मुख्य समाचार
विद्रोही नेता मोहम्मद अल-बसिर सिरियाको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त
विद्रोही नेता मोहम्मद अल-बसिर सिरियाको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त

— सिरियमा बसर अल-असदको शासन अन्त्य गर्न मद्दत गर्ने विद्रोही नेता मोहम्मद अल-बसिर सिरियाको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएका छन् । अल-बसिरले विद्रोहीको नियन्त्रणमा रहेको इडलिबको सरकारकाे नेतृत्व गर्दै आएका थिए ।


इस्लामवादी हायात तहरिर अल–साम (एचटीएस) को नेतृत्वामा गत शनिबार विद्रोहीहरूले राष्ट्रपति असदलाई सत्ताच्यूत गर्नुअघि नै इडलिब विद्रोहीको कब्जामा थियो । सिरियाको उत्तर-पश्चिमी भागमा शासन गर्ने 'सिरियाली मुक्ति सरकार' को अल-बसिरले नेतृत्व गर्थे । उक्त समूह एचटीएससँग निकट मानिन्छ । एक टेलिभिजन सम्बोधनमा अल-बसिरले आफूले संक्रमणकालीन सरकारको नेतृत्व गर्न मार्च १ सम्म पदमा रहने बताएका छन् ।


बीबीसीका अनुसार उनले सार्वजनिक सेवाहरू पुन: सञ्चालनमा ल्याउन एउटा सानो मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । सिरियाका केही सरकारी निकायले निजामती कर्मचारी र स्वास्थ्यकर्मीलाई काममा फर्कन आग्रह गरेसँगै नयाँ निर्णय सार्वजनिक भएको बताइएको छ ।

सन् १९८३ मा इडलिबको जबल जाविया क्षेत्रमा जन्मिएका बसिर इन्जिनियर हुन् । उनले अलेप्पो विश्वविद्यालयमा इलेक्ट्रिकल इन्जिनियरिङ पढेका हुन् । इडलिब विश्वविद्यालयमा कानुनसमेत अध्ययन गरेका बसिर अंग्रेजी भाषा, प्रशासनिक योजना र परियोजना व्यवस्थापनमा अनुभवी मानिन्छन् ।

विपक्षी प्रशासनमा सामेल हुनुअघि उनले सिरियाली ग्यास कम्पनीमा सटिक उपकरण विभाग प्रमुखका रूपमा काम गरेको 'सिरियाली मुक्ति सरकार'ले सार्वजिनक गरेको विवरणमा उल्लेख छ ।

यसअघि सिरियाका लागि संयुक्त राष्ट्रसंघीय विशेष दूत गेइर पेडरसनले देशभरका सबै समूहले मिलेर काम गर्नु महत्त्वपूर्ण भएको बताए । 'हामीले एचटीएस र विभिन्न सशस्त्र समूहहरूबाट आश्वस्त बयानहरू देखेका छौं,' उनले भनेका थिए । यद्यपि, पेडरसनले 'कानुनी व्यवस्थाका केही समस्याहरू' बाँकी रहेको बताएका छन् ।

गत अक्टोबर २४ सम्म टर्कीसँगको सीमा क्षेत्रमा पर्ने इडलिबमात्र विद्रोहीको नियन्त्रणमा थियो । विद्रोही समूहले एक साताअघि दोस्रो ठूलो सहर अलेप्पो कब्जा गरेको थियो । त्यस्तै बिहीबार तेस्रो ठूलो सहर होम्सलाई ‘पूर्ण रूपमा स्वतन्त्र’ पारेको केही घण्टामा एचटीएस नेतृत्वका विद्रोहीहरू राजधानी दमास्कस प्रवेश गरेका थिए ।


अन्ततः शनिबार राति राजधानी दमास्कसमा झन्डा फहराएसँगै राष्ट्रपति असदको २४ वर्ष लामो शासन अन्त्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...