मुख्य समाचार
काठमाडौंको दोस्रो जित, लुम्बिनीको प्लेअफ सम्भावना सकियो
काठमाडौंको दोस्रो जित, लुम्बिनीको प्लेअफ सम्भावना सकियो

: नेपाल प्रिमियर लिग(एनपीएल)मा दशौं दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १८ रनले पराजित गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीलाई हराएसँगै काठमाडौंले दोस्रो जित निकालेको हो। आजको खेलमा हार बेहोरेसँगै लुम्बिनीको भने प्लेअफ सम्भावना सकिएको छ।


काठमाडौंले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.२ ओभरमा अलआउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो।

लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए। उनले २८ बलमा २ चौका प्रहार गरेका हुन्। जोराले आठौं विकेटका लागि सुर्य तामाङसँग ३२ रनको साझेदारी बनाए पनि त्यो जितका लागि पर्याप्त भएन।


लुम्बिनीका लागि उन्मुक्त चन्दले १४ रन बनाए। उनले १९ बलमा १ चौका प्रहार गरेका हुन्। सुर्य तामाङले ११ रन बनाए। लुम्बिनीले पावरप्लेमा ३ विकेटको क्षतिमा १६ रन बनाएको हो।

ओपनरद्वय आशुतोष घिरौया ४ रन र अर्जुन साउद ३ रनमा समेटिँदा तेस्रो विकेट टम मोरिसको गयो। चौथो विकेट कप्तान रोहितको विकेट गयो। उनलाई दिपेश कँडेलले एलबीडब्ल्यु आउट गराए। उनले उन्मुक्त चन्दसँग २३ रनको सझेदारी गरे। रोहितले १५ बलमा ८ रन बनाउँदै आउट भए।

पाँचौं विकेट उन्मुक्त चन्दको रुपमा लुम्बिनीले गुमायो। छैटौं विकेट साद बिन जफरलाई डक आउट हुँदै गुमाए। सातौं विकेट विवेक यादवको गयो। अन्तिम विकेटका रुपमा अभिशेष गौतम रासिद खानको बलमा एलबीडब्ल्यु आउट भए। सुर्य तामाङ ११ रनमा अविजित रहे।

काठमाडौंका लागि कप्तान करण केसीले ४ विकेट लिए। दिपेश कँडेलले ३ र गेरहार्ड इरास्मसले २ विकेट लिए भने रासिद खानले १ विकेट लिए।
त्यसअघि, टस जितेर ब्याटिङ काठमाडौं गुर्खाज १९.२ ओभरमा १०३ रन बनाउँदै अलआउट भएको हो। गुर्खाजका लागि तेस्रो क्रममा आएका भिम सार्कीले सर्वाधिक ३१ रन बनाए। उनले ३९ बलमा १ चौका प्रहार गर्दै अर्जुन साउदबाट स्टम्पिङ आउट भए। गुर्खाजले पावरप्लेमा ४ विकेट गुमाउँदै २३ रन बनाएको थियो।

पाँचौं विकेटका लागि डान डाउथवेटले भिमसँग ४२ रनको साझेदारी गर्दै काठमाडौंको क्रिज सम्हालेका थिए। उनलाई १२.६ ओभरमा विवेक यादवले कप्तान रोहितको हातमा क्याच गराए। उनले २४ बलमा २ छक्कासहित २१ रन जोडे।

१३.४ मा काठमाडौंले पुन अर्को विकेट गुमायो। रासिद खान खाता नै नखोली रन आउट भए। काठमाडौं गुर्खाजले १५ ओभरमा ६ विकेट गुमाउँदै ७३ रन बनाएको हो।
सातौं विकेट कप्तान करण केसीको गयो। उनलाई १५.२ ओभरमा सुर्य तामाङले खाता खोल्नेबित्तिकै टियू कर्नरको बाउन्ड्रीमा क्याच गराए।
अन्तिम विकेटका रुपमा प्रतिक श्रेष्ठ २० रन बनाउँदै बोल्ड आउट भए।

लुम्बिनीका लागि साद बिन जफरले ३ विकेट लिए। रेमोन्ड सिमोन र अभिषेश गौतमले समान २÷२ विकेट लिए। सुर्य तामाङ र विवेक यादवले १÷१ विकेट लिए।
काठमाडौं गुर्खाजको यो चौथो खेल हो। अगाडीको ३ खेलमा पहिलो खेलमा चितवनसँग ५ विकेटले हारेको काठमाडौंले दोस्रो खेलमा भने कर्णालीलाई ३ विकेटले हराएको हो। तेस्रो खेलमा पुन सुदुरपश्चिम रोयल्ससँग ७३ रनको हार बेहोरेको हो।

लुम्बिनीको भने यो छैटौं खेल हो। पहिलो ४ खेलमा लगातार हार बेहोरेको लुम्बिनीले पाँचौं खेलमा भने चितवन राइनोजलाई ३३ रनले हराएको हो। आजको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले जनकपुर रोयल्सलाई ७२ रनले हराएको थियो। ११ औं दिन पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच हुनेछ। दोस्रो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...