मुख्य समाचार
रोहितको सानदार अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित
रोहितको सानदार अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

। कप्तान रोहित पौडेलले ब्याट र बलमा उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।

रोहितले ब्याटिङ र बलिङ दुवैमा ‘कप्तान लिड फ्रम दी फ्रन्ट’ भनेजस्तै सानदार अलारउण्ड प्रदर्शन गरेपछि लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराउँदै पहिलो जितको स्वाद चाखेको हो । रोहितले ब्याटिङमा ८० रन बनाए भने बलिङमा ४ विकेट लिए ।




पहिलो जितपछि लुम्बिनीले पाँचौ खेलमा अंक खाता खोलेको छ । ५ खेलबाट लुम्बिनीले २ अंक जोडेको छ ।

रोहितकै ४ विकेट प्रदर्शनमा १६८ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले पूरै २० ओभर खेल्दा पनि ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।



चितवनका लागि लुक बेन्केनसटाइनले सर्वाधिक ३१ रन बनाउनबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान कुशल मल्ल २०, रवि बोपारा १२ र सन्तोष कार्की १० रन बनाएर आउट भए ।

दशौँ नम्बरमा ब्याटिङ गरेका नरबहादुर शार्कीले १२ बल खेल्दै अविजित २२ रन बनाए । उनले एक चौका र एक छक्का प्रहार गरे । रिजन ढकालले १४ बलमा अविजित १५ रन बनाए ।

रामोन सिमोण्ड्ससँगै नयाँ बलमा बलिङ गरेका रोहितले ४ ओभरमा १७ रन मात्र खर्चेर ४ विकेट लिएका हुन् । मुख्य बलरहरुले विकेट लिन संघर्ष गरिरहँदा रोहितले पार्ट टाइम स्पीन बलिङबाट विपक्षीको विकेट झारेका हुन् ।

बलिङमा उनले रामोन सिमोण्ड्ससँग नयाँ बल बलिङ गरेका थिए । दोस्रो ओभरमै बलिङ गरेका रोहितले सुरुमै विपिन राउललाई आउट गरे । त्यसपछि चौथो ओभरमा सोहेल तनविरलाई कट एण्ड बोल्ड गरेका रोहितले १२औं ओभरमा रवि बोपारा र १४औं ओभरमा जान निकोल लफ्टी इटनलाई आउट गरे ।

लुम्बिनीका रामोन सिमोण्ड्सले ३ ओभरमा १५ रन खरेचेर २ विकेट लिए । साद विन जफर र अभिशेष गौतमले १-१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेल र साद विन जफरको अर्धशत मदतमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो ।

दुई ओभरभित्रै २ विकेट गुमाएको र ३८-३ को अवस्थामा रहेको लुम्बिनीका लागि रोहित र साद विन जफरले शतकिय साझेदारी गर्दै इनिङ्स उकासेका थिए । रोहितले ब्याटिङमा दुई विकेट गएपछि दोस्रो ओभरमै क्रिजमा आएर इनिङ्स सम्हालेका थिए ।

रोहितले अन्तिम ओभरमा आउट हुनुअघि ५७ बल खेल्दै ८० रन बनाए । उनले ६ चौका र ५ छक्का प्रहार गरे । रोहितले एनपीएलमा बनाएको यो दोस्रो अर्धशतक हो ।

यसअघि उनले पोखरा एभेन्जर्स विरुद्ध ९५ रन बनाएका थिए । यस्तै विन जफरले ३५ बल खेल्दै ४ चौका र १ छक्का मदतमा ५२ रन बनाए ।

रोहित र विन जफरले पाँचौ विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए । एनपीएलमा पाँचौ विकेटका लागि भएको यो पहिलो शतकिय साझेदारी हो भने समग्रमा पाँचौ शतकिय साजेदारी हो ।

लुम्बिनीका लागि अर्जुन साउदले १५ र टम मुर्सले १० रन जोडे ।

बलिङमा चितवनका रिजन ढकाले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । कप्तान कुशल मल्ल र रन्जित कुमारले समान एक/एक विकेट लिए ।

पहिलो जितपछि लुम्बिनीका कप्तान रोहित पौडेलले साद विन जफरसँग साझेदारी राम्रो भएको र बलिङ पनि राम्रो भएकोले जित हात पारेको बताए । ‘हामीले यो विकेटमा १४० सम्मको रन ट्रिकी हुन सक्छ भन्ने सोचिरहेका थियौं । बीचमा मेरो र जफरको बिचमा भएको साझेदारीले राम्रो स्कोर बनायौं । बलिङमा राम्रो गर्न सक्यौं’ उनले भने ।

रोहितले अझै दुई खेल बाँकी रहेकोले प्लेअफ सम्भावना बाँकी रहेको बताए । ‘अझै पनि २ खेल बाँकी छ र त्यो जित्न सक्यौं भने प्लेअफ सम्भावना अझै बाँकी छ ।’ उनले अरु टिमको नतिजामा पनि भर पर्नुपर्ने बताए ।

लुम्बिनीले अब काठमान्डु गुर्खाज र कर्णाली याक्ससँग खेल्न बाँकी छ । बुधबार काठमान्डुसँग खेलेपछि लुम्बिनीले लिगको अन्तिम खेल शनिवार कर्णालीसँग खेल्नेछ ।

चितवनका प्रशिक्षक उमेश पटवालले केही रन बढि बनेको र लुम्बिनीले पनि राम्रो खेलेको बताए ।’हामीले १५० सम्मको स्कोर ठीक हुन्छ जस्तो सोचेका थियौं । अलिकति रन बढी गयो । लुम्बिनीका बलरहरूले पनि राम्रो बलिङ गरे । रोहितले राम्रो खेलिरहेका छन् ।’ पटवालले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...