मुख्य समाचार
राजनीतिक स्थिरताको जगमा अब आर्थिक समृद्धि : उपप्रधानमन्त्री सिंह
राजनीतिक स्थिरताको जगमा अब आर्थिक समृद्धि : उपप्रधानमन्त्री सिंह

— उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारको प्राथमिकता राजनीतिक स्थिरताको जगमा आर्थिक समृद्धि भएको बताएका छन् । झापाको दमकमा कांग्रेसले आइतबार आयोजना गरेको कार्यक्रममा सिंहले मुलुकमा आर्थिक समृद्धिका लागि राजनीतिक स्थायित्वको जग बसालिएको बताए ।


उपप्रधानमन्त्री सिंहले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि रक्षा गर्न सरकारले आर्थिक समृद्धिमा जोड दिएको बताए । उनले जनताको करबाट बनेका ठूला संरचना लामो समय प्रयोगमा नआउँदा बिग्रने भन्दै निर्माण भइसकेका संरचना प्रयोगमा ल्याउनुपर्नेमा पनि बताए ।


धरहरा, दमकको बिजनेस कम्प्लेक्स र बुटवलको सभा हललगायतका विशिष्ट संरचना संचालनका लागि सरकारले विशेष ध्यान दिइरहेको भन्दै उपप्रधानमन्त्री सिंहले ती संरचनाले आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गरेका थिए ।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले नेपाली कांग्रेसको अहिलेको समस्या पार्टी व्यवस्थापन रहेको भन्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए । पटक-पटकको आन्दोलनबाट प्राप्त उपलब्धि रक्षा गर्नका लागि पनि कांग्रेस पार्टीलाई ठिक ठाउँमा हिँडाउनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउने सक्ने चेतावनी दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो । सूचनामा नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ ...
। सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । यहाँ रामनगर गाउँपालिका–५ बैजनाथ चौकस्थित बरहथवा–मधुबनी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालक भारतको बिहार राज्य सितामढी जिल्ला ग्राम पंचायत ढेग निवासी अन्दाजी ३५ वर्षीय गौरव पटेल गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो । ...
। राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई संसद्मा गीत गाउन नभइ जवाफ माग्नका लागि बोलाइएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘प्रधानमन्त्रीलाई संसद्मा पप गीत गाइदिन वा र्‍याप हान्न बोलाएको होइन नि,’ शाहीले भने, ‘उहाँलाई त्यहाँ जवाफ दिन बोलाइएको हो ।’ यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ...
। नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णय मार्फत आगामी चार वर्षका लागि उनीहरूलाई नियुक्त गरेका हुन् । नवनियुक्त सदस्यमध्ये निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाडौं महानगरपालिका–१५ निवासी अंशुकिरण शाहीलाई सञ्चालक समितिमा समावेश गरिएको छ । त्यस्तै उपभोक्ताका तर्फबाट नार्गाजुन नगरपालिका–५ निवासी कृष्ण बसेल नियुक्त ...
। नेकपा एमाले सांसद पद्मा अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद्प्रतिको जवाफदेही बनाउन आफूहरू विरोधमा उत्रिएको बताएकी छिन् । बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले प्रधानमन्त्री शाहले संसद्लाई बेवास्ता गरिरहेको टिप्पणी गरिन् । ‘प्रधानमन्त्रीले यो संसद्लाई जसरी बेवास्ता गरिरहनुभएको छ, जसरी संसद्प्रतिको उत्तरदायित्वलाई केही होइन भनिरहनुभएको छ,’ अर्यालले भनिन्, ‘त्यसैले उहाँलाई सबक सिकाउनुपर्ने पनि छ ...