मुख्य समाचार
सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित
सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित

: नेपाल प्रिमियर लिग (एनपीएल) को दशौं दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको छ। हालसम्म अविजित रहेको जनकपुरको ओपनरद्वय सस्तैमा आउट हुँदा मिडलअर्डर पनि कोलाप्स भएको हो।


किर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा १२४ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा नै ५१ रन बनाउँदै अलआउट भएको हो । यो जनकपुरको पहिलो हार हो।

जनकपुरका लागि जोसुवा ट्रम्पले सर्वाधिक १३ रन बनाए। उनले १३ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १३ रन बनाएर क्याच आउट भए। १० ओभर सकिँदा ९ विकेटको क्षतिमा ४७ रन बनाएको थियो।


यो एनपीएलमा लक्ष्य पछ्याउँदा सबैभन्दा कममा प्याक भएको हो। यसअघि पोखरा एभेन्जर्स चितवन राइनोजसँग ७४ रनमा प्याक भएको थियो।
सुदूरपश्चिम रोयल्सका लागि हर्मनप्रित सिंह, इशान पाण्डे र दिपेन्द्र सिंह ऐरीले २/२ विकेट लिए। सैफ जैब र नरेन साउद र स्कट केग्गेलिनले समान १/१ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको थियो।
सुदूरपश्चिम रोयल्सका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए। उनले ३७ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

पावरप्लेमा बिना कुनै विकेटको क्षति ४२ रन बनाएको हो। ६.४ ओभरमा कुनै पनि विकेट नगुमाउँदै सुदूरपश्चिम रोयल्सले ५० रन पूरा गर्‍यो।
७.४ ओभरमा सुदूरपश्चिम रोयल्सले पहिलो विकेटको रुपमा सैफ जैबलाई गुमायो। उनले ओपनर विनोद भण्डारी।सँग ५५ रनको साझेदारी गरे। जैबले २१ बलमा २ चौका सहित २१ रन बनाएर हर्ष थाकरको बलमा अरनिको यादवको हातमा क्याच भए।

तेस्रो ब्याटरका रुपमा आएका हर्मप्रित सिंह दोस्रो विकेटको रुपमा १ रनमा शेर मल्लबाट बोल्ड आउट भए। सुदूरपश्चिम रोयल्सले १० ओभरमा २ विकेट गुमाउँदै ६२ रन बनाएको थियो। तेस्रो विकेट ओपनर विनोद भण्डारीको गयो। उनी ११.४ ओभरमा

चौथो विकेट कप्तान दिपेन्द्र सिंह ऐरी डक आउट भए। पाँचौं विकेट ब्रान्डन म्याकमुलेनको गयो। छैटौं विकेट आरिफ शेख ६ रन बनाएर पेभेलियन फर्किए।
इशान पाण्डे १७ रन बनाएर किशोर महतोको बलमा निशमबाट क्याच हुँदै १७.१ ओभरमा बाहिरिए।

अभिनास बोहोरा २ र नरेश बुढा ऐर ९ रनमा अविजित रहे। जनकपुरका लागि किशोर महतोले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा ३५ रन खर्चिए। शेर मल्ल र अरनिको यादव २/२ विकेट लिए। हर्ष थाकरले १ विकेट लिए।

जनकपुर ४ खेल खेलिसक्दा हालसम्म अपराजित छ। त्यस्तै समान ४ खेल खेलेको सुदूरपश्चिम रोयल्स भने ३ जित र १ हारसहित अंक तालिकामा सुदूरपश्चिम रोयल्सलाई पछ्याइरहेको छ।

सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा विराटनगरलाई ९० रन, दोस्रो खेलमा काठमाडौंलाई ७३ रन, तेस्रो खेलमा लुम्बिनीलाई ४५ रनले पराजित गरेको थियो। चौथो खेलमा भने चितवनसँग ३३ रनले पराजित भएको हो।

जनकपुरले पहिलो खेलमा विराटनगरलाई ८ विकेट, कर्णालीलाई ८ विकेट, पोखरालाई ७ विकेट र लुम्बिनीलाई १ रनले पराजित गरेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार लेन्सलाई २–० ले पराजित गर्दै फ्रान्सेली लिग वानको उपाधि जितेको छ । पीएसजी फ्रान्सेली लिग च्याम्पियन भएको यो लगातार पाँचौं पल्ट हो । खविचा क्वारत्सखेलियाले पीएसजीका लागि गोलको खाता खोलेपछि इब्राहिम एमबापेले दोस्रो गोल थपे । यससँगै पीएसजीले लिग तालिकामा नौ अंकको निर्णायक अग्रता लिएको छ । लिगमा अब ...
— लिग च्याम्पियन इन्टर मिलानले बुधबार लाजियोलाई २–० ले पराजित गर्दै इटालियन कपको उपाधि जितेको छ र यससँगै घरेलु कप डबलको उपलब्धी हात पारेको छ । इन्टरले यसअघि इटालीको सिरी ए पनि जितेको थियो । रोममा भएको खेलमा एडम मरुसिचको आत्मघाती गोलमा अगाडि रहेको इन्टरका लागि लउटारो मार्टिनेजले एक गोल थपे । यो सिजन सबै खाले ...
— अबको महिना दिनभन्दा कम समयमा ३२ वर्षपछि अमेरिकामा फिफा विश्वकप फर्किने छ । सन् १९९४ पछि अमेरिकाले पहिलो पटक विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गरिरहेको छ । जुन ११ देखि जुलाई १९ सम्म हुने विश्वकपको अमेरिका आयोजक, क्यानडा र मेक्सिको सहआयोजकका रूपमा छन् । अमेरिकी क्षेत्रमा संयुक्त आयोजना हुने फिफा विश्वकप २०२६ नजिकिएसँगै आयोजक देशहरूमा फुटबलको ...
। फिफा विश्वकप २०२६ का लागि ब्राजिलले प्रारम्भिक टोली घोषणा गरेको छ । ब्राजिलले स्टार फुटबलर नेयमारलाई समेट्दै ५५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । चोटका कारण लामो समय बाहिर रहेका नेयमार प्रारम्भिक टोलीमा समेटिएका हुन् । गोेलरक्षकः एलिसन, बेन्टो, एडर्सन, ह्युगो सौजा, जोन र वेभर्टन । डिफेन्डरः मार्किन्होस, थियागो सिल्भा, गाब्रियल मगल्हाएस, ग्लेसन ब्रेमर, लिओ परेरा, रोजर ...
। फिफा विश्वकप २०२६ मा डेब्यू गर्ने तयारीमा रहेको कुराकाओ टिमका प्रशिक्षक फ्रेड रुटेनले टिमबाट राजीनामा दिएका छन् । रुटेनले आफ्नो पद छाड्ने निर्णय गरेको कुराकाओ फुटबल फेडेरेसन (एफएफके) ले पुष्टी गरेको छ । प्रशिक्षक रुटेन र फेडेरेसनका अध्यक्षबीच भएको खुला तथा रचनात्मक छलफलपछि यो निर्णय लिइएको फेडेरेसनले जनाएको छ । कुराकाओको फुटबल, खेलाडीहरूको हित र राष्ट्रिय टोली ...