मुख्य समाचार
महाभियोगबाट जोगिए दक्षिण कोरियाली राष्ट्रपति
महाभियोगबाट जोगिए दक्षिण कोरियाली राष्ट्रपति

— दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओल महाभियोगबाट जोगिएका छन् । दक्षिण कोरियाली संसद्‍मा शनिबार भएको मतदानमा ‍१ सय ९५ सांसदले मात्र राष्ट्रपति युनविरुद्धको महाभियोग प्रस्तावको पक्षमा मत दिएका हुन् ।



'कुल १ सय ९५ मत संसद्का‌ कुल सदस्यको दुई तिहाइ बहुमतमा पुग्न सकेन । त्यसैले, म घोषणा गर्दछु महाभियोग प्रस्ताव पारित हुन सकेन,' सभामुख वु वोन-सिकले भनेका छन् ।


दक्षिण कोरियाली संसद्‍मा कुल ३ सय सांसद छन् । संसद्‍बाट महाभियोग प्रस्ताव पारित गर्न दुईतिहाइ अर्थात् २ सय सांसदको समर्थन आवश्यक पर्छ । शनिबार संसद्‍मा भएको मतदान युनको दल पिपुल्स पावर पार्टी (पीपीपी) का सांसदहरूले बहिष्कार गरेका थिए । पीपीपीका १ सय ८ सांसद छन् ।

संसद्‍मा मतदान भइरहेका बेला दशौं हजार सर्वसाधारणले संसद्‌ भवनबाहिर प्रदर्शन गरेका थिए । उनीहरूले राष्ट्रपति युनको राजीनामा मागेका थिए । प्रदर्शनकारीले पीपीपीका सांसदहरूलाई मतदानमा सहभागी हुन र महाभियोगको पक्षमा मतदान गर्न माग गरेका थिए । South Korean President avoids impeachment

राष्ट्रपति युनले गत मंगलबार राति अप्रत्याशित रूपमा संकटकालीन ‘मार्सल ल’ लागू गरेका थिए । तर उनले घोषणा गरेको सैनिक शासन केही घण्टामा नै त्यहाँको संसद्‌ले उल्ट्याइदिएको थियो । त्यसपछि युनले आफ्नो कदम फिर्ता लिएका थिए । तर विपक्षी दलका सांसदहरूले भने युनविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाएका हुन् ।


राष्ट्रपति युनले 'मार्सल ल' लागू गरेकामा शुक्रबार माफी माग्दै पुन: यस्तो कदम नचाल्ने वाचा गरेका थिए । 'म एकदमै क्षमाप्रार्थी छु र स्तब्ध भएका जनतासँग माफी माग्न चाहन्छु,' टेलिभिजन सम्बोधनमा यूनले भनेका थिए ।

मार्सल ल लागू गरेपछि राष्ट्रका नाममा गरेको पहिलो सम्बोधनमार्फत उनले राजीनामा दिने आकलन गरिएको थियो । सम्बोधनमा महाभियोगको प्रसंगबारे केही उल्लेख नगरेका युनले पदबाट राजीनामा पनि दिएनन् । युनले सत्तामा रहेको आफ्नो दललाई अवस्था सामान्य बनाउने जिम्मेवारी सुम्पिने बताएको बीबीसीले जनाएको छ ।


राष्ट्रपतिको सम्बोधनपछि सत्तारूढ पीपीपीका नेताले युनले नियमित कामकाज जारी राख्न असम्भव रहेको बताएका थिए । 'उनको अग्रिम राजीनामा अवश्यम्भावी छ,' पीपीपीका हान दोङ-हुनले भनेका थिए । प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक दलका नेता ली जे-म्युङले राष्ट्रपतिको प्रतिक्रियाले मानिसहरूमा थप आक्रोश बढाएको बताएका छन् । उनले राष्ट्रपति युनलाई पदबाट हटाउन आफूहरूले सक्दो प्रयास गर्ने बताएको बीबीसीले जनाएको छ ।

युनले राज्यविरोधी शक्तिहरू र उत्तर कोरियाबाट खतरा भएको जनाउँदै मंगलबार राति मार्सल ल लागू गरेका थिए । मार्सल ल घोषणा गरेको केही समयमै सेनाले आदेश जारी गर्दै संसद्को गतिविधि र राजनीतिक समूहबाट हुने प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो ।

तर युनकै दल पीपीपीका साथै विपक्षी दलका सांसदहरूले युनको घोषणालाई तत्कालै गैरकानुनी र असंवैधानिक भएको बताएका थिए । देशकै ठूलो विपक्षी दल डेमोक्रेटिक पार्टीका नेता ली जे–म्यङले राष्ट्रपतिको घोषणाको विपक्षमा मतदानका लागि सांसदहरूलाई संसद्‍मा भेला हुन र कोरियाली जनतालाई राष्ट्रपतिको कदमविरुद्ध प्रदर्शनमा उत्रन आग्रह गरेका थिए ।

त्यसलगत्तै संसद्‍मा उपस्थित सबै १ सय ९० जना सांसदले राष्ट्रपतिको निर्णयको विपक्षमा मतदान गरेका थिए । संसद‍्को बहुमतले निर्णय गरेपछि राष्ट्रपति युन आफ्नो निर्णय उल्टाउन बाध्य भएका थिए । राष्ट्रपति युनले ‘उत्तर कोरियाको कम्युनिस्ट शक्तिहरूबाट जोगाउन र राज्यविरोधी तत्त्वहरूलाई परास्त गर्न मार्सल कानुन आवश्यक भएको’ दाबी गरे पनि देशभित्रको दबाब र घोटालाका कारण उक्त कदम चालेको बताइन्छ ।

सन् २०२२ मा राष्ट्रपतिमा निर्वाचित युन पत्नीका कारण समस्यामा परेका थिए । उनकी पत्नी किम किअन हीले गैरकानुनी रूपमा महँगो ब्रान्डको ‘ब्याग’ उपहारमा लिएको र धितोपत्र बजारमा चलखेल गरेको आरोप लागेको थियो । जसका कारण गत अप्रिलमा भएको संसदीय चुनावमा युनको दल पीपीपीले ठूलो हार व्यहोरेको थियो । निर्वाचनमा विपक्षी पार्टीले फराकिलो जित हासिल गरेपछि उनको सरकारले चाहेका कानुनहरू पारित गर्न सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम