मुख्य समाचार
चिसो बढेसँगै सिजनल इन्फ्लुएन्जा अर्थात् फ्लु (मौसमी रुघाखोकी ) पनि फैलन थाले
चिसो बढेसँगै सिजनल इन्फ्लुएन्जा अर्थात् फ्लु (मौसमी रुघाखोकी ) पनि फैलन थाले

: मनसुन बाहिरिएको एक महिनापछि मुलुकको मौसमी अवस्थामा फेरबदल आएको छ। अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रमले काठमाडौंलगायत मुलुकभर चिसो बढेको छ। चिसो बढेसँगै सिजनल इन्फ्लुएन्जा अर्थात् फ्लु (मौसमी रुघाखोकी ) पनि फैलन थालेको छ।


जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार, काठमाडौंसहित मुलुकभरको तापक्रम घट्दै गएकोले चिसो बढेको हो। एकसाता अघिदेखि अधिकतम र न्यूनतम तापक्रम घट्दै गएको पाइएको छ। विभागका मौसमविद् रोजन लामिछाने भन्छन्, ‘काठमाडौं उपत्यकामा अधिकतम र न्यूनतम तापक्रम हल्का घट्दै गएको छ। एक सातादेखि चिसो बढ्दो छ।’ चिसोका कारण न्यानो लुगाकपडा, हिटरको माग बढेको व्यवसायीहरू बताउँछन्।

गत असोजको अन्तिम साता यस वर्षको मनसुन नेपालबाट बाहिरिएको हो। मनसुन बाहिरिएको एक महिनापछि मुलुकभर अधिकतम र न्यूनतम तापक्रम घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। एक सातादेखि काठमाडौं उपत्यकावासीले चिसो महसुस गरेका छन्। विभागका अनुसार, एक साताअघि अर्थात् मंसिर ८ गते काठमाडौंको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस थियो। न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्यियस थियो। त्यस्तै, शुक्रबार काठमाडौंको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसम झर्‍यो। न्यूनतम तापक्रम ७ देखि ९ डिग्री सेल्सियस ओर्लियो। आइतबार अधिकतम तापक्रममा कुनै फेरबदल नभए पनि न्यूनतम तापक्रम ६ देखि ८ डिग्री सेल्सियसमा झर्‍यो। एक सातामै न्यूनतम तापक्रम एक डिग्री सेल्सियस घटेको पाइएको छ। मौसमविद् लामिछाने भन्छन्, ‘अधिकतम र न्यूनतम तापक्रम एक डिग्री सेल्सियसका हिसाबमा घट्दा चिसो महसुस भएको छ।’



अक्टोबर र नोभेम्बरलाई पोस्ट मनसुन अवधिको रूपमा लिइन्छ। पोखरा, दिपायललगायतका कतिपय स्थानमा बिहान कुहिरो लाग्न थालेको छ। त्यस्तै नेपालगन्ज, भैरहवा, सिमरा, धनगढी, विराटनगर, जनकपुरमा पनि बिहानपख हुस्सु लागेको छ। अधिकतम र न्यूनतम तापक्रम देशको हिमाली भूभागमा हल्का घट्ने र पहाडी तथा तराईका भूभागमा मंसिरको पहिलो सातादेखि हलुका घटेको छ। रातिको समयमा जुम्ला, जोमसोमको न्यूनतम तापक्रम माइनसमा झर्ने गरेको छ। विभागका सूचना अधिकारी कायस्थका अनुसार, न्यूनतम घट्नु भनेको चिसो बढ्दै जानु हो। कायस्थ भन्छन्, ‘ अधिकतम र न्यूनतम तापक्रम घट्नु भनेको समग्रमा चिसो बढ्नु नै हो।’

हिमाली-पहाडी भू भागमा आंशिक बदली !

विभागको मौसम पूर्वानुमान महाशाखाले यो साता मुलुकभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहने प्रक्षेपण गरेको छ। साताभर देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमानसमेत गरेको छ।

विभागका अनुसार, साताको सुरुमा गण्डकी र कर्णालीसाथै मध्य र अन्त्यमा कोशी र बागमती प्रदेशको हिमाली भूभागका एक÷दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ। साताको सुरुमा कोशी र गण्डकीसाथै मध्य र अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

तराईमा हुस्सु र कुहिरो

विभागले तराई भूभागमा साताभरि नै बिहान हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको जनाएको छ। तथापि साताको मध्य अन्त्यमा हुस्सु र कुहिरोको अवधि साताको सुरुमा भन्दा केही बढ्ने सम्भावना रहेको विभागको पूर्वानुमान छ।

