मुख्य समाचार
ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूससँगको युद्ध अन्त्यका लागि ‘सम्झौता’ गर्न इच्छुक रहेको बताए
ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूससँगको युद्ध अन्त्यका लागि ‘सम्झौता’ गर्न इच्छुक रहेको बताए

। अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूससँगको युद्ध अन्त्यका लागि ‘सम्झौता’ गर्न इच्छुक रहेको बताएका छन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले जेलेन्स्की र ट्रम्पसँग शनिबार एलिसी प्यालेसमा आयोजना गरेको त्रिपक्षीय वार्तापछि ट्रम्पको उक्त भनाइ आएको हो ।




ट्रम्पले युक्रेनलाई पठाइएको अर्बौं डलरको सैन्य सहायताको खुलेर खिल्ली उडाउँदै आफ्नो निर्वाचन अभियानका क्रममा आफू राष्ट्रपति निर्वाचित भए जिम्मेवारी सम्हालेको २४ घण्टाभित्र नै द्वन्द्व अन्त्य गर्न सक्ने दाबी गरेका थिए ।

ट्रम्पले आफ्नै लगानीमा सञ्चालित सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, ‘जेलेन्स्की र युक्रेन सम्झौता गर्न र युद्ध रोक्न चाहन्छन् ।’



उनले अगाडि थपेका छन्, ‘तत्काल युद्धविराम हुनुपर्छ र वार्ता सुरु हुनुपर्छ । धेरैको जीवन यति अनावश्यक रूपमा बर्बाद भइरहेको छ । धेरै परिवारहरू गुमेका छन् । यदि यो जारी रह्यो भने यो धेरै ठूलो क्षति र अझ खराब अवस्थामा परिणत हुन सक्छ ।’

त्रिपक्षीय भेटको केही घण्टामा नै अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले युक्रेनका लागि ९८ करोड ८० लाख अमेरिकी डलरको नयाँ सैन्य सहायता प्याकेज घोषणा गरेको छ ।

पेन्टागनका अनुसार उक्त प्याकेजमा ड्रोन, हिमार्स रकेट लञ्चरका लागि गोलाबारुद, लामो दूरी मार हान्न सक्ने हतियार, ट्याङ्क र बख्तरबन्द गाडीका लागि उपकरण र त्यसका सामान समावेश गरिएको छ ।

ट्रम्पले युक्रेनमा आन्तरिक रूपमा अलोकप्रिय सहुलियतसहित शान्तिको लागि दवाब दिनसक्ने चिन्ता छ । जेलेन्स्कीले रूससँग कुनै पनि सम्झौता समतामूलक हुनुपर्नेमा जोड दिएको बताइएको छ ।

‘हामी सबै शान्ति चाहन्छौं । तर यो हाम्रो लागि धेरै महत्त्वपूर्ण छ शान्ति हामी सबैका हसनुपर्छ र रूस र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन वा अन्य कुनै आक्रमणकारी अव कहिल्यै युक्रेनमा नफर्कने सम्भावनालाई सुनिश्चित गर्नुपर्छ,’ जेलेन्स्कीले भने ।

उनले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा न्यायपूर्ण शान्ति र सुरक्षाको प्रत्याभूतिको हो । युद्धविराम वा शान्ति सम्झौताले युक्रेनका लागि बलियो सुरक्षा सुनिश्चित गर्नु आवश्यक छ ।’

जेलेन्स्कीले वार्तालाई ‘राम्रो र फलदायी’ भन्दै ट्रम्पको दृढ सङ्कल्पका लागि धन्यवाद पनि दिएको बताइएको छ ।

नोट्रे डेम क्याथेड्रलको पुनः उद्घाटन समारोहमा भाग लिनुभन्दा ठीक अघि ट्रम्पसँगको जेलेन्स्कीको भेट, अमेरिकी चुनावमा विजय हासिल गरेपछि विश्वका धनाढ्यबाट राजनीतिज्ञ बनेका ट्रम्पसँगको पहिलो प्रत्यक्ष भेट थियो ।

छलफलप्रति आफ्नो प्रतिक्रियामा म्याक्रोँले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शान्ति र सुरक्षाका लागि संयुक्त प्रयास जारी राखौँ ।’

मध्यपूर्वको सङ्कटमा युरोपेली मित्रराष्ट्रहरूले बाइडेनसँग घनिष्ठ सम्बन्ध कायम गरेका छन्, तर ट्रम्पले सहयोगी पश्चिमा राष्ट्र र संयुक्त राज्य अमेरिकालाई अझ टाढा र इजरायललाई नजिकबाट राख्ने सम्भावना छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...