मुख्य समाचार
फिल्मको विकासको लागि ऐन सुधारमा सरकारले ढिलाइ गर्दैन : मन्त्री गुरुङ
फिल्मको विकासको लागि ऐन सुधारमा सरकारले ढिलाइ गर्दैन : मन्त्री गुरुङ

। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले नेपाली चलचित्र क्षेत्रको विकास र प्रबर्द्धन गर्न आवश्यक पर्ने ऐन सुधार गर्न सरकारले ढिलाइ नगर्ने बताएका छन् ।

पर्यटन बोर्डको सभाहलमा रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारहरूको छाता संस्था इन्टरनेसनल एसोसिएसन अफ वमन इन रेडियो एन्ड टेलिभिजन (आइवार्ट) शाखाले आयोजना गरेको ‘पाँचौँ आइवार्ट नेपाल छोटो चलचित्र प्रतियोगिता २०२४’ मा मन्त्री गुरूङले चलचित्र आम मानिससम्म पुग्ने बलियो माध्यम रहेको बताए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले भने, ‘नेपालमा बनिरहेका चलचित्र र यससम्बन्धी भइरहेका गतिविधिबाट हामीले फाइदा लिनुपर्छ । हाम्रो पर्यटनको प्रचार गर्न सक्छौँ । यसका लागि बाधा देखिएका ऐनमा सुधार गर्दै यस क्षेत्रको विकासका लागि मन्त्रालयसँगै चलचित्र विकास बोर्डले आफ्नो काम गरिरहेको छ । अहिले यो क्षेत्रमा देखिएको मनोमानी र भद्रगोल अवस्थालाई हामीले लयमा ल्याउँदैछौँ । आउँदो केही समयमा सबैले महसुस गर्नेगरी परिवर्तन गरिनेछ ।’

चलचित्र प्रदर्शन, वितरण र निर्माणका लागि विसं २०२६ देखि लागू भएको ‘चलचित्र ऐन’ को समस्या र नयाँ ऐनको महत्व बुझेर यसै वर्ष नयाँ ऐन ल्याउने गरी मन्त्रालयले काम गरिरहेको मन्त्री गुरूङले जानकारी दिए । यस्तै, उनले महिला चलचित्रकर्मीलाई अगाडि बढाउन मन्त्रालयले बोर्डसँग समन्वय गरेर कार्यक्रम ल्याउने जानकारी दिए ।

“महिलाले गर्न नसक्ने केही छैन, आफूलाई चिन्नु पर्ने आवश्यकता छ”, मन्त्री गुरूङले भने । उनले नेपाल अन्य देशको तुलनामा प्राकृतिक रूपमा धनी रहेको र सांस्कृतिक विविधताले भरिपूर्ण रहेकाले यसको प्रयोग आफ्ना कथा र चलचित्रमा गर्न महिला चलचित्रकर्मीलाई आग्रह गरे ।

-रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। १६ साउनमा आयोजना हुन लागेको मिस नेपाल २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन वर्तमान मिस कस्मोसहितको टोली नेपाल आउने भएको छ । मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरले आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । निर्देशक प्रमोद कंशाकारका अनुसार मिस कस्मो २०२५ योलिना लिन्डक्विस्ट, मिस कस्मो २०२५ की रनरअप चेल्सी फर्नान्डेज र मिस ...
स्पेनको एक अदालतले चर्चित गायिका शकिरालाई कर विवादमा असुल गरिएको करिब ५५ मिलियन युरो (झण्डै ५० मिलियन पाउण्ड) फिर्ता गर्न त्यहाँको कर निकायलाई आदेश दिएको छ । स्पेनको राष्ट्रिय उच्च अदालतले शाकिरामाथि लगाइएको कर छलीको आरोपबाट सफाइ दिँदै ब्याजसहित रकम फिर्ता गर्न आदेश दिएको हो । अदालतले सन् २०११ मा उनी स्पेनमा १८३ दिन बसेको प्रमाण ...
हलिउडको चर्चित जासुसी फिल्म श्रृंखला ‘जेम्स बन्ड’का लागि नयाँ अभिनेता खोज्ने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । लामो समयदेखि ‘००७’ को भूमिकामा ड्यानियल क्रेगपछि कसले अभिनय गर्ने भन्ने चर्चा चलिरहेकामा अब अडिसन प्रक्रिया नै अघि बढाइएको हो । अमेजन एमजीएम स्टुडियोले विज्ञप्ति जारी गर्दै ‘अर्काे जेम्स बन्डको खोजी सुरु भइसकेको छ’ जनाएको छ । हलिउड ...
। अमेरिकी र्‍याप गायक कान्ये वेस्ट अर्थात् ‘ये’ को भारतमा पहिलोपटक हुन लागेको सांगीतिक प्रस्तुति अन्ततः रद्द भएको छ । नयाँ दिल्लीमा २०२६ मे २३ मा आयोजना हुने तय भएको उक्त कन्सर्ट सुरक्षासम्बन्धी सरकारी निर्देशनपछि स्थगित गरिएको आयोजकले जनाएको छ । कन्सर्ट आयोजक कम्पनी ह्वाइट फक्सले इन्स्टाग्राममार्फत औपचारिक वक्तव्य जारी गर्दै सरकारी निकाय र सुरक्षा निकायबाट ...
। हलिउडका दिग्गज अभिनेता विल स्मिथले कानुनी लडाइँमा ठूलो राहत पाएका छन् । क्यालिफोर्नियाको एक अदालतले ५७ वर्षीय सुपरस्टारविरुद्ध दर्ता भएको यौन दुव्र्यवहारको मुद्दा खारेज गरिदिएको छ । यो मामिला सन् २०२५ मा स्मिथको ‘टुर टिम’ मा सहभागी एक सदस्यले लगाएको आरोपसँग सम्बन्धित थियो । ‘मेन इन ब्ल्याक’ र ’द परस्यूट अफ ह्याप्पिनेस’ जस्ता चर्चित फिल्महरूका ...