मुख्य समाचार
सुदूरपश्चिम रोयल्सले दोस्रो जित
सुदूरपश्चिम रोयल्सले दोस्रो जित

: सुदूरपश्चिम रोयल्सले दोस्रो जित हात पारेको छ। टियु क्रिकेट मैदानमा सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले पराजित गरेको हो। नरेन साउदको उत्कृष्ट पाँच विकेटले काठमाडौंलाई १५.५ मा ९४ रनमा सीमित गरायो।


टियु क्रिकेट मैदानमा टस हारेको सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौंका लागि स्टेफन इस्किनाजीले सर्वाधिक ३७ रन बनाए। उनले ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरे।


काठमाडौंले पावरप्लेमा २ विकेट गुमाउँदै ३८ रन बनाएको हो। काठमाडौंले १० ओभरमा ४ विकेट गुमाउँदै ७१ रन बनाएको थियो। पहिलो विकेटका रूपमा काठमाडौंले काइकल लेभिटलाई ५ रनमै गुमायो। दोस्रो विकेटका रूपमा अर्का ओपनर शंकर रानालाई सैफ जैबले ३ रनमै बोल्ड गरे। तेस्रो विकेट भिम सार्की १० रनमा रन आउट भए।
चौथो विकेट गेरहार्ड इरास्मस १० रनमा नरेन साउदको बलमा एलबीडब्लु आउट भए। पाँचौं विकेट सुमित महर्जनको गयो। उनले १० बलमा २ चौकासहित १४ रन बनाए। छैटौं विकेटका रुपमा स्टेफन इस्किनाजीको विकेट गयो। सातौं विकेट रासिद खानको विकेट गयो। उनी २ रनमै नरेन साउदको बलमा रोहन मुस्तफाबाट क्याच भए।

आठौं विकेट प्रतिक श्रेष्ठको रह्यो। नवौं विकेट कप्तान करण केसीको रह्यो। उनी १ रनमै नरेनको बलमा ब्रान्डनको हातमा क्याच भए। अन्तिम विकेट साहब आलमको पनि नरेनले नै लिँदै आफ्नो ५ विकेट पूरा गरे। सुदूरपश्चिमका लागि नरेन साउदले सर्वाधिक ५ विकेट लिए। अभिनास बोहोराले २ विकेट लिए। ब्रान्डन म्याकमुलेन, सैफ जैब र ले समान १/१ विकेट लिए। यसअघि सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको थियो।

त्यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको थियो। सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले अर्धशसतकीय पारी खेले। उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै दीपेन्द्र सिंह ऐरीले ४३, विनोद भण्डारीले ३५ र सैफ जेबले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। काठमाडौंका लागि रसिद खानले २ र करण केसी, साहब आलम र गेहार्ड इरासमले एक-एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...