मुख्य समाचार
‘शाम्बाला’ले अस्ट्रेलियामा जित्यो ‘युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड’
‘शाम्बाला’ले अस्ट्रेलियामा जित्यो ‘युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड’

। नेपाली फिल्म ‘शाम्बाला’ले अस्ट्रेलियामा आयोजित एसिया प्यासिफिक स्क्रिन अवार्डको एक महत्वपूर्ण विधा ‘युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड’ जितेको छ ।

फिल्ममार्फत संस्कृति संरक्षणमा योगदान दिएको भन्दै मीनबहादुर भाम निर्देशित फिल्मलाई सम्मान प्रदान गरिएको ‘एसिया प्यासिफिक स्क्रिन अवार्ड’ले वेबसाइटमा उल्लेख गरेको छ ।


यस वर्ष नेपालबाट अस्करको अन्तर्राष्ट्रिय फिचर विधामा समेत सिफारिस भएको ‘शाम्बाला’ले माथिल्लो डोल्पाको संस्कृति र जनजीवनको कथा पेश गर्छ । बर्लिनमा यो फिल्म विश्व प्रिमियर भएको थियो ।

समारोहमा निर्देशक भामले पुरस्कार ग्रहण गरे । अवार्डको क्रममा आयोजित ‘फिल्ममार्फत संस्कृति संरक्षण’ र ‘केस स्टडी अन शाम्बाला’को छलफल सत्रमा समेत उनले भाग लिए ।

पुरस्कार जितेपछि भामले फिल्मले पाएको यो सम्मानले आफ्नो लागि धेरै कुरामा अर्थ राख्ने बताए । ‘यो पुरस्कार प्राप्त गर्न पाउँदा म साँच्चै सम्मानित छु । यो अवार्डले मेरो लागि धेरै अर्थ राख्छ’, भिडियो सन्देशमा उनले भनेका छन, ‘यसले हाम्रो भिन्नताहरूको सुन्दरता र तिनीहरूलाई अँगाल्ने शक्तिलाई प्रतिबिम्बित गर्छ । नेपालसँग म जोडिएको छु । म साँच्चै विश्वास गर्छु कि हाम्रा कथाहरू एकअर्कालाई बुझ्न महत्वपूर्ण छन् । यो पुरस्कारले हाम्रो संसारमा आवाजहरूको समृद्ध अवसरलाई सेलिब्रेसन गर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
स्पेनको एक अदालतले चर्चित गायिका शकिरालाई कर विवादमा असुल गरिएको करिब ५५ मिलियन युरो (झण्डै ५० मिलियन पाउण्ड) फिर्ता गर्न त्यहाँको कर निकायलाई आदेश दिएको छ । स्पेनको राष्ट्रिय उच्च अदालतले शाकिरामाथि लगाइएको कर छलीको आरोपबाट सफाइ दिँदै ब्याजसहित रकम फिर्ता गर्न आदेश दिएको हो । अदालतले सन् २०११ मा उनी स्पेनमा १८३ दिन बसेको प्रमाण ...
हलिउडको चर्चित जासुसी फिल्म श्रृंखला ‘जेम्स बन्ड’का लागि नयाँ अभिनेता खोज्ने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । लामो समयदेखि ‘००७’ को भूमिकामा ड्यानियल क्रेगपछि कसले अभिनय गर्ने भन्ने चर्चा चलिरहेकामा अब अडिसन प्रक्रिया नै अघि बढाइएको हो । अमेजन एमजीएम स्टुडियोले विज्ञप्ति जारी गर्दै ‘अर्काे जेम्स बन्डको खोजी सुरु भइसकेको छ’ जनाएको छ । हलिउड ...
। अमेरिकी र्‍याप गायक कान्ये वेस्ट अर्थात् ‘ये’ को भारतमा पहिलोपटक हुन लागेको सांगीतिक प्रस्तुति अन्ततः रद्द भएको छ । नयाँ दिल्लीमा २०२६ मे २३ मा आयोजना हुने तय भएको उक्त कन्सर्ट सुरक्षासम्बन्धी सरकारी निर्देशनपछि स्थगित गरिएको आयोजकले जनाएको छ । कन्सर्ट आयोजक कम्पनी ह्वाइट फक्सले इन्स्टाग्राममार्फत औपचारिक वक्तव्य जारी गर्दै सरकारी निकाय र सुरक्षा निकायबाट ...
। हलिउडका दिग्गज अभिनेता विल स्मिथले कानुनी लडाइँमा ठूलो राहत पाएका छन् । क्यालिफोर्नियाको एक अदालतले ५७ वर्षीय सुपरस्टारविरुद्ध दर्ता भएको यौन दुव्र्यवहारको मुद्दा खारेज गरिदिएको छ । यो मामिला सन् २०२५ मा स्मिथको ‘टुर टिम’ मा सहभागी एक सदस्यले लगाएको आरोपसँग सम्बन्धित थियो । ‘मेन इन ब्ल्याक’ र ’द परस्यूट अफ ह्याप्पिनेस’ जस्ता चर्चित फिल्महरूका ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले बालबालिकाको गोपनीयता उल्लंघनसम्बन्धी मुद्दा टुंग्याउन भिडियो साझेदारी एप टिकटकसँग करिब ४० करोड अमेरिकी डलर बराबरको सम्झौता गर्ने तयारी गरेको अमेरिकी सञ्चारमाध्यम एबीसी न्युजले जनाएको छ। एबीसी न्युजका अनुसार उक्त रकम वासिङ्टन डीसी क्षेत्रमा ट्रम्पले प्रस्ताव गरेका ‘ब्युटिफिकेसन् प्रोजेक्ट’ बारे ह्वाइट हाउसमा छलफल भइरहेको छ। ट्रम्पले यसअघि राजधानी क्षेत्रका विभिन्न परियोजनाका ...