मुख्य समाचार
चितवनको दोस्रो जित, पोखरा ८७ रनले पराजित
चितवनको दोस्रो जित, पोखरा ८७ रनले पराजित

: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको छ। यससँगै चितवनले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ। पहिलो खेलमा चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको थियो ।


१६२ रनको विजयी लक्ष्य पछ्याएको पोखराको पहिलो ओभरमै चितवनका सोहिल तान्भिरले पहिलो ओभरमै विकेट लिए। यो क्रम निरन्तर जारी रह्यो। जसका कारण पोखरा १३.२ ओभरमा ७४ रनमा अलआउट भयो।

पोखराका लागि नवौं ब्याटर नारयण जोशीले सर्वाधिक ३० रन बनाए। उनले ३ चौका र २ छक्का प्रहार गरे। त्यसअघि कुनै पनि ब्याटरले राम्रो नगर्दा जोशीले भने पोखराको स्कोर केही उकासे।



चितवनले दिएको १६२ को लक्ष्य पछ्याएको पोखराले पहिलो ओभरमा कुशल भुर्तेल, दिलिप नाथ र बास डे लिडेलाई गुमायो। यो तीनै विकेट चितवनका सोहिल तान्भिरले आउट गरेका हुन्। पावरप्लेमा पोखराले ६ विकेट गुमाएर १६ रन बनाएको थियो। १० ओभर पोखरा ७ विकेट गुमाएर ४५ रन बनाएको थियो।

११औं ओभरको दोस्रो बलमा पुन मार्कस क्रिच्लेलाई लुक बेन्केन्स्टाइनले आउट गरे। त्यसपछि पनि लगातार विकेट गुमाउँदा ७ रन बनाउँदा ६ विकेट गुमाएको पोखराका लागि मार्कस क्रिच्लीले १७ रन बनाए। विपिन खत्री ९ रनमा अन्तिम विकेटको रूपमा बोल्ड भए। पोखरालाई सस्तैमा समेट्न चितवनका लागि सोहेल तन्भिर, रिजन ढकाल र लुक बेन्केन्स्टाइनले समान ३/३ विकेट लिए भने दिपक बोहोराले १ विकेट लिए।

त्यसअघि, कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभर ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। पावरप्लेमा चितवनले ३ विकेट गुमाउँदै ५० रन बनाएको थियो। त्यसपछि चितवनको स्कोर उकास्न चौथो विकेटका लागि कप्तान कुशल मल्ल र रवि बोपाराले ६८ रनको साझेदारी गरेका थिए। व्याक्तिगततर्फ चितवनका लागि रवि बोपाराले ५१ रन बनाए।

पहिलो ओभरको पाँचौं बलमा विपिन खत्रीले दिपक बोहोरालाई २ रनमाबोल्ड गरे। दोस्रो विकेटको रुपमा हसन इसाखिल १० बलमा १ चौका र १ छक्का सहित १४ रन बनाए। विपिनले उनलाई कुशल भुर्तेलको हातमा क्याच गराए। तेस्रो विकेटको रुपमा लुक बेन्केन्स्टाइन १३ बलमा १ चौका र २ छक्का प्रहार गरी १६ रनमा बस डी लिडेको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए।

रवि बोपाराले १५.३ ओभरमा ३६ बलमा समान ३ चौका र ३ छक्कासहित ५० रन पूरा गरेका हुन्। सोही ओभरको अन्तिम बलमा ठुलो सट खेल्ने धुनमा उनी क्रिच्लेको हातबाट क्याच आउट भए। १६.२ ओभरमा बास डी लेडेले सोहिल तान्भिरलाई डक आउट गरे। सातौं विकेट सन्तोष कार्कीको गयो । उनी १३ बलमा ११ रन बनाएर रेफरको बलमा विपिन कार्कीको हातमा क्याच भए। पोखराका लागि बास डी लेडे, रेमोन रेफर र विपिन खत्रीले समान २/२ विकेट लिए। सागर ढकालले १ विकेट लिए।

आजको पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किङ्ग्सलाई ९० रनले हराएको हो। बुधबार पहिलो खेलमा कर्णाली याक्स र काठमाडौं गुर्खाजको हुनेछ। दोस्रो खेलमा विराटनगर किङ्ग्स र लुम्बिनी लायन्सबीच हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...