मुख्य समाचार
म्यानचेस्टर सिटी युभेन्ट्सको हातबाट २–० ले पराजित
म्यानचेस्टर सिटी युभेन्ट्सको हातबाट २–० ले पराजित

— युरोपेली च्याम्पियन्स लिगमा इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी युभेन्ट्सको हातबाट २–० ले पराजित भएको छ । यो नतिजाले सिटीको समस्या अझ बढेको छ । अब सिटीमाथि अन्तिम १६ पुग्न नसक्ने डर उत्पन्न भएको छ ।


टुरिनमा भएको खेलमा युभेन्ट्सको जितका लागि डुसान भ्लाहोभिच र वेस्टन म्याककेनीको गोल पर्याप्त रह्यो । यो नतिजापछि सिटी युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको अंक तालिकामा २२ औं स्थानमा रह्यो । उसको छ खेलबाट आठ अंक मात्रै छ ।

अब सिटीले बाँकी खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र क्लब ब्रुगको सामना गर्नेछ । ‘युभेन्ट्स यो खेलमा जितका लागि हकदार रह्यो, किनभने हामीले राम्रो खेल्न सकेनौं । अब बाँकी खेलमा जितकै लागि खेल्नु पर्नेछ,’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भनेका छन् ।

ग्वार्डिओलाको पूर्व क्लब बार्सिलोनाले भने बोरुसिया डर्टमुन्डलाई ३–२ ले हराएको छ र अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । बार्सिलोनाको अब छ खेलबाट १५ अंक भएको छ र यो शीर्षमा रहेको लिभरपुलसँग तीन अंकको दूरी हो ।

बार्सिलोनाका लागि फेरान टोरेसले ८५ औं मिनेटमा निर्णायक गोल गरे । आर्सनल पनि मोनाकोमाथि को ३–० को जितसँग १३ अंकमा तेस्रो स्थानमा उक्लिन सफल भएको छ । त्यसमा बुकायो साकाले दुई गोल गरे ।

अन्य खेलमा एटलेटिको म्याड्रिडले स्लोभान ब्राटिस्लाभलाई ३–१, लिलले स्ट्रम ग्राजलाई ३–२, एसी मिलानले एफके क्राभेनालाई २–१, फायनउडले स्पार्टक प्रागलाई ४–२ र स्टुटगार्टले योङ ब्वाइजलाई ५–१ ले हरायो । यस्तै बेनफिका र बोलोग्नाले गोलरहित बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...