मुख्य समाचार
काठमाडौंको दोस्रो जित, लुम्बिनीको प्लेअफ सम्भावना सकियो
काठमाडौंको दोस्रो जित, लुम्बिनीको प्लेअफ सम्भावना सकियो

: नेपाल प्रिमियर लिग(एनपीएल)मा दशौं दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १८ रनले पराजित गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीलाई हराएसँगै काठमाडौंले दोस्रो जित निकालेको हो। आजको खेलमा हार बेहोरेसँगै लुम्बिनीको भने प्लेअफ सम्भावना सकिएको छ।


काठमाडौंले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.२ ओभरमा अलआउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो।

लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए। उनले २८ बलमा २ चौका प्रहार गरेका हुन्। जोराले आठौं विकेटका लागि सुर्य तामाङसँग ३२ रनको साझेदारी बनाए पनि त्यो जितका लागि पर्याप्त भएन।


लुम्बिनीका लागि उन्मुक्त चन्दले १४ रन बनाए। उनले १९ बलमा १ चौका प्रहार गरेका हुन्। सुर्य तामाङले ११ रन बनाए। लुम्बिनीले पावरप्लेमा ३ विकेटको क्षतिमा १६ रन बनाएको हो।

ओपनरद्वय आशुतोष घिरौया ४ रन र अर्जुन साउद ३ रनमा समेटिँदा तेस्रो विकेट टम मोरिसको गयो। चौथो विकेट कप्तान रोहितको विकेट गयो। उनलाई दिपेश कँडेलले एलबीडब्ल्यु आउट गराए। उनले उन्मुक्त चन्दसँग २३ रनको सझेदारी गरे। रोहितले १५ बलमा ८ रन बनाउँदै आउट भए।

पाँचौं विकेट उन्मुक्त चन्दको रुपमा लुम्बिनीले गुमायो। छैटौं विकेट साद बिन जफरलाई डक आउट हुँदै गुमाए। सातौं विकेट विवेक यादवको गयो। अन्तिम विकेटका रुपमा अभिशेष गौतम रासिद खानको बलमा एलबीडब्ल्यु आउट भए। सुर्य तामाङ ११ रनमा अविजित रहे।

काठमाडौंका लागि कप्तान करण केसीले ४ विकेट लिए। दिपेश कँडेलले ३ र गेरहार्ड इरास्मसले २ विकेट लिए भने रासिद खानले १ विकेट लिए।
त्यसअघि, टस जितेर ब्याटिङ काठमाडौं गुर्खाज १९.२ ओभरमा १०३ रन बनाउँदै अलआउट भएको हो। गुर्खाजका लागि तेस्रो क्रममा आएका भिम सार्कीले सर्वाधिक ३१ रन बनाए। उनले ३९ बलमा १ चौका प्रहार गर्दै अर्जुन साउदबाट स्टम्पिङ आउट भए। गुर्खाजले पावरप्लेमा ४ विकेट गुमाउँदै २३ रन बनाएको थियो।

पाँचौं विकेटका लागि डान डाउथवेटले भिमसँग ४२ रनको साझेदारी गर्दै काठमाडौंको क्रिज सम्हालेका थिए। उनलाई १२.६ ओभरमा विवेक यादवले कप्तान रोहितको हातमा क्याच गराए। उनले २४ बलमा २ छक्कासहित २१ रन जोडे।

१३.४ मा काठमाडौंले पुन अर्को विकेट गुमायो। रासिद खान खाता नै नखोली रन आउट भए। काठमाडौं गुर्खाजले १५ ओभरमा ६ विकेट गुमाउँदै ७३ रन बनाएको हो।
सातौं विकेट कप्तान करण केसीको गयो। उनलाई १५.२ ओभरमा सुर्य तामाङले खाता खोल्नेबित्तिकै टियू कर्नरको बाउन्ड्रीमा क्याच गराए।
अन्तिम विकेटका रुपमा प्रतिक श्रेष्ठ २० रन बनाउँदै बोल्ड आउट भए।

लुम्बिनीका लागि साद बिन जफरले ३ विकेट लिए। रेमोन्ड सिमोन र अभिषेश गौतमले समान २÷२ विकेट लिए। सुर्य तामाङ र विवेक यादवले १÷१ विकेट लिए।
काठमाडौं गुर्खाजको यो चौथो खेल हो। अगाडीको ३ खेलमा पहिलो खेलमा चितवनसँग ५ विकेटले हारेको काठमाडौंले दोस्रो खेलमा भने कर्णालीलाई ३ विकेटले हराएको हो। तेस्रो खेलमा पुन सुदुरपश्चिम रोयल्ससँग ७३ रनको हार बेहोरेको हो।

लुम्बिनीको भने यो छैटौं खेल हो। पहिलो ४ खेलमा लगातार हार बेहोरेको लुम्बिनीले पाँचौं खेलमा भने चितवन राइनोजलाई ३३ रनले हराएको हो। आजको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले जनकपुर रोयल्सलाई ७२ रनले हराएको थियो। ११ औं दिन पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच हुनेछ। दोस्रो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...