मुख्य समाचार
दक्षिण कोरियाली प्रहरीले राष्ट्रपति युन सुक येओलको कार्यालयमा छापा
दक्षिण कोरियाली प्रहरीले राष्ट्रपति युन सुक येओलको कार्यालयमा छापा

— दक्षिण कोरियाली प्रहरीले राष्ट्रपति युन सुक येओलको कार्यालयमा छापा मारेको छ । राष्ट्रपति येओलले सैनिक शासन घोषणा गरेको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले बुधबार राष्ट्रपति कार्यालयमा छापा मारेको छ ।




राष्ट्रपति युनले गत साता अप्रत्याशित रूपमा संकटकालीन ‘मार्सल ल’ लागू गरेपछि उनीमाथि छानबिन भइरहेको छ । सैन्य शासन लागू भएपछि सेना र हेलिकप्टरहरू संसद्मा पठाइ सांसदहरूलाई युनको सैन्य कानून घोषणालाई मतदान गर्नबाट रोक्नका लागि प्रयास गरिएको थियो ।


युनले घोषणा गरेको सैनिक शासन केही घण्टामा नै त्यहाँको संसद्ले उल्ट्याइदिएको थियो । त्यसपछि युनले आफ्नो कदम फिर्ता लिएका थिए । त्यसलगत्तै युनविरुद्ध विपक्षी दलका सांसदहरूले संसद्मा महाभियोग प्रस्ताव पेश गरेका थिए ।

तर राष्ट्रपति येओलको दल पिपुल्स पावर पार्टी (पीपीपी) का सांसदहरूले गत आइतबार भएको महाअभियोगमाथिको मतदान बहिस्कार गरेका थिए । जसका कारण उनी महाभियोगबाट भने जोगिन सफल भएका थिए ।

दक्षिण कोरियाको प्रहरीको विशेष अनुसन्धान एकाइले बुधबार राष्ट्रपति कार्यालय, राष्ट्रिय प्रहरी निकाय, सियोल महानगर प्रहरी कार्यालय र राष्ट्रिय सभा सुरक्षा सेवामा छापा मारेको जनाएको छ ।

यसैबीच, हिरासतमा रहेका पूर्वरक्षामन्त्री किम योङ ह्युनले मंलबार मध्यरातमा आत्महत्याको प्रयास गरेको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । किमले राष्ट्रपति येओललाई सैनिक शासन लागू गर्न सल्लाह र सहयोग गरेको आरोप छ ।

अधिकारीहरूले ‘सैनिक कानून घोषणा गर्न महत्वपूर्ण भूमिकामा संलग्न भएको र नागरिक अधिकारको प्रयोगमा बाधा पुर्‍याउन पदीय मर्यादाको दुरुपयोग गरेको’ आरोपमा गत आइतबार पक्राउ गरिएको हो । पक्राउ पर्नुभन्दा केही समयअघि नै उनले आत्महत्या प्रयास गरेको न्याय मन्त्रालय र जेलका एक अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम