मुख्य समाचार
विराटनगरलाई ९० रनले पराजित गर्दै सुदूरपश्चिमको सानदार सुरुआत
विराटनगरलाई ९० रनले पराजित गर्दै सुदूरपश्चिमको सानदार सुरुआत

। सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध सानदार जीत निकाल्दै नेपाल प्रिमियर लिग (एनपीएल)मा उत्कृष्ट सुरुआत गरेको छ ।

सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर किंग्सले ९२ मात्रै बनायो । विराटनगरका बसिर अहमदले २४, निकोलस किर्टोनले १५ र क्रिस सोलेले १० रन बनाए । अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।




यो विराटनगरको लगातार दोस्रो हार हो । यसअघि जनकपुर बोल्टसँग ८ विकेटले पराजित भएको थियो ।

आक्रामक ब्याटिङ गरेको सुदूरपश्चिमले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दा विराटनगर निरिह बन्यो । विराटनगरविरुद्ध फराकिलो जीत निकाल्ने क्रममा अविनाश बोहोरा र स्कटले तीन/तीन विकेट लिए । ब्रान्डन, इशान पाण्डे र सैफ जैबले एक/एक विकेट लिए ।



यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले कप्तान दीपेन्द्र सिंह ऐरीको आक्रमक ब्याटिङमा १८२ रन बनाएको थियो ।

कप्तान ऐरीले अन्तिम दुई बलमा लगातार छक्का प्रहार गर्दै सानदार फिनिसिङ गरे । उनले १९.५ ओभरमा प्रतिश जिसीलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । अन्तिम बलमा पनि छक्का हानेपछि दीपेन्द्रले २४ बलमा अविजित ५७ रन बनाए । उनले ३ चौका र ५ छक्का प्रहार गरे । उनले बाउन्ड्रीबाट ४२ रन जोडेका थिए ।

सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो । कप्तान दीपेन्द्रसिंह ऐरीले ५७, ब्रान्डनले ३६, बिनोद भण्डारीले २३, इशान पाण्डेले २१, सैफ जैबले १४, स्कटले १० रन बनाए ।

विराटनगरका अनिल खरेलले तीन, क्रिस सोले, इस्मत अलाम र बसिर अहमेदले एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...