मुख्य समाचार
असदलाई सत्ताच्युत गर्ने लक्ष्य रहेको सिरियाली विद्रोही नेताको भनाइ
असदलाई सत्ताच्युत गर्ने लक्ष्य रहेको सिरियाली विद्रोही नेताको भनाइ

— विद्रोही सेनाहरूले सिरियामा जबर्जस्त आक्रमण गर्दै राष्ट्रपति बशर अल–असदको शासनलाई उल्ट्याउने लक्ष्य राखेको उनीहरूका इस्लामिक नेताले शुक्रबार प्रकाशित एक अन्तर्वार्तामा बताएका छन् । सरकारले नियन्त्रण गरेको अन्य प्रमुख सहरहरूलाई कब्जामा लिएपछि इस्लामिक नेतृत्वमा रहेका विद्रोहीहरू होम्सको ढोकामा पुगेको एक युद्ध अनुगमनकर्ताले बताएका छन् ।



सन् २०११ मा गृहयुद्ध सुरु भएपछिको पहिलो पटक सिरियाको दोस्रो सहर अलेप्पो र रणनीतिक रूपमा अवस्थित हामा असदको नियन्त्रणबाट बाहिरिएको छ ।


यदि विद्रोहीहरूले होम्स कब्जा गरे भने यसले विगत पाँच दशकदेखि सिरियामा शासन गरिरहेको असद परिवारको प्रमुख गढ भूमध्यसागरीय तटबाट राजधानी दमास्कसको शक्ति केन्द्रलाई काट्नेछ । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स वार मोनिटरका अनुसार शुक्रबार बिहानसम्म विद्रोहीहरू होम्सको किनारबाट पाँच किलोमिटर मात्र टाढा थिए ।

हयात ताहरिर अल–शाम (एचटिएस) विद्रोही गठबन्धनका नेता अबु मोहम्मद अल–जोलानीले आक्रमणको लक्ष्य असदको शासन अन्त्य गर्नु रहेको बताए । 'जब हामी उद्देश्यको बारेमा कुरा गर्छौं, क्रान्तिको लक्ष्य यो शासनलाई उखेल्नु हो । त्यो लक्ष्य हासिल गर्नका लागि हामीलाई उपलब्ध सबै साधनहरू प्रयोग गर्ने अधिकार छ,' जोलेनीले सीएनएनलाई दिएको अन्तर्वार्तामा भने ।

नोभेम्बर २७ मा सुरु भएको आक्रमणलाई सञ्चालन गर्ने विद्रोही गठबन्धनको नेतृत्व एचटिएसले गरिरहेको छ । यो अल–कायदाको सिरियाली शाखामा आधारित छ तर हालका वर्षहरूमा आफ्नो छवि सुधार्न प्रयास गर्दै आएको छ ।अब्जर्भेटरीका अनुसार सिरियाली सेना र इरान समर्थित बलहरू ‘अचानक’ पूर्वी सिरियाको देइर एजोरबाट पछि हटेर मध्य सिरियातर्फ गएका छन् । त्यहाँ होम्स अवस्थित छ ।इजरायल र लेबनानी समूह हिजबुल्लाह बीचको युद्धमा युद्धविराम लागू भएकै दिन विद्रोहीहरूले उत्तरी सिरियामा आफ्नो आक्रमण सुरु गरे । हिजबुल्लाह रूस र इरानसँगै असद सरकारको महत्त्वपूर्ण समर्थक रहेको छ। विपक्षीलाई समर्थन गर्ने टर्कीले शुक्रबार सिरियाको अवस्थाबारे छलफल गर्न कतारमा रुस र इरानसँग यस सप्ताहन्तमा वार्ता गर्ने बताएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले शुक्रबार विद्रोहीहरूको प्रगति ‘कुनै घटनाबिना’ हुने आशा गरेको बताए ।सिरियाको कुर्दिश नेतृत्वको सेनाले शुक्रबार टर्की र विद्रोहीहरूसँग वार्ताका लागि खुला रहेको भन्दै आक्रमणले देशका लागि ‘नयाँ’ राजनीतिक वास्तविकताको घोषणा गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...