मुख्य समाचार
सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित
सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित

: नेपाल प्रिमियर लिग (एनपीएल) को दशौं दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको छ। हालसम्म अविजित रहेको जनकपुरको ओपनरद्वय सस्तैमा आउट हुँदा मिडलअर्डर पनि कोलाप्स भएको हो।


किर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा १२४ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा नै ५१ रन बनाउँदै अलआउट भएको हो । यो जनकपुरको पहिलो हार हो।

जनकपुरका लागि जोसुवा ट्रम्पले सर्वाधिक १३ रन बनाए। उनले १३ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १३ रन बनाएर क्याच आउट भए। १० ओभर सकिँदा ९ विकेटको क्षतिमा ४७ रन बनाएको थियो।


यो एनपीएलमा लक्ष्य पछ्याउँदा सबैभन्दा कममा प्याक भएको हो। यसअघि पोखरा एभेन्जर्स चितवन राइनोजसँग ७४ रनमा प्याक भएको थियो।
सुदूरपश्चिम रोयल्सका लागि हर्मनप्रित सिंह, इशान पाण्डे र दिपेन्द्र सिंह ऐरीले २/२ विकेट लिए। सैफ जैब र नरेन साउद र स्कट केग्गेलिनले समान १/१ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको थियो।
सुदूरपश्चिम रोयल्सका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए। उनले ३७ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

पावरप्लेमा बिना कुनै विकेटको क्षति ४२ रन बनाएको हो। ६.४ ओभरमा कुनै पनि विकेट नगुमाउँदै सुदूरपश्चिम रोयल्सले ५० रन पूरा गर्‍यो।
७.४ ओभरमा सुदूरपश्चिम रोयल्सले पहिलो विकेटको रुपमा सैफ जैबलाई गुमायो। उनले ओपनर विनोद भण्डारी।सँग ५५ रनको साझेदारी गरे। जैबले २१ बलमा २ चौका सहित २१ रन बनाएर हर्ष थाकरको बलमा अरनिको यादवको हातमा क्याच भए।

तेस्रो ब्याटरका रुपमा आएका हर्मप्रित सिंह दोस्रो विकेटको रुपमा १ रनमा शेर मल्लबाट बोल्ड आउट भए। सुदूरपश्चिम रोयल्सले १० ओभरमा २ विकेट गुमाउँदै ६२ रन बनाएको थियो। तेस्रो विकेट ओपनर विनोद भण्डारीको गयो। उनी ११.४ ओभरमा

चौथो विकेट कप्तान दिपेन्द्र सिंह ऐरी डक आउट भए। पाँचौं विकेट ब्रान्डन म्याकमुलेनको गयो। छैटौं विकेट आरिफ शेख ६ रन बनाएर पेभेलियन फर्किए।
इशान पाण्डे १७ रन बनाएर किशोर महतोको बलमा निशमबाट क्याच हुँदै १७.१ ओभरमा बाहिरिए।

अभिनास बोहोरा २ र नरेश बुढा ऐर ९ रनमा अविजित रहे। जनकपुरका लागि किशोर महतोले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा ३५ रन खर्चिए। शेर मल्ल र अरनिको यादव २/२ विकेट लिए। हर्ष थाकरले १ विकेट लिए।

जनकपुर ४ खेल खेलिसक्दा हालसम्म अपराजित छ। त्यस्तै समान ४ खेल खेलेको सुदूरपश्चिम रोयल्स भने ३ जित र १ हारसहित अंक तालिकामा सुदूरपश्चिम रोयल्सलाई पछ्याइरहेको छ।

सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा विराटनगरलाई ९० रन, दोस्रो खेलमा काठमाडौंलाई ७३ रन, तेस्रो खेलमा लुम्बिनीलाई ४५ रनले पराजित गरेको थियो। चौथो खेलमा भने चितवनसँग ३३ रनले पराजित भएको हो।

जनकपुरले पहिलो खेलमा विराटनगरलाई ८ विकेट, कर्णालीलाई ८ विकेट, पोखरालाई ७ विकेट र लुम्बिनीलाई १ रनले पराजित गरेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ । सहरी विकास मन्त्रालयले यो आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाम सूचीकृत गरेको हो । वर्तमान सरकारले असोज अन्तिम साता त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै नयाँ सम्झौताका लागि सरोकारवाला निकायलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद् बैठकले गुरुयोजना बमोजिम आवश्यक जग्गा प्राप्ति गर्न कानुन अनुसार त्रिवि, ...
। आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग भएको दोस्रो अभ्यास टी-२० खेलमा पनि हार बेहोरेको छ । बिहीबार कोल्ट्स मैदानमा भएको खेलमा नेपाल ७३ रनले पराजित भएको हो । श्रीलंका ‘ए’ ले दिएको २२३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो । नेपालका ...
। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले पनि इयू टी–२० लिग बेल्जियमका लागि नाम दर्ता गराएका छन्। सन्दीपले बुधबार आफ्नो नाम दर्ता गराएका हुन् । यसअघि अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पनि नाम दर्ता गराइसकेका छन् । युरोपियन टी–२० लिगको बेल्जियम संस्करण २०२६ मे ३० देखि जुन ७ सम्म आयोजना हुने तालिका छ। प्रतियोगितामा एन्टवर्प, ब्रुज, लुभेन, लियेज, गेन्ट ...
। छैटौं टाइगर कप भलिबलको खेलतालिका सार्वजनिक भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखराले बुधबार टाइगर कपको खेलतालिका सार्वजनिक गरेको हो । यसअघि महिला र पुरुष दुवैमा ६-६ टोली सहभागी हुने भनिएकोमा खेलतालिका सार्वजनिक हुँदा महिलातर्फ ५ टोली मात्र सहभागी हुने भएको छ । एभरेस्ट भलिबल क्लबले नखेल्ने भएपछि महिलातर्फ ५ टोली मात्र सहभागी हुने भएका ...
स्पानिस क्लब बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगन लोनमा स्पेनकै अर्को क्लब जिरोनमा जाने भएका छन्