मुख्य समाचार
लुम्बिनीमाथि विराटनगरको रोमाञ्चक विजय
लुम्बिनीमाथि विराटनगरको रोमाञ्चक विजय

— विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो विजय हात पारेको छ । विराटनगरले बुधबार रोमाञ्चक खेलमा लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्‍यो । पहिलो दुई खेल हारेको विराटनगरले तेस्रो खेलमा आएर पहिलो विजय निकालेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ९१ रन बनाएको थियो । लोकेश बमले ४७ बलमा ७१ रन बनाएपछि विराटनगरले १ बल अगाडि लक्ष्य पूरा गर्‍यो ।

लुम्बिनीले जारी प्रतियोगितामा सर्वाधिक स्कोर बनाएको थियो । विराटनगरले १९.५ ओभरमा १ सय ९३ रन बनाएको हो । विराटनगरलाई अन्तिम ओभरमा जितका लागि १६ रनको आवश्यकता थियो । विवेक यादवले पहिलो दुई बल वाइड फाल्न पुगेका थिए । तेस्रो बलमा उनले विराटनगरका कप्तान सन्दीप लामिछानेलाई आउट गरे ।

त्यसपछि आएका क्रिस सोलले पहिलो बलमा कुनै रन प्रहार गर्न सकेनन् । तर आफूले सामना गरेको दोस्रो बलमा छक्का प्रहार गरेका उनले अर्को दुई लगातार बलमा चौका प्रहार गरी विराटनगरलाई विजय दिलाए । सोलले ३ बलमा अविजित १६ रन बनाए । विवेक निकै खर्चालु भए । उनले ३.५ ओभरमा ६४ रन खर्चन पुगे ।

प्लेयर अफ द म्याच लोकेशले ३ चौका र ६ छक्का प्रहार गरे । रामोन सिमोन्ड्सले पहिलो ओभरमै इस्मातुल्लाह आलमलाई आउट गरी लुम्बिनीलाई राम्रो सुरुआत दिलाएका थिए । अर्का ओपनर मार्टिन गप्टिलले १७ बल खेलि ६ चौकासहित २८ रन बनाए ।

राजेश पुलामी ४ रन र निकोलस कृतन पहिलो बलमै आउट भए पनि लोकेशले बसिर अहमदसँग पाँचौं विकेटमा ४० बलमा ७७ रन जोडेका थिए । बसिरले २३ बल खेलि ४ चौकासहित ४० रन बनाए । प्रतिस जिसी ३ बलमा ६ रनमा आउट भए पनि दीपक बोहराले ८ बलमा अविजित ९ रन बनाए ।

लुम्बिनीबाट दुर्गेश गुप्ताले ३ विकेट लिए । उनले ४ ओभरमा २१ रनमात्र खर्चेका थिए । सिमोन्ड्सले ४ ओभरमा ३३ र साद बिन जाफरले ४ ओभरमा ३५ रन खर्चेर २–२ विकेट लिए ।

यस्तै पहिलो इनिङ्समा कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाएका थिए । उनले २९ बल खेली ४ चौका र २ छक्का प्रहार गरे । ओपनरद्वय आशुतोष घिरोहिया १३ बलमा २ चौका र १ छक्का प्रहार गरि १५ रन बनाई रन आउट भए भने १९ बलमा ३ चौकासहित १७ रन बनाएका अर्जुन साउदलाई आलमले बोल्ड गरे ।

रोहितले टम मुर्ससँग तेस्रो विकेटमा ३३ बलमा ६७ रनको साझेदारी गरे । अनिल खरेलको बलमा लगातार तीन छक्का प्रहार गरेका मुर्स १७ बलमा ३० रन बनाई रनआउट भए । लुम्बिनीका चार ब्याटर रन आउट भएका थिए । त्यसमा सन्दीप जोरा १२ र बेन कटिङ ६ रनमा थिए ।

जाफरले १३ बलमा १ छक्कासहित १५ रन बनाए । अन्तिम ओभरको पहिलो दुई बलमा बसिरलाई लगातार छक्का प्रहार गरेका विवेकले ७ बलमा कुल ३ छक्कासहित १९ रन बनाई अविजित रहे । सिमोन्ड्स २ रनमा अविजित रहे । विराटनगरबाट आलम, पुलामी र सन्दीपले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...