मुख्य समाचार
फ्रान्सका प्रधानमन्त्रीले दिए राजीनामा
फ्रान्सका प्रधानमन्त्रीले दिए राजीनामा

— फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरले अविश्वासको प्रस्तावविरूद्ध संसद्मा‌ बहुमत पुष्टि गर्न नसकेपछि राजीनामा दिएका छन् । प्रधानमन्त्री बार्नियरले बिहीबार राष्ट्रपति इमानुएल म्याक्रोंसमक्ष राजीनामा दिएका हुन् ।



राष्ट्रपति म्याक्रोंले अर्को व्यवस्था नभएसम्म बार्नियरलाई कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्न आग्रह गरेका जनाइएको छ । प्रधानमन्त्री बार्नियरले संसदीय समर्थनबिना नै संविधानप्रदत्त विशेष अधिकार प्रयोग गर्दै ‘सामाजिक सुरक्षा वित्तीय योजना’ विधेयक पारित गर्न खोजेपछि विपक्षी चरम दक्षिणपन्थी दल नेसनल र्‍याली र वामपन्थी दल न्यु पपुलर फ्रन्टले अविश्वासको प्रस्ताव ल्याएका थिए ।


प्रस्तावउपर बुधबार संसद्को‌ तल्लो सदन राष्ट्रिय सभामा मतदान भएको थियो । ५ सय ७७ मध्ये ३ सय ३१ सांसद बार्नियरविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा उभिएका थिए । मतदानपछि सभामुख याएल ब्राउन-पिभेटले बार्नियरले राष्ट्रपतिसमक्ष राजीनामा बुझाउनुपर्ने बताउँदै संसदको सत्र बन्द भएको घोषणा गरेका थिए ।

फ्रान्सेली सञ्चारमाध्यमहरूका अनुसार राष्ट्रपति म्याक्रोंले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्न लागेका छन् । गत संसदीय चुनावमा सबैभन्दा बढी सिट जितेको वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्ट (एनएफपी) ले यसअघि नै बार्नियरलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपति म्याक्रोंको निर्णयको आलोचना गरेको थियो ।

एनएफपीसँगै चरम दक्षिणपन्थी दल नेसनल र्‍याली (आरएन) ले बार्नियरले ल्याएको बजेटलाई अस्वीकार्य भएको बताउँदै आएका छन् । आरएन नेता मारिन ले पेनले बजेट 'फ्रान्सका लागि विषाक्त' भएको बताएकी छन् ।

संसद्मा‌ मतदान हुनुअघि बार्नियरले आफूलाई पदबाट हटाउँदैमा देशको आर्थिक समस्या समाधान नहुने बताएका थिए । 'हामी सत्यता, जिम्मेवारीको क्षणमा पुगेका छौं,' उनले भनेका थिए, 'हामीले हाम्रो ऋणको वास्तविकता हेर्नु आवश्यक छ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...