मुख्य समाचार
विद्रोही नेता मोहम्मद अल-बसिर सिरियाको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त
विद्रोही नेता मोहम्मद अल-बसिर सिरियाको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त

— सिरियमा बसर अल-असदको शासन अन्त्य गर्न मद्दत गर्ने विद्रोही नेता मोहम्मद अल-बसिर सिरियाको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएका छन् । अल-बसिरले विद्रोहीको नियन्त्रणमा रहेको इडलिबको सरकारकाे नेतृत्व गर्दै आएका थिए ।


इस्लामवादी हायात तहरिर अल–साम (एचटीएस) को नेतृत्वामा गत शनिबार विद्रोहीहरूले राष्ट्रपति असदलाई सत्ताच्यूत गर्नुअघि नै इडलिब विद्रोहीको कब्जामा थियो । सिरियाको उत्तर-पश्चिमी भागमा शासन गर्ने 'सिरियाली मुक्ति सरकार' को अल-बसिरले नेतृत्व गर्थे । उक्त समूह एचटीएससँग निकट मानिन्छ । एक टेलिभिजन सम्बोधनमा अल-बसिरले आफूले संक्रमणकालीन सरकारको नेतृत्व गर्न मार्च १ सम्म पदमा रहने बताएका छन् ।


बीबीसीका अनुसार उनले सार्वजनिक सेवाहरू पुन: सञ्चालनमा ल्याउन एउटा सानो मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । सिरियाका केही सरकारी निकायले निजामती कर्मचारी र स्वास्थ्यकर्मीलाई काममा फर्कन आग्रह गरेसँगै नयाँ निर्णय सार्वजनिक भएको बताइएको छ ।

सन् १९८३ मा इडलिबको जबल जाविया क्षेत्रमा जन्मिएका बसिर इन्जिनियर हुन् । उनले अलेप्पो विश्वविद्यालयमा इलेक्ट्रिकल इन्जिनियरिङ पढेका हुन् । इडलिब विश्वविद्यालयमा कानुनसमेत अध्ययन गरेका बसिर अंग्रेजी भाषा, प्रशासनिक योजना र परियोजना व्यवस्थापनमा अनुभवी मानिन्छन् ।

विपक्षी प्रशासनमा सामेल हुनुअघि उनले सिरियाली ग्यास कम्पनीमा सटिक उपकरण विभाग प्रमुखका रूपमा काम गरेको 'सिरियाली मुक्ति सरकार'ले सार्वजिनक गरेको विवरणमा उल्लेख छ ।

यसअघि सिरियाका लागि संयुक्त राष्ट्रसंघीय विशेष दूत गेइर पेडरसनले देशभरका सबै समूहले मिलेर काम गर्नु महत्त्वपूर्ण भएको बताए । 'हामीले एचटीएस र विभिन्न सशस्त्र समूहहरूबाट आश्वस्त बयानहरू देखेका छौं,' उनले भनेका थिए । यद्यपि, पेडरसनले 'कानुनी व्यवस्थाका केही समस्याहरू' बाँकी रहेको बताएका छन् ।

गत अक्टोबर २४ सम्म टर्कीसँगको सीमा क्षेत्रमा पर्ने इडलिबमात्र विद्रोहीको नियन्त्रणमा थियो । विद्रोही समूहले एक साताअघि दोस्रो ठूलो सहर अलेप्पो कब्जा गरेको थियो । त्यस्तै बिहीबार तेस्रो ठूलो सहर होम्सलाई ‘पूर्ण रूपमा स्वतन्त्र’ पारेको केही घण्टामा एचटीएस नेतृत्वका विद्रोहीहरू राजधानी दमास्कस प्रवेश गरेका थिए ।


अन्ततः शनिबार राति राजधानी दमास्कसमा झन्डा फहराएसँगै राष्ट्रपति असदको २४ वर्ष लामो शासन अन्त्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम