाको दाबी छ— पुरानो विस्तृत परियोजना रिपोर्ट (डीपीआर) ले नभएपछि हामीले फेरि बनाउनुपर्‍यो । र, मन्त्रिपरिषद्बाट स्वीकृति गराएर ...
२३ र २४ भदौको जेन–जी आन्दोलनबाट तत्कालीन सरकार सत्ताच्युत भएपछि २७ भदौमा सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम