मुख्य समाचार
चेल्सीले टोटनहामलाई ४-३ गोलअन्तरले हराए
चेल्सीले टोटनहामलाई ४-३ गोलअन्तरले हराए

। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चेल्सीले रोमाञ्चक जित निकालेको छ । चेल्सीले टोटनहामलाई ४-३ गोलअन्तरले हराएको हो ।

२-० ले पछाडि परेको अवस्था उल्टाएर चेल्सीले टोटनहामलाई उसैको मैदानमा हराएको हो । चेल्सीको जितमा कोल पाल्मरले २ गोल गरे भने जाडन सान्चो र एन्जो फर्नान्डेजले एक-एक गोल गरे । टोटनहामका डोमिनिक सोलान्के, डेजान कुलुसेभ्स्की र सन ह्युङ् मिनले एक-एक गोल गरे ।




खेलको पाचौं मिनेटमा सोलान्के र ११औं मिनेटमा कुलुसेभ्स्कीले गोल गरेपछि सुरूवातदेखि नै घरेलु टोलीले अग्रता बनाएको थियो । १७औं मिनेटमा सान्चोले गोल फर्काएपछि पहिलो हाफमा टोटनहाम २-१ ले अगाडि थियो ।

दोस्रो हाफको ६१औं मिनेटमा पाल्मरले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । ७३औं मिनेटमा एन्जोले गोल गरेपछि चेल्सीले खेलमा अग्रता बनायो । ८४‍औं मिनेटमा पाल्मरले दोस्रो गोल गर्दै चेल्सीलाई ४-२ ले अगाडि राखे । इन्जुरी समयमा सनले गोल गरेपनि टोटनहामले खेल गुमायो ।



जितसँगै १५ खेलमा ३१ अंक भएको चेल्सी अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको लिभरपुलको १४ खेलमा ३५ अंक छ । टोटनहाम १५ खेलमा २० अंकसित ११औं स्थानमा छ ।

आर्सनलको बराबरी

गएराति नै भएको अर्को खेलमा आर्सनलले फुलहामसँग बराबरी खेलेको छ । आर्सनलले १-१ को बराबरी खेल्दै हार टारेको हो ।

खेलको ११औं मिनेटमा राउल जिमेनेजको गोलमा घरेलु टोली फुलहामले अग्रता लिएको थियो । ५२औं मिनेटमा विलियम सालिबाले गोल गर्दै आर्सनललाई खेलमा फर्काए ।

त्यसपछि गोल हुन नसक्दा फुलहाम र आर्सनलले अंक बाँडे । यो बराबरीपछि आर्सनल १५ खेलमा २९ अंक जोड्दै तेस्रो स्थानमा छ भने २३ अंक भएको फुलहाम १०औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...