मुख्य समाचार
कर्णाली याक्सले दोस्रो जित
कर्णाली याक्सले दोस्रो जित

: नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले दोस्रो जित हासिल गरेको छ। कर्णालीले विराटनगर किङ्सलाई ७ रनले पराजित गरेको हो। कर्णालीले जनकपुरसँग ८ विकेट र काठमाडौंसँग ३ विकेटको हार बेहोरेको कर्णालीले चितवनमाथि ६ विकेटको जित हाँसिल गरेको थियो।


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा १३३ रन बनाउँदै अलआउट भएको थियो। कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन बनाएको हो।

अन्तिम ओभरमा १५ रन चाँहिदा नन्दन यादवले जम्मा ७ रन दिँदै कर्णालीले अन्तिम समयमा जित निकालेको हो। विराटनगरका लागि कप्तान सन्दीप लामिछाने ६ र प्रतिश जिसी ७ रनमा अविजित रहे। विराटनगरका लागि निकोलस क्रिटोनले सर्वाधिक ४० रन बनाए। उनले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गरे।


विराटनगरले पावरप्लेमा विराटनगरले ३ विकेट गुमाउँदै ३६ रन बनाएको थियो। ओपनरद्वय लोकेश बम १९ र मार्टिन गप्टिल ४ रनमा आउट भए। अकिब इलियास ८ रनमा पेभेलियन फर्किए। विराटनगरले १० ओभरमा ४ विकेट गुमाउँदै ५३ रन बनाएको थियो।
पाँचौं विकेटको रुपमा वसिर अहमदको विकेट गयो। उनलाई ८ रनमा नै युनिस विक्रम ठकुरीले कट एण्ड बोल्ड गरे।

छैटौं विकेट विराटनगरले दिपक बोहोराको विकेट गयो। उनले निकोलस क्रिटोनसँग छैटौं विकेटका लागि ४४ रनको साझेदारी गरे।
सातौं विकेट निकोलस क्रिटोनको गयो। उनलाई नन्दन यादवले १७.४ ओभरमा बोल्ड आउट गरे।

कर्णालीका लागि नन्दन यादवले सर्वाधिक ३ विकेट लिए। विपिन शर्माले २ र विलियम बोसिस्टो युनिस विक्रम ठकुरी र सोमपाल कामीले समान १/१ विकेट लिए।
त्यसअघि, कर्णालीको लागि विलियम बोसिस्टोले सर्वाधिक ६६ रनको पारी खेले। उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका हुन्।

त्यस्तै, ओपनर देव खनालले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै क्याच आउट भए। ओपनर शिखर धवन ५, चाड्विक वाल्टन १, जिसन मक्सुद २ रन बनाए भने ४ खेलाडी डकआउट भए। अन्तिम ओभरमा ४ विकेट गुमायो। अन्तिम ओभरको ३ बलमा ३ विकेट जाँदा कर्णाली अलआउट भएको हो।
विराटनगरका लागि प्रतिश जिसीले सर्वाधिक ४ विकेट लिए। क्रिस सोल, वसिर अहमदले समान २/२ विकेट लिए। अकिव इलियासले १ विकेट लिए।
विराटनगरले पहिलो खेलमा जनकपुरसँग ८ विकेट, सुदूरपश्चिमसँग ९० रनले हार बेहोरेको थियो भने लुम्बिनी लायन्समाथि २ विकेटको जित निकालेको थियो।
आइतबार पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच हुनेछ। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स् र चितवन राइनोजबीच हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...