मुख्य समाचार
रियल म्याड्रिड ला लिगामा एथलेटिको बिलबाओसँग २–१ ले पराजित
रियल म्याड्रिड ला लिगामा एथलेटिको बिलबाओसँग २–१ ले पराजित

— रियल म्याड्रिड प्रशिक्षक कार्लो एन्सेलोटीले स्टार खेलाडी केयलिन एमबापे एक अर्को पेनाल्टीमा चुकेकोमा निराश रहेको बताएका छन् । त्यही खराब प्रदर्शनका कारण डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड बुधबार स्पेनी ला लिगामा एथलेटिको बिलबाओसँग २–१ ले पराजित भएको छ ।



एमबापे युरोपेली च्याम्पियन्स लिगमा पनि लिभरपुलविरुद्ध पेनाल्टीमा गोल गर्न असफल रहेका थिए । घरेलु लिगको यो हारले भने बार्सिलोनाको शीर्ष स्थानमा चार अंकको अग्रता कायम रह्यो । बार्सिलोनाको १६ खेलबाट ३७ अंक छ । रियलको भने १५ खेलबाट ३३ अंक छ ।


एलेजान्ड्रो बेरेनगरले बिलबाओलाई सुरुआती अग्रता दिलाएयता एमबापे पेनाल्टीमा असफल रहे । त्यसपछि रियलका लागि जुड बेलिङघमले गोल गरे । बिलबाओका लागि सब्टिच्युट खेलाडी गोर्का गुरुजेटाले ८० औं मिनेटमा विजयी गोल गरे ।

हार र पेनाल्टीको असफलतापछि एमबापेमाथि थप दबाब सिर्जना भएको छ । खेलपछि प्रशिक्षक एन्सेलोटीले भने, ‘एमबापे स्वभाविक रूपमा दुःखी र निराश छन् । तर उनले आफ्नो खेलमा सुधार गर्नु बाहेक अर्को विकल्प छैन् ।’

रियल आएयता सबै खाले प्रतियोगितामा सुरुआती २० खेलमा १० गोल गरेका एमबापे त्यसपछि भने लयमा फर्कन संघर्षरत छन् । एन्सलोटीको भनेका छन्, ‘उनी अहिले आफ्नो स्वभाविक लयमा छैनन् । तर उनी उत्कृष्ट प्रदर्शन गर्न सक्षम खेलाडी हुन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...