मुख्य समाचार
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान रोकियो
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान रोकियो

: भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान रोकिएको छ । एयरवेजले भैरहवा विमानस्थलबाट कार्तिक २७ गतेदेखि मंसिर १५ गतेसम्म उडान अनुमति लिएको थियो । त्यसपछि उसले अनुमति नलिदा उडान रोकिन पुगेको हो ।


एयरवेजले गत कार्तिक २७ गते देखि वाइडबडी विमान एयरबस ३३० बाट दैनिक दोहा भैरहवा काठमाडौं दोहा रुटमा व्यवसायिक उडान सुरु गरेको थियो ।

कतार एयरवेजले मंसिर १५ गतेसम्म मात्र उडान अनुमति लिएकोले भैरहवाबाट एयरवेजको उडानको रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।



उनले भैरहवाबाट मंसिर १५ पछि पनि उडानका लागि प्रस्ताव पेश गर्न इमेलमार्फत पत्राचार गरिएकोमा एयरवेजले भैरहवाबाट उडानका लागि उच्चस्तरमा कुराकानी गरेर निर्णय गर्ने जवाफ पठाएको बताए ।

‘कतार एयरवेजले अनुमति लिदा ०८१ चैत १६ गतेसम्म अनुमति लिनुपर्ने हो तर, कार्तिक २७ गते देखि मंसिर १५ गतेसम्ममात्र अनुमति लिएको थियो’,उनले भने,‘उक्त समयावधीको अनुमति लिदा एयरवेजले पछि अवस्था हेरेर समय थप गर्ने भनेको थियो । तर, अहिलेसम्म थप अनुमतिको लागि प्रस्ताव गरेको छैन ।’

उनले आफूहरूले भैरहवाबाट उडानका लागि कतार एयरवेजसँग समन्वय गरिरहेको र उडानको अपेक्षा लिइएको बताए ।

हाल भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्स,जजिरा एयरवेज,फ्लाई दुबई र थाई एयर एशियाले नियमित उडान गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कतार एयरवेजले काठमाडौं भन्दा भैरहवादेखि दोहा (कतार) को हवाई भाडा निकै मंगहो गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सेयर अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका–२०८२ पारित नहुँदा करिब ३६ कम्पनीका संस्थापक सेयर सूचीकृत हुन सकेका छैनन्। २०८१ माघमा ओम मेगाश्री फर्मास्युटिकल्सलगायत कम्पनीले आईपीओ निष्कासन अनुमति पाएका थिए। तर, यी कम्पनीहरूको संस्थापक सेयर सूचीकृत हुन सकेका हुन्। यसमा जलविद्युत् क्षेत्रका मात्रै करिब २४ आयोजनाका करिब १ अर्ब ८० करोड कित्ता संस्थापक सेयर सूचीकृतको पर्खाइमा छन्। आईजीन विवादले ...
। नेपाल र श्रीलंकाबीच क्रस–बोर्डर मोबाइल भुक्तानी सेवा सुरु भएको छ । अन्तरदेशीय डिजिटल भुक्तानी कारोबारलाई थप सरल र सुरक्षित गर्ने उद्देश्यले श्रीलंकाको लंकापे र नेपालको नेपाल क्लियरिङ हाउसले क्रस–बोर्डर क्यूआर भुक्तानीको थालनी गरेका हुन् । श्रीलंकाको कोलाम्बोमा आयोजित एक विशेष कार्यक्रममा क्रस–बोर्डर भुक्तानी सुरुवातको घोषणा गरिएको छ। उक्त व्यवस्थापछि श्रीलंका भ्रमण गर्ने नेपाली यात्रुले कनेक्ट ...
। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम मार्फत स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न महत्त्वाकांक्षी घोषणाहरू गरेको छ । व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्मका सबै काम ३० दिनभित्र सम्पन्न गर्ने ‘लगानी एक्सप्रेस’ लागु गर्ने, विदेशी लगानीमा ‘स्वचालित मार्ग’ विस्तार गर्ने र ठूला लगानीकर्तालाई ‘नेपाल लगानी भिसा’ उपलब्ध गराउने सरकारको घोषणा छ । मुलुकको अर्थतन्त्रलाई गति ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीतिमा र लगानी प्रवद्र्धनमा सरकारले विशेष ध्यान दिएको बताएका छन् । सिंहदरवारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री वाग्लले मुलुकका अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीतिमा र लगानी प्रवद्र्धनमा सरकारले विशेष ध्यान दिएको बताएका हुन् । केहि बर्षमा नेपालीको प्रतिव्यक्ति आय ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अहिले बजेट तयारीको काम भइरहेका बेला सांसदहरुको अनौपचारिक रुपमा भेटघाट बाक्लो भइरहेको बताएका छन् । संघीय संसद अन्तर्गतको आज बसेको अर्थ समितिको वैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले अहिले बजेट तयारीको काम भइरहेको हुँदा पनि धेरै सांसदहरुले नीतिगतभन्दा पनि बजेटकै विषयलाई लिएर आइरहेको बताएका छन् । उनले सांसदहरुले बजेटको विषयलाई चासो दिएर ...