मुख्य समाचार
कर्णाली याक्सले दोस्रो जित
कर्णाली याक्सले दोस्रो जित

: नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले दोस्रो जित हासिल गरेको छ। कर्णालीले विराटनगर किङ्सलाई ७ रनले पराजित गरेको हो। कर्णालीले जनकपुरसँग ८ विकेट र काठमाडौंसँग ३ विकेटको हार बेहोरेको कर्णालीले चितवनमाथि ६ विकेटको जित हाँसिल गरेको थियो।


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा १३३ रन बनाउँदै अलआउट भएको थियो। कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन बनाएको हो।

अन्तिम ओभरमा १५ रन चाँहिदा नन्दन यादवले जम्मा ७ रन दिँदै कर्णालीले अन्तिम समयमा जित निकालेको हो। विराटनगरका लागि कप्तान सन्दीप लामिछाने ६ र प्रतिश जिसी ७ रनमा अविजित रहे। विराटनगरका लागि निकोलस क्रिटोनले सर्वाधिक ४० रन बनाए। उनले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गरे।


विराटनगरले पावरप्लेमा विराटनगरले ३ विकेट गुमाउँदै ३६ रन बनाएको थियो। ओपनरद्वय लोकेश बम १९ र मार्टिन गप्टिल ४ रनमा आउट भए। अकिब इलियास ८ रनमा पेभेलियन फर्किए। विराटनगरले १० ओभरमा ४ विकेट गुमाउँदै ५३ रन बनाएको थियो।
पाँचौं विकेटको रुपमा वसिर अहमदको विकेट गयो। उनलाई ८ रनमा नै युनिस विक्रम ठकुरीले कट एण्ड बोल्ड गरे।

छैटौं विकेट विराटनगरले दिपक बोहोराको विकेट गयो। उनले निकोलस क्रिटोनसँग छैटौं विकेटका लागि ४४ रनको साझेदारी गरे।
सातौं विकेट निकोलस क्रिटोनको गयो। उनलाई नन्दन यादवले १७.४ ओभरमा बोल्ड आउट गरे।

कर्णालीका लागि नन्दन यादवले सर्वाधिक ३ विकेट लिए। विपिन शर्माले २ र विलियम बोसिस्टो युनिस विक्रम ठकुरी र सोमपाल कामीले समान १/१ विकेट लिए।
त्यसअघि, कर्णालीको लागि विलियम बोसिस्टोले सर्वाधिक ६६ रनको पारी खेले। उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका हुन्।

त्यस्तै, ओपनर देव खनालले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै क्याच आउट भए। ओपनर शिखर धवन ५, चाड्विक वाल्टन १, जिसन मक्सुद २ रन बनाए भने ४ खेलाडी डकआउट भए। अन्तिम ओभरमा ४ विकेट गुमायो। अन्तिम ओभरको ३ बलमा ३ विकेट जाँदा कर्णाली अलआउट भएको हो।
विराटनगरका लागि प्रतिश जिसीले सर्वाधिक ४ विकेट लिए। क्रिस सोल, वसिर अहमदले समान २/२ विकेट लिए। अकिव इलियासले १ विकेट लिए।
विराटनगरले पहिलो खेलमा जनकपुरसँग ८ विकेट, सुदूरपश्चिमसँग ९० रनले हार बेहोरेको थियो भने लुम्बिनी लायन्समाथि २ विकेटको जित निकालेको थियो।
आइतबार पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच हुनेछ। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स् र चितवन राइनोजबीच हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...