मुख्य समाचार
नेपाल एएफसी एसिया कप छनोटको समूह ‘एफ’ मा
नेपाल एएफसी एसिया कप छनोटको समूह ‘एफ’ मा

— एएफसी एसिया कप छनोटको समूह ‘एफ’ मा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी) को मुख्यालय क्वालालम्पुरमा निकालिएको ‘ड्र’ मा नेपालले प्रतिद्वन्द्वीका रूपमा भियतनाम, मलेसिया र लाओस पाएको हो । नेपालका लागि यो कठिन समूह साबित हुन सक्नेछ ।


समूह चरणमा प्रत्येक टिमले एकअर्कोसँग घरभित्र र बाहिर गरी दुईपल्ट खेल्नेछन् ।


‘ड्र’ अनुसार नेपालले मार्च २५ मा मलेसिया, नोभेम्बर १८ मा मलेसिया तथा जुन १० र अर्को वर्षको मार्च ३१ मा लाओसविरुद्ध खेल्नेछ । यस्तै अक्टोबर ९ र १४ मा भियतनामविरुद्ध खेल्नेछ । छनोटमा कुल २४ टिमको सहभागिता रहेको छ र तिनलाई ६ समूहमा विभाजन गरिएको हो । समूह विजेता साउदी अरेबियामा सन् २०२७ मा हुने एसियाकपका लागि छनोट हुनेछ ।

छनोटको समूह ‘ए’ मा ताजकिस्तान, फिलिपिन्स, माल्दिभ्स र टिमोर लिस्टे, समूह ‘बी’ मा लेवनान, यमन, भुटान र ब्रुनाइ, समूह ‘सी’ मा भारत, हङकङ र बंगलादेश, समूह ‘डी’ मा थाइल्यान्ड, तुर्किमिनिस्तान, चिनियाँ ताइपेयी र श्रीलंका तथा समूह ‘ई’ मा सिरिया, अफगानिस्तान, म्यानमार र पाकिस्तान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...