मुख्य समाचार
प्रहरीलाई आवश्यक स्रोतसाधनको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताए
प्रहरीलाई आवश्यक स्रोतसाधनको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताए

— गृहमन्त्री रमेश लेखकले प्रहरीलाई आवश्यक स्रोतसाधनको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन् ।


सुर्खेतस्थित नेपाल प्रहरी विशेष सुरक्षा गण गुमी बेस क्याम्प गुर्भाकोट सुर्खेतको अनुगमन गर्दै आइतबार लेखकले प्रहरीका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापनमा सरकार गम्भीर रूपले लागिरहेको बताएका हुन् । विधिको शासन सुनिश्चित गर्नका लागि नेपाल प्रहरीको विषेश भूमिका रहेको उनले बताए ।


सोमबार हुने कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि आइतबार दिउँसो सुर्खेत पुगेका उनले गणको अनुगमन गरेका हुन् । अनुगमनको क्रममा लेखकले गण छिटो स्थानान्तरणका लागि आफूले गर्नुपर्ने सहयोग गर्ने आश्वासन समेत दिए । गृहमन्त्री लेखक सँगै नेपाल प्रहरीका प्रमुख आईजीपी बसन्तबहादुर कुँवर पनि सुर्खेत पुगेका छन् ।

अहिले लुम्बीनी प्रदेशको नेपालगन्जमा रहेको यो गणको केही जनशक्ति मात्र सुर्खेतको गुर्भाकोट नगरपालिकामा–१३ र १४ मा बसेको छ । प्रहरी निरीक्षकको कमाण्डमा अहिले १०० जना प्रहरी बसेका छन् । गत वर्षको असोज ५ गतेबाट गणमा प्रहरी बस्न थालेको छ । तर अझै पनि कार्यालय पूर्ण रूपले यता सरिसकेको छैन ।

गृहमन्त्री लेखकसँगै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री धनश्याम भण्डारी, जलस्रोत तथा उर्जा विकास मन्त्री बिजया बुढा पनि गुमी पुगेका थिए । गृहमन्त्री लेखकसँग गुर्भाकोट नगरपालिकाका प्रमुख हस्तबहादुर पुन, लेकबेंसी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेल लगायतका जनप्रतिनिधिले जतिसक्दो छिटो यो गणलाई नेपालगन्जबाट कर्णाली ल्याउनका लागि पहल गरिदिन आग्रह गरेका छन् । जवाफमा गृहमन्त्री लेखकले सहयोग गर्ने प्रतिबद्वता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउने सक्ने चेतावनी दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो । सूचनामा नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ ...
। सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । यहाँ रामनगर गाउँपालिका–५ बैजनाथ चौकस्थित बरहथवा–मधुबनी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालक भारतको बिहार राज्य सितामढी जिल्ला ग्राम पंचायत ढेग निवासी अन्दाजी ३५ वर्षीय गौरव पटेल गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो । ...
। राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई संसद्मा गीत गाउन नभइ जवाफ माग्नका लागि बोलाइएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘प्रधानमन्त्रीलाई संसद्मा पप गीत गाइदिन वा र्‍याप हान्न बोलाएको होइन नि,’ शाहीले भने, ‘उहाँलाई त्यहाँ जवाफ दिन बोलाइएको हो ।’ यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ...
। नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णय मार्फत आगामी चार वर्षका लागि उनीहरूलाई नियुक्त गरेका हुन् । नवनियुक्त सदस्यमध्ये निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाडौं महानगरपालिका–१५ निवासी अंशुकिरण शाहीलाई सञ्चालक समितिमा समावेश गरिएको छ । त्यस्तै उपभोक्ताका तर्फबाट नार्गाजुन नगरपालिका–५ निवासी कृष्ण बसेल नियुक्त ...
। नेकपा एमाले सांसद पद्मा अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद्प्रतिको जवाफदेही बनाउन आफूहरू विरोधमा उत्रिएको बताएकी छिन् । बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले प्रधानमन्त्री शाहले संसद्लाई बेवास्ता गरिरहेको टिप्पणी गरिन् । ‘प्रधानमन्त्रीले यो संसद्लाई जसरी बेवास्ता गरिरहनुभएको छ, जसरी संसद्प्रतिको उत्तरदायित्वलाई केही होइन भनिरहनुभएको छ,’ अर्यालले भनिन्, ‘त्यसैले उहाँलाई सबक सिकाउनुपर्ने पनि छ ...