मुख्य समाचार
मुद्दा हारेसँगै अमेरिकामा टिकटकमाथि प्रतिबन्धको खतरा
मुद्दा हारेसँगै अमेरिकामा टिकटकमाथि प्रतिबन्धको खतरा

— अमेरिकामा चर्चित र विशेषत: युवाहरूमाझ अत्यधिक प्रयोग हुने चिनियाँ सामाजिक सञ्जाल टिकटकले आफूमाथिको सम्भावित प्रतिबन्ध वा बाध्यकारी बिक्री रोक्न दिएको कानुनी चुनौतीमा धक्का व्यहोरेको छ । अमेरिकाको कोलम्बिया जिल्ला संघीय अपिल अदालतले टिकटकविरुद्ध अमेरिकी सरकारले अघि सारेको कानुनी दबाबलाई सही ठहर गर्दै सोविरूद्द टिकटकले पेस गरेको चुनौतीलाई अस्वीकार गरेको छ ।



बाइडेन प्रशासनको सो निर्णय सन् २०२५ को सुरुमा लागू हुने तयारीमा छ । यसले अमेरिकाका झन्डै १७ करोड टिकटक प्रयोगकर्तालाई प्रत्यक्ष प्रभाव पार्नसक्नेछ । अदालतले अमेरिकी सरकारको उक्त निर्णयलाई राष्ट्रिय सुरक्षासँग जोडिएको जोखिम सम्बोधन गर्न ध्यानपूर्वक तयार पारिएको कदमको रूपमा व्याख्या गरेको छ ।


टिकटकले यो प्रतिबन्धबाट अमेरिकी नागरिकहरूको अभिव्यक्ति स्वतन्त्रताको हकमा प्रतिकूल असर पार्ने तर्क गरे पनि अदालतले यसलाई दुई प्रमुख पार्टीका विधायकहरूबीच सहमतिमा भएको निर्णय भन्दै विदेशी प्रभाव र विशेषगरी चीनको सम्भावित सुरक्षा जोखिमबाट बच्न लिइएको उपायको रूपमा समर्थन गरेको हो ।

टिकटकले अदालतको यो निर्णयमा आफूले हार नमान्ने भन्दै यस मुद्दालाई अमेरिकाको सर्वोच्च अदालतमा लैजाने र अमेरिकी सरकारको निर्णयको थप प्रतिवाद गर्ने घोषणा गरेको छ । 'सर्वोच्च अदालतले अमेरिकी नागरिकहरूको अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी हकलाई सधैं रक्षा गर्दै आएको छ र हामीलाई यो महत्त्वपूर्ण प्रश्नमा पनि त्यस्तै गर्नेछ भन्नेमा हामी विश्वस्त छौं,' टिकटकका प्रवक्ताको भनाइ छ । उनले अमेरिकी प्रतिबन्ध भ्रामक र मनगढन्ते सूचनाका आधारमा आएको पनि दाबीसमेत गरेका छन् ।

अहिलेको अवस्थामा टिकटकमाथि प्रतिबन्ध भएको खण्डमा यसले सामाजिक सञ्जालको क्षेत्रमा गहिरो प्रभाव पार्नेछ भन्ने आशयसहित विश्लेषकहरूले बजारमा ठूलो उतारचढावको सम्भावना औंल्याएका छन् । सो प्रतिबन्धको निर्णय लागू हुँदा मेटा (फेसबुक, इन्स्टाग्राम) र स्न्यापच्याटसँगै नयाँ आएका अमेरिकी प्रतिस्पर्धीलाई भने प्रत्यक्ष फाइदा पुग्ने उनीहरूको तर्क छ । ईमार्केटरका विश्लेषक जास्मिन एनबर्गले यो प्रतिबन्धले कन्टेन्ट क्रिएटर र टिकटकमार्फत चल्ने गरेका साना तथा मझौला व्यवसायहरूलाई गम्भीर क्षति पुर्‍याउन सक्ने बीबीसीलाई बताएका छन् ।


यद्यपी, निकट भविष्यमै हुने आगामी राष्ट्रपति परिवर्तनले यो विषयमा नयाँ मोड ल्याउन सक्छ । पूर्वराष्ट्रपति तथा जनवरीबाट पुन: व्हाइट हाउस छिर्न लागेका डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमै टिकटकलाई प्रतिबन्धित गर्ने प्रयास गरेका थिए तर अदालतले रोकिदिएको थियो । पछिल्लो दिनमा भने उनले यो प्रतिबन्ध लागू नगर्ने संकेत दिएका छन् । तर, कर्नेल विश्वविद्यालयका प्राध्यापक जेम्स ग्रिमेलमनजस्ता जानकारहरूका अनुसार ट्रम्पले यस्तो कदम उठाएमा दुई प्रमुख पार्टीबाटै बलियो विरोधको सामना गर्नुपर्ने हुनसक्छ । उनी भन्छन्, 'अमेरिकामा चीन विरोधी भावना अत्यन्तै उच्च बन्दै गएको समयमा कतिपय क्षेत्र र राज्यहरू पनि टिकटकलाई आफ्नो क्षेत्रमा यतिसारो चल्तीमा रहेको मनपराइरहेका छैनन् ।'

टिकटक कनेटेन्ट क्रिएटर टिफनी सियान्सीले आफू शुक्रबारको निर्णयले चकित नभएको बताउँदै आफूजस्ता अन्य सर्जकलाई अन्य प्लाटफर्मतर्फ जान बाध्य पार्न नसक्ने दृढता सुनाएकी छिन् । त्यस्तै बजार विश्लेषक कोरी जोन्सनले टिकटकको जटिल एआई प्रणालीलाई अन्य प्लाटफर्मले सजिलै नक्कल गर्न नसकेको र कन्टेन्ट सर्जकहरूले झेल्नुपर्ने सेन्सरसीप र आफ्ना कन्टेन्ट प्रयोगकर्ताहरूमाथिको नियन्त्रणले धेरै अमेरिकी सर्जक टिकटकतर्फ सोझिएको बीबीसीलाई बताएका छन् ।


अमेरिकामा टिकटकको भविष्य के हुने भन्नेबारे अन्तिम निर्णय सर्वोच्च अदालतको आदेशबाट हुने भएको छ । प्रतिबन्ध वा अमेरिकी बजारको स्वामित्व बिक्री गर्न दिएको अल्टिमेटमअघि अमेरिकी संसदका समितीहरूले पनि टिकटकसम्बन्धी विषयहरूमा छानबिन र बयान लिने कार्य गरेका थिए ।

अमेरिकाको संघीय सरकार र कतिपय राज्य सरकारहरूले सरकारी डिभाइसमा प्रतिबन्ध लगाएको भएपनि झन्डै १७ करोड सक्रिय प्रयोगकर्तामार्फत टिकटकको अमेरिकी आम्दानी बढ्दो छ । सन् २०२४ मा झन्डै २५ प्रतिशतले बढेर टिकटकको स्वमित्व रहेको कम्पनी बाइटडान्सले लगभग ७ अर्ब आम्दानी गर्ने अनुमान गरिएको छ । यो आम्दानी सन् २०२५ मा लगभग १० अर्ब अमेरिकी डलर पुग्नसक्ने विश्लेषकहरूको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम