मुख्य समाचार
गैरकानूनी हलविरुद्ध कार्वाही सुरु, सिरहाको बुद्ध सिनेमामा तालाबन्दी
गैरकानूनी हलविरुद्ध कार्वाही सुरु, सिरहाको बुद्ध सिनेमामा तालाबन्दी

। चलचित्र विकास शुल्क नतिरेको र लुकिछिपी चलाएको पाइएपछि सिराहस्थित बुद्ध चलचित्र मन्दिरमा स्थानीय प्रशासनले तालाबन्दी गरेको छ । चलचित्र विकास बोर्डसँगको समन्वयमा प्रशासनले ताला लगाएको हो ।

केही दिनअघि गैरकानूनी रुपले चलेका हललाई कार्वाही गर्न भन्दै चलचित्र विकास बोर्डले सिरहासहितका ८ वटा जिल्लाका प्रशासन र कर कार्यालयलाई पत्र लेखेको थियो ।

गैरकानूनी ढंगले चलेका मुलुकका अन्य ९ हललाई पनि केही दिनमा कानूनी कार्वाही गर्ने तयारी भैरहेको छ ।

यसका लागि बोर्डका १२ जना कर्मचारी देशब्यापी हल अनुगमनमा खटिएका छन् । बोर्ड अध्यक्ष डीसी स्वयम गण्डकी प्रदेशका हलको अनुगमनमा ब्यस्त छन् । बोर्डले यसैसाता प्रदर्शन नियम उल्लंघन गर्दै संचालन भैरहेका ११ हललाई कानूनी दायरामा ल्याउन आग्रह गर्दै केही जिल्ला प्रशासन र आन्तरिक राजस्व कार्यालयहरूलाई पत्र लेखेको थियो ।

मोरङ, रुपन्देही, मकवानपुर, सर्लाही, बारा, सिरहा, सुर्खेत र धनकुटास्थित जिल्ला प्रशासन कार्यालय र त्यहाँका राजस्व कार्यालयलाई पत्र लेखिएको थियो । सोही पत्रअनुसार बोर्डले ती जिल्लाका हलहरुलाई कार्वाही गर्न थालेको हो ।

ती जिल्लास्थित ११ हल लामो समयदेखि इजाजतपत्र नवीकरण नभैकन संचालन भएको, चलचित्र विकास शुल्क नतिरेको र कतिपयले प्रदर्शन इजाजत पनि नलिएको बोर्डले पठाएको पत्रमा उल्लेख छ ।

‘ती हलहरु हाम्रो आग्रहलाई अटेर गर्दै बसिरहेका छन्’ डीसीले भने, ‘कानूनी दायरामा आउन आनकानी गरे बिक्री गरेको टिकटभन्दा दोब्बर जरिवाना तिराउनेदेखि लिएर हलमा प्रदर्शन रोक्ने, इजाजतपत्र खारेज हुने र सम्बन्धित व्यक्तिको नामबाट जिन्दगीभर हल खोल्न नपाइने पनि हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...