मुख्य समाचार
बेलायत सरकारले ई-भिसा लागू 
गर्ने म्याद केही महिना सार्ने निर्णय
बेलायत सरकारले ई-भिसा लागू 
गर्ने म्याद केही महिना सार्ने निर्णय

— बेलायत सरकारले बायोमेट्रिक कार्ड प्रतिस्थापन गरी डिजिटल ई-भिसा लागू 
गर्ने म्याद केही महिना सार्ने निर्णय गरेको छ । ई-भिसा रोलआउटमा समस्या आएपछि गृह मन्त्रालयले कम्तीमा मार्च ३१ सम्म नयाँ नियम लागू हुने म्याद थपेको हो ।




सरकारले यसअघि बेलायतमा बस्न, काम गर्न र बेनिफिट्स लिन पाइने अधिकार भएको बायोमेट्रिक रेसिडेन्स कार्ड (बीआरसी) र बायोमेट्रिक रेसिडेन्स परमिट (बीआरपी) डिसेम्बर ३१ सम्म मात्र कायम रहने घोषणा गरेको थियो । डिसेम्बर ३१ पछिको भिसा हुनेहरूले अनिवार्य ई-भिसा परिवर्तन गर्नुपर्ने नियम ल्याइएको हो ।


लन्डनस्थित एभरेस्ट ल फर्मका सोलिसिटर राजु थापा सरकारले ई-भिसा परिवर्तनको म्याद थप्दा केही राहत मिल्ने बताए । 'विशेषगरी अहिले भूतपूर्व गोर्खा वृद्धवृद्धाहरूमा ई-भिसाबारे अन्योल देखिएको छ,' थापाले भने,'अहिले नै गरिहाल्न हतार नहुने भयो तर, अन्तिम समयभन्दा बेलैमा परिवर्तन गरेर बस्न उपयुक्त हुन्छ ।' जसको पुरानो पासपोर्टमा भिसा स्टिकर वा आईएलआर छ, उनीहरूले पनि होम अफिसमा एनटिलको निवेदन दिएर त्यो स्वीकृत भएपछि ई-भिसा बदल्नुपर्ने उनले बताए ।

सरकारले म्याद गुज्रिएको बीआरपी कार्डबाट मार्च मसान्तसम्म यात्रा गर्न अनुमति दिने भएको छ तर सकभर बेलैमा ई-भिसा परिवर्तन गर्न कानुनविदहरुको सुझाव छ । मार्च ३१ सम्म म्याद सकिएको यूके रेसिडेन्स परमिट कार्डबाट पनि एयरलाइन्सहरूले यात्रुलाई यात्रा अनुमति दिने गृह मन्त्रालयले पुष्टि गरेको छ ।

गृह मन्त्रालयले बुधबार ६० लाखभन्दा बढी मानिसले ई-भिसा प्रयोग गरिसकेका र परिवर्तनको घोषणा भएदेखि थप ३१ लाखले आवेदन दिएका जनाएको छ । आप्रवासनमन्त्री सीमा मल्होत्राले आफ्नो बीआरपी कार्ड गुमाएका र पहिचान हुने अरु कुनै कागजात नभएका थोरै मानिसका लागि यूके भिजा एन्ड इमिग्रेसन (यूकेभीआई) को अनलाइन अकाउन्ट खोल्न असहज भएको स्वीकारेकी छन् ।

मन्त्री मल्होत्राले सरकारले नोभेम्बर १ देखि यस्ता आवेदक र नयाँ मान्यताप्राप्त शरणार्थीहरूका लागि स्वतः यूकेभीआई अकाउन्ट सिर्जना गर्ने व्यवस्था गरिसकेको बेलायती संसद्‍लाई जानकारी गराएकी छिन् ।

ई-भिसा व्यक्तिको अध्यागमन स्टाटस देखाउने एक अनलाइन रेकर्ड हो । भौतिकजस्तो हराउने, चोरी हुने वा बिग्रने अवस्था नभएकाले ई-भिसा सुरक्षित हुने गृह मन्त्रालयको भनाइ छ । यो यूके बोर्डरमा वा रोजगारदाता एवं घर मालिकहरूसमक्ष आफ्नो अध्यागमन स्टाटस प्रमाणित गर्न पनि सजिलो र छिटो हुने सरकारको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...