मुख्य समाचार
अमेरिकी राष्ट्रपति बाइडेनले दिए छोरालाई आममाफी
अमेरिकी राष्ट्रपति बाइडेनले दिए छोरालाई आममाफी

— अमेरिकी राष्ट्रपति जो बाइडेनले दुईवटा फौजदारी मुद्दामा सजाय खेपिरहेका आफ्ना छोरा हन्टरलाई औपचारिक माफी दिएका छन् । बाइडेनले एक विज्ञप्ति जारी गर्दै आफ्ना छोरालाई एक्ल्याइएको दाबी गरेका छन् ।



राष्ट्रपति बाइडेनले आफ्ना छोरा हन्टरविरुद्धका मुद्दालाई उनले 'न्यायको पतन' को संज्ञा दिएका छन् । जसका कारण आफूले माफी दिनुपर्ने अवस्था उत्पन्न भएको बाइडेनको दाबी छ ।


'मैले राष्ट्रपति कार्यालय सम्हालेको दिनदेखि नै न्याय मन्त्रालयको निर्णय प्रक्रियामा कुनै दखल पुर्‍याउँदिनँ भनेको थिएँ र मेरो छोराको अलग्गै रूपमा र अनुचित रूपमा अभियोजन भइरहँदासमेत मैले आफ्नो वचन कायम राखेँ,' उनले भनेका छन् ।

बाइडेनले यसअघि आफ्नो छोरालाई माफी नदिने वा उनको सजाय पनि कम नगर्ने बताएका थिए । तर आफ्नो कार्यकालको अन्तिममा उनले छोरालाई पूर्ण र निसर्त क्षमादान जारी गरेका हुन् ।

गत सेप्टेम्बरमा ह्वाइटहाउसका प्रेस सेक्रेटरीले राष्ट्रपति बाइडेनले आफ्ना छोरालाई क्षमादान नदिने जनाएका थिए । आइतबार बाइडेनले राजनीतिले न्याय प्रणालीलाई संक्रमित पारेको र त्यसले न्यायको गर्भपात गराएको दाबी गरेका हुन् ।


'अब यसलाई थप ढिलो गर्नुको कुनै अर्थ नभएकाले यो निर्णय गरेको हुँ,' बाइडेनले भनेका छन्, 'एक बुवा र एक राष्ट्रपतिले यो निर्णय किन गरे भन्ने अमेरिकीहरूले बुझ्छन् भन्ने मलाई विश्वास छ ।'

हन्टर बाइडेन गत सेप्टेम्बरमा कर मामिलामा दोषी ठहर भएका थिए । त्यसको सजाय तोक्न भने बाँकी रहेको थियो । उक्त मुद्दामा उनलाई १७ वर्ष सम्मको जेल सजाय हुन सक्ने बताइएको थियो ।


त्यस्तै, उनी गत जून महिनामा गैरकानुनी रूपमा बन्दुक किनेको र आफूले लागूऔषध प्रयोग गरेको विषयमा झुटो बोलेकोमा दोषी ठहर भएका थिए । हन्टर कुनै पनि अपराधमा दोषी ठहर भएका बहालवाला राष्ट्रपतिको पहिलो सन्तान हुन् । यसमा उनलाई २५ वर्षसम्मको सजाय हुन सक्ने बताइएको थियो । ती मुद्दाको सजाय तोक्ने दिन डिसेम्बर १२ र १६ का लागि तय गरिएको थियो ।

अमेरिकाको राष्ट्रपतिको पदभार आगामी जनवरी २० देखि डोनाल्ड ट्रम्पले सम्हाल्दैछन् । त्यसअघिसम्म बाइडेन पदमा रहनेछन् । आफैसमेत दोषी ठहर डोनाल्ड ट्रम्पले हन्टरलाई दिइएको क्षमादान 'न्यायको दुरूपयोग र पतन' भएको प्रतिक्रया दिएका छन् ।

हन्टरले दुर्व्यसनीका आफ्ना अँध्यारा दिनमा आफूले गरेको गल्तीलाई राजनीतिक खेलमा आफ्नो परिवारलाई 'सार्वजनिक रूपमा शोषण र अपमानित गर्न प्रयोग गरिएको' दाबी गरेका छन् । 'मलाई आज दिइएको क्षमादानलाई मैले कहिल्यै हलुका रूपमा लिनेछैन । मैले मेरो जीवन बिरामी र पीडामा रहेकालाई सहयोगमा समर्पित गर्नेछु,' ५४ वर्षीय हन्टरले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...