मुख्य समाचार
अस्ट्रेलियाले देशमा आवश्यक जनशक्तिको आधारमा आगामी वर्षका लागि दक्ष व्यवसायको नयाँ सूची सार्वजनिक
अस्ट्रेलियाले देशमा आवश्यक जनशक्तिको आधारमा आगामी वर्षका लागि दक्ष व्यवसायको नयाँ सूची सार्वजनिक

— अस्ट्रेलियाले देशमा आवश्यक जनशक्तिको आधारमा आगामी वर्षका लागि दक्ष व्यवसायको नयाँ सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमा कुक, एकाउन्टेन्ट, सेफलगायतका धेरै दक्ष कामदारलाई सूचीमा अटाइएको छ ।



अस्ट्रेलियाले आफूलाई चाहिएको जनशक्तिका आधारमा हरेक वर्ष यो सूची सार्वजनिक गर्ने गरेको छ । सूचीमा रहेका व्यवसायमा दक्ष र अस्ट्रेलियाका अध्यागमन नियम तथा कानुनअनुसार योग्यता पुगेका व्यक्तिले अनसोर (स्वदेश) तथा अफसोर (विदेश) बाटैसमेत आवेदन दिन पाउने प्रावधान छ ।


सरकारले मंगलबार सार्वजनिक गरेको यस सूचीमा ४ सय ५६ कामलाई समावेश गरेको छ । सार्वजनिक नयाँ सूचीले अस्ट्रेलियाको रोजगार क्षेत्रमा देखिएको कामदार अभावलाई धेरै हदसम्म परिपूर्ति गर्ने जनाइएको छ । नयाँ सूचीमा आबद्ध कामदार सूचीले अस्ट्रेलियाको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरिएको छ ।

सार्वजनिक सूचीमा निर्माण, स्वास्थ्य तथा शिक्षा, इन्जिनियरका साथै सिकर्मीसमेतलाई समेटिएको छ । यस सूचीमा नेपालीले अध्ययन तथा दक्षता राख्ने विषयहरू नर्सिङ, इन्जिनियरिङ, कुक, सेफ, बेकरी, एकाउन्टिङलगायतका विभिन्न पेशालाई पनि समेटिएको छ । सूचीमा बाख्रापालक, सुँगुर पालक, फूल फूलाउने माली, कुखुरा कृषक, भिडियो निर्माता, टेलिभिजन, रेडियो तथा छापा पत्रकार, वेब डिजाइनर, शिक्षक, फामार्सिस्ट डेन्टिस्ट, चिकित्सकलगायतलाई समेटिएको छ । यस क्षेत्रका जानकारका अनुसार सरकारको अध्यागमन कानुनअनुसार योग्यता पुगेको खण्डमा नेपालबाटै समेत आवेदन दिन सकिन्छ ।

यो सूची यहाँको सरकारी निकायले कामदारका क्षेत्रमा काम गरिरहेका विज्ञसँगको छलफलपछि सार्वजनिक गर्ने गरेको छ । अस्ट्रेलियाका अध्यागमन मन्त्री टोनी बर्कले सरकार अहिले देखिएको दक्ष कामदार अभावलाई परिपूर्ति गर्न लागिपरेको बताएका छन् । बिजनेस काउन्सिल अफ अस्ट्रेलियाले सरकारले सार्वजनिक गरेको नयाँ सूचीले यहाँ देखिएको कामदार अभावलाई पूर्ति गर्न सहयोग गर्ने बताएको छ । अस्ट्रेलियास्थित कानुन व्यवसायी सञ्जीव पाण्डेले यो सूची हरेक वर्ष सार्वजनिक गर्ने गरेको र यस वर्षको सूचीमा पनि गत वर्षको तुलनामा खासै परिवर्तन नभएको बताए ।

यसैबीच अस्ट्रेलियाले मोबिलिटी अरेन्जमेन्ट फर ट्यालेन्टेड अर्ली प्रोफेसनल स्किम (मेट्स) कार्यक्रमअन्तर्गत भारतबाट वार्षिक ३ हजार कामदार भित्र्याउने भएको छ । अध्यागनमन विभागका अनुसार यस कार्यक्रमअन्तर्गत निश्चित क्षेत्रमा दक्ष भारतीय कामदारले अवसर पाउनेछन् ।

४०३भिसा सबक्लासअन्तर्गत दिइने यस भिसामा आउने कामदारले २ वर्षसम्म अस्ट्रेलियामा सम्बन्धित क्षेत्रमा काम गर्न पाउनेछन् । यस कार्यक्रम आउने योग्य भारतीय कामदारले दर्ता गरिसकेपछि यहाँस्थित सरकारले आधिकारिक रूपमा निमन्त्रणा गरेपछि मात्र भिसाको आवेदन दिन पाउनेछन् । यस कार्यक्रमअन्तर्गत नवीकरणीय ऊर्जा, माइनिङ, सूचना तथा सञ्चार, आर्टिफिसियल टेक्नोलोजी, इन्जिनियरिङलगायतका विषय समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम