मुख्य समाचार
न्युजिल्यान्डविरुद्ध पहिलो टेस्टमा इंग्ल्यान्डको सहज जित
न्युजिल्यान्डविरुद्ध पहिलो टेस्टमा इंग्ल्यान्डको सहज जित

— इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट सजिलै आठ विकेटले जितेको छ ।



क्राइसचर्चमा भएको टेस्टको चौथो दिन इंग्ल्यान्डले जितका लागि १ सय ४ रनको लक्ष्य पाएकोमा त्यसलाई दुई विकेट गुमाएर प्राप्त गरेको थियो ।


त्यसमा ज्याक बेथेलले ५० रन बनाए र नटआउट रहे । यस्तै नकआउट अर्को ब्याटर जोए रुटले २३ रनको योगदान दिए । यसअघि न्युंजिल्यान्ड आफ्नो दोस्रो इनिङ्समा २ सय ५४ र बनाएर अलआउट भएको थियो ।

त्यसमा ड्यारल मिचेलको ८४ रननै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । इंग्ल्यान्डका लागि भने ब्रेडन कार्सले ४२ रनमा छ विकेट लिए । उनले समग्रमा टेस्टमै १० विकेट लिए र ‘प्लेयर अफ द म्याच’ भए ।

यसअघि न्युजिल्यान्डले आफ्नो पहिलो इनिङ्समा ३ सय ४८ रन बनाएयता इंग्ल्यान्डले जवाफमा ४ सय ९९ रन बनाएको थियो । यससँगै इंग्ल्यान्ड तीन टेस्टको सिरिजमा १–० ले अगाडि रह्यो । अब दोस्रो टेस्ट शुक्रबार वेलिङटनमा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...