मुख्य समाचार
म्यानचेस्टर सिटी युभेन्ट्सको हातबाट २–० ले पराजित
म्यानचेस्टर सिटी युभेन्ट्सको हातबाट २–० ले पराजित

— युरोपेली च्याम्पियन्स लिगमा इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी युभेन्ट्सको हातबाट २–० ले पराजित भएको छ । यो नतिजाले सिटीको समस्या अझ बढेको छ । अब सिटीमाथि अन्तिम १६ पुग्न नसक्ने डर उत्पन्न भएको छ ।


टुरिनमा भएको खेलमा युभेन्ट्सको जितका लागि डुसान भ्लाहोभिच र वेस्टन म्याककेनीको गोल पर्याप्त रह्यो । यो नतिजापछि सिटी युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको अंक तालिकामा २२ औं स्थानमा रह्यो । उसको छ खेलबाट आठ अंक मात्रै छ ।

अब सिटीले बाँकी खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र क्लब ब्रुगको सामना गर्नेछ । ‘युभेन्ट्स यो खेलमा जितका लागि हकदार रह्यो, किनभने हामीले राम्रो खेल्न सकेनौं । अब बाँकी खेलमा जितकै लागि खेल्नु पर्नेछ,’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भनेका छन् ।

ग्वार्डिओलाको पूर्व क्लब बार्सिलोनाले भने बोरुसिया डर्टमुन्डलाई ३–२ ले हराएको छ र अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । बार्सिलोनाको अब छ खेलबाट १५ अंक भएको छ र यो शीर्षमा रहेको लिभरपुलसँग तीन अंकको दूरी हो ।

बार्सिलोनाका लागि फेरान टोरेसले ८५ औं मिनेटमा निर्णायक गोल गरे । आर्सनल पनि मोनाकोमाथि को ३–० को जितसँग १३ अंकमा तेस्रो स्थानमा उक्लिन सफल भएको छ । त्यसमा बुकायो साकाले दुई गोल गरे ।

अन्य खेलमा एटलेटिको म्याड्रिडले स्लोभान ब्राटिस्लाभलाई ३–१, लिलले स्ट्रम ग्राजलाई ३–२, एसी मिलानले एफके क्राभेनालाई २–१, फायनउडले स्पार्टक प्रागलाई ४–२ र स्टुटगार्टले योङ ब्वाइजलाई ५–१ ले हरायो । यस्तै बेनफिका र बोलोग्नाले गोलरहित बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...