मुख्य समाचार
नेपाल एएफसी एसिया कप छनोटको समूह ‘एफ’ मा
नेपाल एएफसी एसिया कप छनोटको समूह ‘एफ’ मा

— एएफसी एसिया कप छनोटको समूह ‘एफ’ मा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी) को मुख्यालय क्वालालम्पुरमा निकालिएको ‘ड्र’ मा नेपालले प्रतिद्वन्द्वीका रूपमा भियतनाम, मलेसिया र लाओस पाएको हो । नेपालका लागि यो कठिन समूह साबित हुन सक्नेछ ।


समूह चरणमा प्रत्येक टिमले एकअर्कोसँग घरभित्र र बाहिर गरी दुईपल्ट खेल्नेछन् ।


‘ड्र’ अनुसार नेपालले मार्च २५ मा मलेसिया, नोभेम्बर १८ मा मलेसिया तथा जुन १० र अर्को वर्षको मार्च ३१ मा लाओसविरुद्ध खेल्नेछ । यस्तै अक्टोबर ९ र १४ मा भियतनामविरुद्ध खेल्नेछ । छनोटमा कुल २४ टिमको सहभागिता रहेको छ र तिनलाई ६ समूहमा विभाजन गरिएको हो । समूह विजेता साउदी अरेबियामा सन् २०२७ मा हुने एसियाकपका लागि छनोट हुनेछ ।

छनोटको समूह ‘ए’ मा ताजकिस्तान, फिलिपिन्स, माल्दिभ्स र टिमोर लिस्टे, समूह ‘बी’ मा लेवनान, यमन, भुटान र ब्रुनाइ, समूह ‘सी’ मा भारत, हङकङ र बंगलादेश, समूह ‘डी’ मा थाइल्यान्ड, तुर्किमिनिस्तान, चिनियाँ ताइपेयी र श्रीलंका तथा समूह ‘ई’ मा सिरिया, अफगानिस्तान, म्यानमार र पाकिस्तान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ । वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिरिएका हुन् । यसअघि क्यानले यूएई गएकै टोली छनोटका लागि ओमान प्रस्थान गरेको जनाएको थियो । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले ...
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...