मुख्य समाचार
लिभरपुलले न्युकासल युनाइटेडसँग ३–३ को बराबरीमा रोकिए
लिभरपुलले न्युकासल युनाइटेडसँग ३–३ को बराबरीमा रोकिए

— इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा लिभरपुलको अग्रता बुधबार सात अंकले छोटिएको छ । लिभरपुलले ९० औं मिनेटमा गोल खाएपछि न्युकासल युनाइटेडसँग ३–३ को सनसनीपूर्ण र रोमाञ्चक बराबरीमा रोकिएको हो ।



चेल्सी र आर्सनल शीर्ष स्थानबाट सात अंकको दूरीमा आएका हुन् । चेल्सीले १० खेलाडीमा सीमित साउथह्याम्पटनलाई ५–१ ले हरायो र गोल अन्तरले दोस्रो स्थानमा उक्लिन सफल रह्यो । आर्सनलले भने अर्को खेलमा म्यानचेस्टर युनाइटेडलाई २–० ले पराजित गर्‍यो ।


यस्तै सात खेलको जितहीन यात्रालाई टुंग्याउँदै म्यानचेस्टर सिटीले भने नटिङघम फरेस्टलाई ३–० ले हराउन सफल रह्यो । पेप ग्वार्डिओलाको सिटी २६ अंकमा चौथो स्थानमा छ । लिभरपुलको भने ३५ अंक भएको छ ।

लिभरपुलका लागि मोहमद सलाहले सेन्ट जेम्स पार्कमा दुई गोल गरे पनि त्यो जितका लागि पर्याप्त रहेन् । यससँगै लिभरपुलको सबै खाले प्रतियोगितामा सात खेलको जित यात्रा समाप्त भएको छ ।

व्यवस्थापकमा आर्ने स्टल आएयता लिभरपुल २१ खेल जित निकाल्न असफल रहेको यो तेस्रो पल्ट मात्रै हो । आर्सनलले भने युनाइटेडका नयाँ व्यवस्थापक रुबेन एमोरिमलाई हारको पहिलो स्वाद चखाए । अर्को खेलमा एभरटनले उल्भ्सलाई ५–० ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ । वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिरिएका हुन् । यसअघि क्यानले यूएई गएकै टोली छनोटका लागि ओमान प्रस्थान गरेको जनाएको थियो । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले ...
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...