मुख्य समाचार
न्युजिल्यान्डविरुद्ध पहिलो टेस्टमा इंग्ल्यान्डको सहज जित
न्युजिल्यान्डविरुद्ध पहिलो टेस्टमा इंग्ल्यान्डको सहज जित

— इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट सजिलै आठ विकेटले जितेको छ ।



क्राइसचर्चमा भएको टेस्टको चौथो दिन इंग्ल्यान्डले जितका लागि १ सय ४ रनको लक्ष्य पाएकोमा त्यसलाई दुई विकेट गुमाएर प्राप्त गरेको थियो ।


त्यसमा ज्याक बेथेलले ५० रन बनाए र नटआउट रहे । यस्तै नकआउट अर्को ब्याटर जोए रुटले २३ रनको योगदान दिए । यसअघि न्युंजिल्यान्ड आफ्नो दोस्रो इनिङ्समा २ सय ५४ र बनाएर अलआउट भएको थियो ।

त्यसमा ड्यारल मिचेलको ८४ रननै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । इंग्ल्यान्डका लागि भने ब्रेडन कार्सले ४२ रनमा छ विकेट लिए । उनले समग्रमा टेस्टमै १० विकेट लिए र ‘प्लेयर अफ द म्याच’ भए ।

यसअघि न्युजिल्यान्डले आफ्नो पहिलो इनिङ्समा ३ सय ४८ रन बनाएयता इंग्ल्यान्डले जवाफमा ४ सय ९९ रन बनाएको थियो । यससँगै इंग्ल्यान्ड तीन टेस्टको सिरिजमा १–० ले अगाडि रह्यो । अब दोस्रो टेस्ट शुक्रबार वेलिङटनमा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ । वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिरिएका हुन् । यसअघि क्यानले यूएई गएकै टोली छनोटका लागि ओमान प्रस्थान गरेको जनाएको थियो । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले ...
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...