देशका धेरै स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना रहेको विभागले जनाएको छ। चिसोसँगै संक्रमणको जोखिम चिसो बढेसँगै मौसमी रुघाखोकी (सिजनल फ्लु) का बिरामीहरू उपचारका लागि अस्पताल जान थालेका छन्। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार, मौसमी रुघाखोकीको सिजन भएकोले फ्लु फैलने क्रम विस्तारै बढ्ने जोखिम देखिएको छ।

फ्लु अर्थात् इन्फ्लुएन्जा भाइरसका कारणले हुने संक्रामक रोग हो। यो भाइरसले सबै उमेरका व्यक्तिलाई संक्रमण गराउन सक्छ। यो चार किसिमको हुन्छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार, इन्फ्लुएन्जा ए र बीले बढी संक्रमण गर्छ। जसमध्ये इन्फ्लुएन्जा एले बेलाबखत बढी नै सताएको देखिन्छ।

सामान्य रुघाखोकीको रूपमा मौसमी इन्फ्लुएन्जा देखिए पनि केही व्यक्तिमा जटिलता देखिन सक्छन्। सरुवा रोग विशेषज्ञ डा. पुनका अनुसार, फ्लुको संक्रमण हुँदा ज्वरो आउने, खोकी लाग्ने, घाँटी, टाउको दुख्ने, नाक बन्द हुने वा सिंगान बग्ने, जिउ र मांसपेशी दुख्ने, थकान महसुस हुनेलगायतका लक्षणहरू देखिन सक्छन्। यसका अधिकांश लक्षण भाइरल रुघाखोकीको जस्तो देखिएता पनि तुलनात्मक रूपमा यो सामान्य रुघाखोकीभन्दा बढी घातक हुन्छ। डा. पुनका अनुसार, विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी, अंग प्रत्यारोपण गराएका, मधुमेह तथा क्यान्सरका बिरामीलगायत रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिको मृत्युसमेत हुने गरेको छ।

त्यस्तै वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार, चिसो, धूलो, धुवाँ र एलर्जीका कारण ज्येष्ठ नागरिकलाई दम, निमोनियालगायतका समस्याले पनि पिरोल्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पर्सा–२ का नवनिर्वाचित रास्वपाका सांसद सुशील कुमार कानुले आफ्नै श्रीमानबाट घरेलु हिंसा परेर गम्भीर घाइते भएकी हरिकला देवी सहनीलाई भेटेर उनको उपचार खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका छन्। बाराको परवानीपुर गाउँपालिकास्थित एलएस न्युरो अस्पतालमा उपचाररत सहनीलाई बिहीबार भेट्दै सांसद कानुले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। उनले पीडितमाथि जघन्य आक्रमण गर्ने उनका श्रीमान् विश्वनाथ सहनीलाई यथाशीघ्र पक्राउ ...
— सरकारले यसवर्ष पनि गर्मीयाम सुरुसँगै डेंगीकाे उच्च जोखिम भएका स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले डेंगी संक्रमण नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको बताए । 'सचेतना कार्यक्रमका कारण ...
चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको विषयमा चीनले दूतावास मार्फत चासो देखाएपछि गृह मन्त्रालयले यसबारे कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन
। दादुरा प्रभावित क्षेत्र ढोरपाटनमा खोप लगाइएको छ । यहाँ फागुनको पहिलो सातादेखि दादुरा फैलिएको थियो । अझै ३० जना बिरामी आइसोलेसनमा उपचाररत रहेका छन् । फागुन पहिलो सातादेखि हालसम्म ११३ जनामा दादुराको लक्षण देखिएको छ भने सात जनामा दादुरा पुष्टि भइसकेको छ । दादुराको लक्षण देखिएका २१ जनाको नमूना संकलन गरी काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ...
— मुलुकभरमै पूर्वी नवलपरासीमा जापानिज इन्सेफलाइटिस संक्रमण बढी पाइएपछि फागुन २९ देखि जिल्लाभरी जापानिज ईन्सेफलाइटिसबिरुद्धको निःशुल्क खोप अभियान संचालन भइरहेको छ । चालु आर्थिक वर्षमा जिल्लामा जापानिज इन्सेफलाइटिस रोगको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । जिल्लामा साउनयता १४ जनामा यो रोगको संक्रमण देखिएकोमा ६ जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम