: जापानले गैरकानुनीरुपले बसेका दुईजना नेपालीलाई निष्काशन गरेको छ। निष्काशित हुनेहरूमा नुतन गिरी र धनप्रसाद बुढा रहेका छन्। उनीहरू भिषाको म्याद सकिसकेपछि पनि लुकिछिपी जापान बस्दै आएका थिए।
त्यहाँको अध्यागमनले उनीहरूलाई पक्राउ गरी थाइ एयरको जहाजबाट नेपाल फर्काएको हो। उनीहरू केही दिनअघि काठमाडौं आएका हुन्। टोकियोमा कार्यरत एक नेपालीका अनुसार गैरकानुनीरुपमा लुकिछिपी बसेका विदेशीहरूमाथि त्यहाँको अध्यागनले अहिले धरपकड सुरू गरेको छ।
उनका अनुसार गैरकानुनीरुपमा काम गरिरहेका नेपालीहरू समेत जापानको अध्यागमनको खोजी सूचीमा परेका छन्।
जापानको चिबा प्रान्तस्थित फुनाबाशी सहरको एक होटलमा ५ तारिखका दिन नेपाली विद्यार्थी २१ बर्षीय बादल छन्त्यालको हत्या आरोपमा प्रहरीले एक जापानी महिलालाई पक्राउ गरेको छ।
३२ बर्षीय आसाका मायु नाम गरेको महिला लाइ पक्राउ गरि अनुसन्धानको क्रममा, “मैले मेरो प्रेमीसँगै मर्न चाहें, त्यसैले चक्कु चोरी गरेँ” भन्ने बयान दिएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
उनले उक्त ...