मुख्य समाचार
फ्रान्सका प्रधानमन्त्रीले दिए राजीनामा
फ्रान्सका प्रधानमन्त्रीले दिए राजीनामा

— फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरले अविश्वासको प्रस्तावविरूद्ध संसद्मा‌ बहुमत पुष्टि गर्न नसकेपछि राजीनामा दिएका छन् । प्रधानमन्त्री बार्नियरले बिहीबार राष्ट्रपति इमानुएल म्याक्रोंसमक्ष राजीनामा दिएका हुन् ।



राष्ट्रपति म्याक्रोंले अर्को व्यवस्था नभएसम्म बार्नियरलाई कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्न आग्रह गरेका जनाइएको छ । प्रधानमन्त्री बार्नियरले संसदीय समर्थनबिना नै संविधानप्रदत्त विशेष अधिकार प्रयोग गर्दै ‘सामाजिक सुरक्षा वित्तीय योजना’ विधेयक पारित गर्न खोजेपछि विपक्षी चरम दक्षिणपन्थी दल नेसनल र्‍याली र वामपन्थी दल न्यु पपुलर फ्रन्टले अविश्वासको प्रस्ताव ल्याएका थिए ।


प्रस्तावउपर बुधबार संसद्को‌ तल्लो सदन राष्ट्रिय सभामा मतदान भएको थियो । ५ सय ७७ मध्ये ३ सय ३१ सांसद बार्नियरविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा उभिएका थिए । मतदानपछि सभामुख याएल ब्राउन-पिभेटले बार्नियरले राष्ट्रपतिसमक्ष राजीनामा बुझाउनुपर्ने बताउँदै संसदको सत्र बन्द भएको घोषणा गरेका थिए ।

फ्रान्सेली सञ्चारमाध्यमहरूका अनुसार राष्ट्रपति म्याक्रोंले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्न लागेका छन् । गत संसदीय चुनावमा सबैभन्दा बढी सिट जितेको वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्ट (एनएफपी) ले यसअघि नै बार्नियरलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपति म्याक्रोंको निर्णयको आलोचना गरेको थियो ।

एनएफपीसँगै चरम दक्षिणपन्थी दल नेसनल र्‍याली (आरएन) ले बार्नियरले ल्याएको बजेटलाई अस्वीकार्य भएको बताउँदै आएका छन् । आरएन नेता मारिन ले पेनले बजेट 'फ्रान्सका लागि विषाक्त' भएको बताएकी छन् ।

संसद्मा‌ मतदान हुनुअघि बार्नियरले आफूलाई पदबाट हटाउँदैमा देशको आर्थिक समस्या समाधान नहुने बताएका थिए । 'हामी सत्यता, जिम्मेवारीको क्षणमा पुगेका छौं,' उनले भनेका थिए, 'हामीले हाम्रो ऋणको वास्तविकता हेर्नु आवश्यक छ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम