मुख्य समाचार
विश्वचर्चित टिभी सिरिज ‘ह्यारी पोटर’का प्रशंसकलाई खुसीको खबर
विश्वचर्चित टिभी सिरिज ‘ह्यारी पोटर’का प्रशंसकलाई खुसीको खबर

। विश्वचर्चित टिभी सिरिज ‘ह्यारी पोटर’का प्रशंसकलाई खुसीको खबर छ । सन् २०२५ को मध्यदेखि यो सिरिजको छायांकन हुने बेलायतस्थित निर्माता कम्पनी वार्नर ब्रोजले जनाएको छ ।

यो सिरिजका संसारभर धेरै फ्यान छन् । नयाँ सिरिज घोषणालगत्तै प्रशंसकले उत्साह व्यक्त गरेका छन् । एचबीओको हिट टिभी शृंखला ‘द ह्वाइट लोटस’को तेस्रो सिजन फेब्रुअरीमा प्रिमियर हुनेछ । त्यसको केही महिनापछि ‘द लास्ट अफ अस’को दोस्रो श्रृंखला सुरु हुने वार्नर ब्रदर्स डिस्कवरीले बिहीबार जनाएको छ ।




यसको आगामी ग्लोबल स्लेट घोषणा गर्दै एचबीओ र म्याक्स स्ट्रिमिङ सेवाका सीईओ केसी ब्लोइजले पनि बहुप्रतीक्षित ‘गेम अफ थ्रोन्स’को प्रिक्वेल ‘ए नाइट अफ द सेभेन किङ्डम’ सन् २०२५ को अन्त्यतिर रिलिज हुने जनाए ।

यसबाहेक, पहिलो ह्यारी पोटर टेलिभिजन शृंखला गत वर्ष घोषणा गरिएको थियो, जुन हाल अहिले कास्टिङको चरणमा छ । बेलायतको लिभस्डेन स्टुडियोमा सन् २०२५ को मध्यमा सिरिज छायांकन हुने ब्लोइजले बताए ।



यसका कार्यकारी निर्मातामध्ये एक हुन् लेखिका जेके रोलिङ । यो श्रृंखलालाई फिल्मबाट नयाँ कलाकार प्रस्तुत गर्ने ‘एक दशक लामो श्रृंखला’को रूपमा परिकल्पना गरिएको छ ।

अवार्ड विजेता डार्क कमेडी ‘द ह्वाइट लोटस’को छायांकन यसपटक थाइल्याण्डमा गर्ने तयारी छ । यसपटक मेगास्टार के–पप समूह ब्ल्याकपिंककी गायिका लिसा र दिग्गज हलिउड स्टार स्कट ग्लेन पनि नयाँ शोमा देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उनको निधन भएको हो । इन्डियन एक्सप्रेसका अनुसार अस्पतालका डा. प्रतित समदानीले भोसलेको निधनको पुष्टि गरेका छन् । उनको निधनको कारण 'मल्टी-अर्गान फेलियर' रहेको पनि उनको भनाइ छ । थकित महसुस हुने र छातीमा ...
। मार्च २३ देखि २९, २०२६ सम्मको साप्ताहिक अवधिमा नेटफ्लिक्समा अंग्रेजी भाषाका फिल्मबीच ‘पीकी ब्लाइन्डर्सः द इम्मोर्टल म्यान’ सर्वाधिक हेरिएको फिल्म बनेको छ । यो फिल्मले कुल ३ करोड ६९ लाख घण्टा भ्यूज पाउँदै शीर्ष स्थान ओगटेको हो । चर्चित ‘पीकी ब्लाइन्डर्स’ कथालाई विस्तार गर्ने यो फिल्म एक शक्तिशाली अपराध साम्राज्य, सत्ता संघर्ष र व्यक्तिगत द्वन्द्वको ...
। कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई अनुमति दिएका छन् । बलेमाथि अमेरिकामा बस्ने एक युवतीले जबरजस्ती करणी गरेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छन् । सोही आरोपमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको जनाएको छ । तर, हालसम्म उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी भने परिसकेको छैन । सोही ...
जादुको छडी समात्नुस् र झाडू तयार पार्नुस्, किनकि हग्वाट्र्स पुनः बोलाइरहेको छ । एचबीओले आफ्नो आगामी ‘ह्यारी पोटर’ सिरिजको पहिलो ट्रेलर सार्वजनिक गर्दै दर्शकलाई नयाँ ढंगले जादुयी संसारमा फर्किन निम्तो दिएको छ । नेटवर्कका अनुसार यसको पहिलो सिजन सन् २०२६ को क्रिसमसमा सार्वजनिक हुनेछ । ट्रेलरको सुरुवातमा ह्यारी डस्र्ली घरमा भर्‍याङमुनिको सानो कोठामा बसिरहेको देखिन्छ । ...
। यसवर्षको ‘मिस वर्ल्ड’ प्रतियोगिता भियतनाममा आयोजना हुने भएको छ । दक्षिणपूर्वी एसियाली मुलुकले पहिलोपटक प्रतिस्पर्धा आयोजना गर्न लागेको हो । यसको पुष्टि ‘मिस वर्ल्ड’ले अफिसियल सामाजिक सञ्जालका पृष्ठबाट समेत गरेको छ । यद्यपि, त्यहाँ हुने निश्चित भएपनि यसको औपचारिक घोषणा भने हुन बाँकी छ । मिस वर्ल्ड भियतनाम आयोजकले बुधबार राति यसबारे जानकारी दिँदै यस वर्षको ...