मुख्य समाचार
सिरियाको दोस्रो ठूलो सहर अलेप्पोको धेरैजसो भाग विद्रोहीहरूले नियन्त्रणमा
सिरियाको दोस्रो ठूलो सहर अलेप्पोको धेरैजसो भाग विद्रोहीहरूले नियन्त्रणमा

— सिरियाको दोस्रो ठूलो सहर अलेप्पोको धेरैजसो भाग विद्रोहीहरूले नियन्त्रणमा लिएका छन् । बेलायतस्थित निगरानी समूह सिरियन अब्जर्बेटरी फर ह्युमन राइट्सका अनुसार गत बुधबारदेखि सुरू भएको आक्रमणमा कम्तीमा २० सर्वसाधारणसहित ३ सय जनाभन्दा धेरै मारिएका छन् ।



सन् २०१६ मा राष्ट्रपति बसर अल-असदको सेनाबाट पराजित विद्रोहीले गत बुधबार अलेप्पोमा आक्रमण गरेका थिए । यो सिरियाली सरकारविरुद्ध लामो समयपछिको ठूलो आक्रमण भएको बीबीसीले जनाएको छ ।


असदलाई समर्थन गर्दै आएको रुसले पनि सन् २०१६ यता पहिलोपल्ट शुक्रबार रातिदेखि अलेप्पोका विभिन्न स्थानमा आक्रमण गरेको थियो । सन् २०११ मा द्वन्द्व सुरू भएसँगै रुसले राष्ट्रपति असदलाई सहयोग गर्दै आएको छ । सन् २०१५ सेप्टेम्बरदेखि भने रुसी सेना सिरियाको द्वन्द्वमा प्रत्यक्ष रूपमा संलग्न छ ।

समाचार संस्था रोयटर्सका अनुसार अलेप्पो सहरको विमानस्थल र सहरतर्फ जाने सबै सडक बन्द गरिएको छ । विद्रोहीहरूले ठूलो प्रतिरोधबिना नै अलेप्पोको आधा भूभाग कब्जा गरेको निगरानी समूहका निर्देशक रामी अब्देल रहमानलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । 'नगर परिषद, प्रहरी स्टेशन, गुप्तचर कार्यालयहरू सबै खाली छन्,' उनले भने, 'यस्तो पहिले कहिल्यै भएको थिएन ।'

सरकारी सैनिकपछि हटेका कारण त्यहाँ कुनै भिडन्त नभएको र एउटा पनि गोली नचलेको उनले बताए । यसअघि सेनाले बुधबार विद्रोही र तीनका सहयोगीले आक्रमण सुरु गरेका र नियन्त्रणमा लिएका अलेपो र इड्लिब प्रान्तका केही सहरमाथि शुक्रबार पुन: नियन्त्रण कायम गरेको जनाएको थियो ।

इस्लामिक लडाकु समूह ताहिर अल-शाम ‘एचटीएस’ सम्बद्ध च्यानलमा पोस्ट गरिएका भिडियोमा सहरका विभिन्न स्थानमा विद्रोही लडाकुहरू देखिएका बीबीसीले जनाएको छ । उक्त दृश्य अलेप्पोको पश्चिमी क्षेत्रको रहेको बीबीसीले पुष्टि गरेको छ।

सिरियामा सन् २०११ मा लोकतन्त्रपक्षधर विरोध प्रदर्शनहरूमा सरकारले दमन गरेपछि गृहयुद्ध सुरू भएको थियो । युद्धका कारण कम्तीमा पाँच लाख मानिसहरू मारिएका छन् । सशस्त्र समूहहरूले असद सरकारको विरोधमा देशमा चलिरहेको राजनीतिक उथलपुथलको फाइदा उठाउँदै सिरियाका कतिपय स्थान कब्जामा लिएका थिए ।


तर पछि रुस र अन्य देशहरूको सहयोगमा सिरिया सरकारले आफूले गुमाएका अधिकांश क्षेत्र पुन: नियन्त्रणमा लिएको थियो । हाल सिरियाको इडलिब क्षेत्र इस्लामिक विद्रोही समूह हयात ताहिरर अल-शाम (एचटीएस) को नियन्त्रणमा छ । तर उक्त क्षेत्रमा टर्की समर्थित विद्रोही समूह र टर्कीको सरकारी फौजको पनि उपस्थिति छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...