मुख्य समाचार
विश्वचर्चित टिभी सिरिज ‘ह्यारी पोटर’का प्रशंसकलाई खुसीको खबर
विश्वचर्चित टिभी सिरिज ‘ह्यारी पोटर’का प्रशंसकलाई खुसीको खबर

। विश्वचर्चित टिभी सिरिज ‘ह्यारी पोटर’का प्रशंसकलाई खुसीको खबर छ । सन् २०२५ को मध्यदेखि यो सिरिजको छायांकन हुने बेलायतस्थित निर्माता कम्पनी वार्नर ब्रोजले जनाएको छ ।

यो सिरिजका संसारभर धेरै फ्यान छन् । नयाँ सिरिज घोषणालगत्तै प्रशंसकले उत्साह व्यक्त गरेका छन् । एचबीओको हिट टिभी शृंखला ‘द ह्वाइट लोटस’को तेस्रो सिजन फेब्रुअरीमा प्रिमियर हुनेछ । त्यसको केही महिनापछि ‘द लास्ट अफ अस’को दोस्रो श्रृंखला सुरु हुने वार्नर ब्रदर्स डिस्कवरीले बिहीबार जनाएको छ ।




यसको आगामी ग्लोबल स्लेट घोषणा गर्दै एचबीओ र म्याक्स स्ट्रिमिङ सेवाका सीईओ केसी ब्लोइजले पनि बहुप्रतीक्षित ‘गेम अफ थ्रोन्स’को प्रिक्वेल ‘ए नाइट अफ द सेभेन किङ्डम’ सन् २०२५ को अन्त्यतिर रिलिज हुने जनाए ।

यसबाहेक, पहिलो ह्यारी पोटर टेलिभिजन शृंखला गत वर्ष घोषणा गरिएको थियो, जुन हाल अहिले कास्टिङको चरणमा छ । बेलायतको लिभस्डेन स्टुडियोमा सन् २०२५ को मध्यमा सिरिज छायांकन हुने ब्लोइजले बताए ।



यसका कार्यकारी निर्मातामध्ये एक हुन् लेखिका जेके रोलिङ । यो श्रृंखलालाई फिल्मबाट नयाँ कलाकार प्रस्तुत गर्ने ‘एक दशक लामो श्रृंखला’को रूपमा परिकल्पना गरिएको छ ।

अवार्ड विजेता डार्क कमेडी ‘द ह्वाइट लोटस’को छायांकन यसपटक थाइल्याण्डमा गर्ने तयारी छ । यसपटक मेगास्टार के–पप समूह ब्ल्याकपिंककी गायिका लिसा र दिग्गज हलिउड स्टार स्कट ग्लेन पनि नयाँ शोमा देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...