मुख्य समाचार
एटलान्टाले इटालीको सिरी ए मा एएस रोमालाई २–० ले पराजित
एटलान्टाले इटालीको सिरी ए मा एएस रोमालाई २–० ले पराजित

— एटलान्टाले इटालीको सिरी ए मा एएस रोमालाई २–० ले पराजित गरेको छ र यससँग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । यो जितपछि राम्रो लयमा रहेको एटलान्टाको १४ खेलबाट ३१ अंक भएको छ । यो शीर्षमा रहेको नेपोलीसँग एकै अंकको दूरी मात्र हो ।




नेपोलीको ३२ अंक छ । रोमा भने खराब लयबाट गुज्रिरहेको छ र १३ अंकमा १५ औं स्थानमा छ । यो रेलिगेसनबाट दुई अंकको दूरी मात्रै हो । यस खेलसँगै क्लबको प्रशिक्षक क्लाउडियो रेनेरी फर्केका छन् । तर उनको नेतृत्वको पहिलो खेलमै रोमा घरमै पराजित रह्यो ।

मार्टिन डे रुनले ६९ औं मिनेटमा गरेको गोलको मद्दतले एटलान्टाले अग्रता लिएको थियो भने निकोला जानिओलोले ८९ औं मिनेटमा दोस्रो गोल थपे । सबै खाले प्रतियोगितामा गरेर एटलान्टाको यो लगातार आठौं जित हो ।

गत सिजन युरोपा लिग जितेर ऐतिहासिक प्रदर्शन गरेको एटलान्टाले अहिलेसम्म लिग उपाधि भने जित्न सकेको छैन् । खेलपछि गोलकर्ता रुनले भने, ‘आजको खेल सजिलो रहेन् । खासमा गाह्रो नै रह्यो । तर जितसँगै तीन अंक बहुमूल्य रह्यो ।’

यसैबीच स्पेनको ला लिगामा सेभिया र ओसासुनाले १–१ को बराबरी खेलेका छन् । ओसासुनाले एनटे बुडिमिरको गोलले ६९ औं मिनेटमा अग्रता लिएयता डोडि लुकेबाकिओले ७२ औं मिनेटमै बराबरी गोल फर्काए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...