मुख्य समाचार
पाकिस्तानका अनुभवी खेलाडी सोहेल तनभिरले नेपाल प्रिमियर लिग (एनपीएल) को आफ्नो पहिलो खेलमै पाँच विकेट
पाकिस्तानका अनुभवी खेलाडी सोहेल तनभिरले नेपाल प्रिमियर लिग (एनपीएल) को आफ्नो पहिलो खेलमै पाँच विकेट

: पाकिस्तानका अनुभवी खेलाडी सोहेल तनभिरले नेपाल प्रिमियर लिग (एनपीएल) को आफ्नो पहिलो खेलमै पाँच विकेट लिएका छन्। काठमाडौं गोर्खाजविरुद्ध सुरुवाती बलिङमा चितवन राइनोजबाट उत्रिएका उनले पहिलो खेलमै पाँच विकेट लिएका हुन्। चार ओभर बलिङ गरेका उनले २१ रन खर्चिएर पाँच विकेट लिएका हुन्।


आफ्नो बलिङ शैलीले उनी संसारभर चर्चामा रहँदै आएका तनभिरले स्टेफन स्किनाजी, माइकल लेभिट, भीम सार्की, करण केसी र साहब आलमलाई पेभेलियन फर्काएका थिए। उनको घातक बलिङमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाज निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ११ रनमा समेटिएको थियो।

लामो समय पाकिस्तानी टोलीमा बिताएका बायाँ हाते तीब्र गतिका बलर तनभिरले राजस्थान रोयल्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेलका थिए। उनले टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह पनि गरेका थिए। उनी आईपीएलसँगै पाकिस्तान सुपर लिग विजेता टोलीको पनि सदस्य हुन् । उनको सबैभन्दा ठूलो उपलब्धि पाकिस्तानलाई सन् २००९ मा टीट्वेन्टी विश्वकपको उपाधि दिलाउनु हो।



‘मैले नेपाल यात्रालाई एक चुनौतीका रुपमा लिएको छु। नेपाल आएर हजारौं नेपाली क्रिकेट फ्यानहरूका सामु चितवन राइनोजको प्रतिनिधित्व गर्न पाउँदा अत्यन्त गौरवशाली अनुभूति गरेको छु। मलाई लाग्छ नेपालमा पनि पाकिस्तानी क्रिकेट टिमका धेरै फ्यानहरू छन्’, तनभिरले नेपाल आउनु अघि भनेका थिए।

चितवन राइनोजले दक्षिण अफ्रिकाका मचेन्ट डे ल्याङको स्थानमा तनभिरलाई टोलीमा अनुबन्ध गरेको हो। ‘हामीलाई यस्तै कुनै खेलाडीको खाँचो थियो। हामीले डे लाङको अभावलाई खड्किन नदिन सोहेल तनभिरलाई अनुबन्ध गरी टिममा नयाँ ऊर्जा थपेका हौं। उनको उपस्थितिले टिमलाई उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्दछ’, चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले भनेका थिए।

चितवनले यसअघि इङ्ल्यान्डका लुक मार्टिन बेनकेन्स्टाइन, अफगानिस्तानका हसन इसाखिल, नामिबियाका जान निकोल लोफ्टी इटन र इङ्ल्यान्ड रवि बोपारालाई भित्र्याएको छ। चितवनको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर कुशल मल्ल छन्। टोलीले राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक उमेश पटवाललाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...