मुख्य समाचार
चितवनको दोस्रो जित, पोखरा ८७ रनले पराजित
चितवनको दोस्रो जित, पोखरा ८७ रनले पराजित

: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको छ। यससँगै चितवनले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ। पहिलो खेलमा चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको थियो ।


१६२ रनको विजयी लक्ष्य पछ्याएको पोखराको पहिलो ओभरमै चितवनका सोहिल तान्भिरले पहिलो ओभरमै विकेट लिए। यो क्रम निरन्तर जारी रह्यो। जसका कारण पोखरा १३.२ ओभरमा ७४ रनमा अलआउट भयो।

पोखराका लागि नवौं ब्याटर नारयण जोशीले सर्वाधिक ३० रन बनाए। उनले ३ चौका र २ छक्का प्रहार गरे। त्यसअघि कुनै पनि ब्याटरले राम्रो नगर्दा जोशीले भने पोखराको स्कोर केही उकासे।



चितवनले दिएको १६२ को लक्ष्य पछ्याएको पोखराले पहिलो ओभरमा कुशल भुर्तेल, दिलिप नाथ र बास डे लिडेलाई गुमायो। यो तीनै विकेट चितवनका सोहिल तान्भिरले आउट गरेका हुन्। पावरप्लेमा पोखराले ६ विकेट गुमाएर १६ रन बनाएको थियो। १० ओभर पोखरा ७ विकेट गुमाएर ४५ रन बनाएको थियो।

११औं ओभरको दोस्रो बलमा पुन मार्कस क्रिच्लेलाई लुक बेन्केन्स्टाइनले आउट गरे। त्यसपछि पनि लगातार विकेट गुमाउँदा ७ रन बनाउँदा ६ विकेट गुमाएको पोखराका लागि मार्कस क्रिच्लीले १७ रन बनाए। विपिन खत्री ९ रनमा अन्तिम विकेटको रूपमा बोल्ड भए। पोखरालाई सस्तैमा समेट्न चितवनका लागि सोहेल तन्भिर, रिजन ढकाल र लुक बेन्केन्स्टाइनले समान ३/३ विकेट लिए भने दिपक बोहोराले १ विकेट लिए।

त्यसअघि, कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभर ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। पावरप्लेमा चितवनले ३ विकेट गुमाउँदै ५० रन बनाएको थियो। त्यसपछि चितवनको स्कोर उकास्न चौथो विकेटका लागि कप्तान कुशल मल्ल र रवि बोपाराले ६८ रनको साझेदारी गरेका थिए। व्याक्तिगततर्फ चितवनका लागि रवि बोपाराले ५१ रन बनाए।

पहिलो ओभरको पाँचौं बलमा विपिन खत्रीले दिपक बोहोरालाई २ रनमाबोल्ड गरे। दोस्रो विकेटको रुपमा हसन इसाखिल १० बलमा १ चौका र १ छक्का सहित १४ रन बनाए। विपिनले उनलाई कुशल भुर्तेलको हातमा क्याच गराए। तेस्रो विकेटको रुपमा लुक बेन्केन्स्टाइन १३ बलमा १ चौका र २ छक्का प्रहार गरी १६ रनमा बस डी लिडेको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए।

रवि बोपाराले १५.३ ओभरमा ३६ बलमा समान ३ चौका र ३ छक्कासहित ५० रन पूरा गरेका हुन्। सोही ओभरको अन्तिम बलमा ठुलो सट खेल्ने धुनमा उनी क्रिच्लेको हातबाट क्याच आउट भए। १६.२ ओभरमा बास डी लेडेले सोहिल तान्भिरलाई डक आउट गरे। सातौं विकेट सन्तोष कार्कीको गयो । उनी १३ बलमा ११ रन बनाएर रेफरको बलमा विपिन कार्कीको हातमा क्याच भए। पोखराका लागि बास डी लेडे, रेमोन रेफर र विपिन खत्रीले समान २/२ विकेट लिए। सागर ढकालले १ विकेट लिए।

आजको पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किङ्ग्सलाई ९० रनले हराएको हो। बुधबार पहिलो खेलमा कर्णाली याक्स र काठमाडौं गुर्खाजको हुनेछ। दोस्रो खेलमा विराटनगर किङ्ग्स र लुम्बिनी लायन्सबीच हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...