मुख्य समाचार
चितवन राइनोजले सुदूरपश्चिम रोएल्सलाई ३३ रनले पराजित
चितवन राइनोजले सुदूरपश्चिम रोएल्सलाई ३३ रनले पराजित

। लगातार तीन खेल जित्दै उत्कृष्ट सुरुवात गरेको सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो हार व्यहोरेको छ ।

आइतबार भएको दिनको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोएल्सलाई ३३ रनले पराजित गर्दै अपराजित यात्रामा ब्रेक लगाएको हो । चार खेलमा सुदूरको यो पहिलो हार हो ।




चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.२ ओभरमा सबै विकेट गुमाएर १३१ रनमा अलआउट भयो ।

जितपछि चितवनले चितवनले पनि सुदूरपश्चिम समान ४ खेलबाट ६ अंक नै जोडेको छ । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स, काठमान्डु गुर्खाज र लुम्बिनी लायन्सलाई पराजित गरेको थियो ।



उता चितवनले यसअघि काठमान्डु गुर्खाज र पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो भने कर्णाली याक्ससँग पराजित भएको थियो ।

यसअघिका तीन खेलमा ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेको सुदूरपश्चिमको ब्याटिङ चितवन विरुद्ध भने लयमा देखिएन । दोस्रो ओभरमा ओपनर सैफ जैबलाई गुमाएपछि सुदूरपश्चिमले नियमित अन्तरमा विकेट गुमायो ।

सुदूरपश्चिमका लागि छैटौं नम्बरमा ब्याटिङ गरेका इशान पाण्डेले २८ बल खेल्दै ४ चौका र १ छक्का मदतमा सर्वाधिक ३५ रन बनाए । अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् । जैबले १८ रन बनाए भने ब्राण्डन म्याकमुलेनल १३, दिलप्रित बाज्वा १२ र विनोद भण्डारी १० रनमा आउट भए । आरिफ शेख ५, कप्तान दीपेन्द्र सिंह ऐरी १ र नरेश बुढाएर ५ रनमा आउट भए ।

बलिङमा चितवनका लागि कप्तान कुशल मल्लले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । अमरसिंह राउटेलाले १ ओभरमा ९ रन खर्चेर तथा जान निकोल लफ्टी इटनले ३ ओभरमा १८ रन खर्चेर समान २ विकेट लिए । रिजन ढकालले ३ ओभरमा ३३ रन खर्चेर २ विकेट नै लिए। सोहेल तनविरले १ विकेट लिए । यसै खेलबाट एनपीएलमा डेब्यु गरेका रन्जित कुमारले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले हसन इसाखिलको अर्धशतक मदतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

चितवनका लागि ओपनर हसनले ५२ बल खेल्दै ६ चौका र ३ छक्का मदतमा ६५ रन बनाए । यस्तै रवि बोपाराले १८ बल खेल्दै समान २ चौकमा र छक्कामा ३६ रन योगदान गरे ।

विपिन रावलले १७ र कप्तान कुशल मल्लले १३ रन जोडे । पहिलो पटक ओपनिङ गरेकार सन्तोष कार्की ९ रनमा आउट भए ।

अमर सिंह राउटेलाले ६ र जान निकोल लफ्टी इटन २ रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ब्राण्डन म्याकमुलेन, कप्तान दीपेन्द्र सिंह ऐरी र सैफ अली जैबले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...