मुख्य समाचार
जनकपुरको लगातार तेस्रो जित
जनकपुरको लगातार तेस्रो जित

: जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हात पारेको छ। टियु क्रिकेट मैदानमा बिहीबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो। यससँगै पोखरा दोस्रोपटक पराजित बन्न पुगेको छ।


पहिलो खेलमा विराटनगरलाई ८ विकेटले हराएको जनकपुरले दोस्रो खेलमा कर्णालीलाई पनि ८ विकेटले नै हराएको थियो। टियु क्रिकेट मैदानमा पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.१ ओभरमा १४३ रन बनाउँदै जित निकालेको हो।

जनकपुरका लागि लाहिरु मिलान्थाले सर्वाधिक ४५ रन बनाए। उनले ३२ बलमा ८ चौका सहित ४५ रन बनाए। उनले ओपनर आसिफ शेखसँग ७२ रनको अर्धशतकीय साझेदारी गरे। उनलाई माइकल लिस्कले ९.५ ओभरमा सागर ढकालको हातबाट क्याच आउट गराए।



पहिलो विकेटको रुपमा २.१ ओभरमा कप्तान अनिल शाह ३ बलमा १ रन बनाउँदै विपिन खत्रीको बलमा एलबीडब्ल्यु आउट भए। जनकपुरको लागि दोस्रो विकेटका रूपमा लाहिरु मिलान्थाको विकेट गयो। जनकपुरको तेस्रो विकेट आसिफ शेखको रूपमा गयो। उनले ३४ बलमा ३ चौकासहित ३३ रन बनाएर कुशल भुर्तेलको बलमा काउ कर्नरको बाउन्ड्रीमा विपिन खत्रीको हातमा क्याच भए।

जेम्स निशाम ४० र हर्ष थाकर १३ रनमा अविजित रहे। जेम्सले २० बलमा ५ छक्कासहित ४० रन बनाए भने हर्षरले १४ बलमा १ चौका सहित १३ रन बनाए। पोखराका लागि विपिन खत्री, कुशल भुर्तेल र माइकल लिस्कले समान १/१ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन बनाएको हो। पोखराका लागि माकर्स क्रिच्लेले सर्वाधिक ३५ रन बनाए।

त्यस्तै दिनेश खरेल १० रन, कुशल भुर्तेल, दिलिप नाथ ११ रन, माकर्स किच्ले ३५ रन, र्‍यामन रेफर १७ रन, माइकल लिस्क २५ रन बनाउँदा रनारायण जोशी ५ र विपिन खत्री १ रनमा अविजित रहे। जनकपुरका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए। जेम्स निसामले २ र किशोर र मोहम्मद मोसिनले १/१ विकेट लिए।

बिहीबारको दोस्रो खेल सुदूरपश्चिम रोयल्स र काठमाडौं गुर्खाजबीच हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...