मुख्य समाचार
सिरियाको दोस्रो ठूलो सहर अलेप्पोको धेरैजसो भाग विद्रोहीहरूले नियन्त्रणमा
सिरियाको दोस्रो ठूलो सहर अलेप्पोको धेरैजसो भाग विद्रोहीहरूले नियन्त्रणमा

— सिरियाको दोस्रो ठूलो सहर अलेप्पोको धेरैजसो भाग विद्रोहीहरूले नियन्त्रणमा लिएका छन् । बेलायतस्थित निगरानी समूह सिरियन अब्जर्बेटरी फर ह्युमन राइट्सका अनुसार गत बुधबारदेखि सुरू भएको आक्रमणमा कम्तीमा २० सर्वसाधारणसहित ३ सय जनाभन्दा धेरै मारिएका छन् ।



सन् २०१६ मा राष्ट्रपति बसर अल-असदको सेनाबाट पराजित विद्रोहीले गत बुधबार अलेप्पोमा आक्रमण गरेका थिए । यो सिरियाली सरकारविरुद्ध लामो समयपछिको ठूलो आक्रमण भएको बीबीसीले जनाएको छ ।


असदलाई समर्थन गर्दै आएको रुसले पनि सन् २०१६ यता पहिलोपल्ट शुक्रबार रातिदेखि अलेप्पोका विभिन्न स्थानमा आक्रमण गरेको थियो । सन् २०११ मा द्वन्द्व सुरू भएसँगै रुसले राष्ट्रपति असदलाई सहयोग गर्दै आएको छ । सन् २०१५ सेप्टेम्बरदेखि भने रुसी सेना सिरियाको द्वन्द्वमा प्रत्यक्ष रूपमा संलग्न छ ।

समाचार संस्था रोयटर्सका अनुसार अलेप्पो सहरको विमानस्थल र सहरतर्फ जाने सबै सडक बन्द गरिएको छ । विद्रोहीहरूले ठूलो प्रतिरोधबिना नै अलेप्पोको आधा भूभाग कब्जा गरेको निगरानी समूहका निर्देशक रामी अब्देल रहमानलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । 'नगर परिषद, प्रहरी स्टेशन, गुप्तचर कार्यालयहरू सबै खाली छन्,' उनले भने, 'यस्तो पहिले कहिल्यै भएको थिएन ।'

सरकारी सैनिकपछि हटेका कारण त्यहाँ कुनै भिडन्त नभएको र एउटा पनि गोली नचलेको उनले बताए । यसअघि सेनाले बुधबार विद्रोही र तीनका सहयोगीले आक्रमण सुरु गरेका र नियन्त्रणमा लिएका अलेपो र इड्लिब प्रान्तका केही सहरमाथि शुक्रबार पुन: नियन्त्रण कायम गरेको जनाएको थियो ।

इस्लामिक लडाकु समूह ताहिर अल-शाम ‘एचटीएस’ सम्बद्ध च्यानलमा पोस्ट गरिएका भिडियोमा सहरका विभिन्न स्थानमा विद्रोही लडाकुहरू देखिएका बीबीसीले जनाएको छ । उक्त दृश्य अलेप्पोको पश्चिमी क्षेत्रको रहेको बीबीसीले पुष्टि गरेको छ।

सिरियामा सन् २०११ मा लोकतन्त्रपक्षधर विरोध प्रदर्शनहरूमा सरकारले दमन गरेपछि गृहयुद्ध सुरू भएको थियो । युद्धका कारण कम्तीमा पाँच लाख मानिसहरू मारिएका छन् । सशस्त्र समूहहरूले असद सरकारको विरोधमा देशमा चलिरहेको राजनीतिक उथलपुथलको फाइदा उठाउँदै सिरियाका कतिपय स्थान कब्जामा लिएका थिए ।


तर पछि रुस र अन्य देशहरूको सहयोगमा सिरिया सरकारले आफूले गुमाएका अधिकांश क्षेत्र पुन: नियन्त्रणमा लिएको थियो । हाल सिरियाको इडलिब क्षेत्र इस्लामिक विद्रोही समूह हयात ताहिरर अल-शाम (एचटीएस) को नियन्त्रणमा छ । तर उक्त क्षेत्रमा टर्की समर्थित विद्रोही समूह र टर्कीको सरकारी फौजको पनि उपस्थिति छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम