मुख्य समाचार
‘शाम्बाला’ले अस्ट्रेलियामा जित्यो ‘युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड’
‘शाम्बाला’ले अस्ट्रेलियामा जित्यो ‘युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड’

। नेपाली फिल्म ‘शाम्बाला’ले अस्ट्रेलियामा आयोजित एसिया प्यासिफिक स्क्रिन अवार्डको एक महत्वपूर्ण विधा ‘युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड’ जितेको छ ।

फिल्ममार्फत संस्कृति संरक्षणमा योगदान दिएको भन्दै मीनबहादुर भाम निर्देशित फिल्मलाई सम्मान प्रदान गरिएको ‘एसिया प्यासिफिक स्क्रिन अवार्ड’ले वेबसाइटमा उल्लेख गरेको छ ।


यस वर्ष नेपालबाट अस्करको अन्तर्राष्ट्रिय फिचर विधामा समेत सिफारिस भएको ‘शाम्बाला’ले माथिल्लो डोल्पाको संस्कृति र जनजीवनको कथा पेश गर्छ । बर्लिनमा यो फिल्म विश्व प्रिमियर भएको थियो ।

समारोहमा निर्देशक भामले पुरस्कार ग्रहण गरे । अवार्डको क्रममा आयोजित ‘फिल्ममार्फत संस्कृति संरक्षण’ र ‘केस स्टडी अन शाम्बाला’को छलफल सत्रमा समेत उनले भाग लिए ।

पुरस्कार जितेपछि भामले फिल्मले पाएको यो सम्मानले आफ्नो लागि धेरै कुरामा अर्थ राख्ने बताए । ‘यो पुरस्कार प्राप्त गर्न पाउँदा म साँच्चै सम्मानित छु । यो अवार्डले मेरो लागि धेरै अर्थ राख्छ’, भिडियो सन्देशमा उनले भनेका छन, ‘यसले हाम्रो भिन्नताहरूको सुन्दरता र तिनीहरूलाई अँगाल्ने शक्तिलाई प्रतिबिम्बित गर्छ । नेपालसँग म जोडिएको छु । म साँच्चै विश्वास गर्छु कि हाम्रा कथाहरू एकअर्कालाई बुझ्न महत्वपूर्ण छन् । यो पुरस्कारले हाम्रो संसारमा आवाजहरूको समृद्ध अवसरलाई सेलिब्रेसन गर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...