मुख्य समाचार
पाकिस्तानका अनुभवी खेलाडी सोहेल तनभिरले नेपाल प्रिमियर लिग (एनपीएल) को आफ्नो पहिलो खेलमै पाँच विकेट
पाकिस्तानका अनुभवी खेलाडी सोहेल तनभिरले नेपाल प्रिमियर लिग (एनपीएल) को आफ्नो पहिलो खेलमै पाँच विकेट

: पाकिस्तानका अनुभवी खेलाडी सोहेल तनभिरले नेपाल प्रिमियर लिग (एनपीएल) को आफ्नो पहिलो खेलमै पाँच विकेट लिएका छन्। काठमाडौं गोर्खाजविरुद्ध सुरुवाती बलिङमा चितवन राइनोजबाट उत्रिएका उनले पहिलो खेलमै पाँच विकेट लिएका हुन्। चार ओभर बलिङ गरेका उनले २१ रन खर्चिएर पाँच विकेट लिएका हुन्।


आफ्नो बलिङ शैलीले उनी संसारभर चर्चामा रहँदै आएका तनभिरले स्टेफन स्किनाजी, माइकल लेभिट, भीम सार्की, करण केसी र साहब आलमलाई पेभेलियन फर्काएका थिए। उनको घातक बलिङमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाज निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ११ रनमा समेटिएको थियो।

लामो समय पाकिस्तानी टोलीमा बिताएका बायाँ हाते तीब्र गतिका बलर तनभिरले राजस्थान रोयल्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेलका थिए। उनले टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह पनि गरेका थिए। उनी आईपीएलसँगै पाकिस्तान सुपर लिग विजेता टोलीको पनि सदस्य हुन् । उनको सबैभन्दा ठूलो उपलब्धि पाकिस्तानलाई सन् २००९ मा टीट्वेन्टी विश्वकपको उपाधि दिलाउनु हो।



‘मैले नेपाल यात्रालाई एक चुनौतीका रुपमा लिएको छु। नेपाल आएर हजारौं नेपाली क्रिकेट फ्यानहरूका सामु चितवन राइनोजको प्रतिनिधित्व गर्न पाउँदा अत्यन्त गौरवशाली अनुभूति गरेको छु। मलाई लाग्छ नेपालमा पनि पाकिस्तानी क्रिकेट टिमका धेरै फ्यानहरू छन्’, तनभिरले नेपाल आउनु अघि भनेका थिए।

चितवन राइनोजले दक्षिण अफ्रिकाका मचेन्ट डे ल्याङको स्थानमा तनभिरलाई टोलीमा अनुबन्ध गरेको हो। ‘हामीलाई यस्तै कुनै खेलाडीको खाँचो थियो। हामीले डे लाङको अभावलाई खड्किन नदिन सोहेल तनभिरलाई अनुबन्ध गरी टिममा नयाँ ऊर्जा थपेका हौं। उनको उपस्थितिले टिमलाई उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्दछ’, चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले भनेका थिए।

चितवनले यसअघि इङ्ल्यान्डका लुक मार्टिन बेनकेन्स्टाइन, अफगानिस्तानका हसन इसाखिल, नामिबियाका जान निकोल लोफ्टी इटन र इङ्ल्यान्ड रवि बोपारालाई भित्र्याएको छ। चितवनको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर कुशल मल्ल छन्। टोलीले राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक उमेश पटवाललाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...