मुख्य समाचार
‘पुष्पा २’ को अग्रिम टिकट बिक्री आक्रामक, पहिलो दिनमै ९ करोड
‘पुष्पा २’ को अग्रिम टिकट बिक्री आक्रामक, पहिलो दिनमै ९ करोड

। आउँदो बिहीबारदेखि ‘पुष्पा २’ विश्वव्यापी प्रदर्शन तयारीमा छ । भारतसहित कतिपय देशका हलले अग्रिम टिकट बिक्री थालेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले त्यहाँ अग्रिम टिकट बिक्रीबाट २४ घण्टामै ७.८ करोड भारु कमाएको छ ।

फिल्मलाई लिएर दर्शकमा जुन क्रेज देखिन्छ, त्यो अग्रिम बुकिङमा प्रष्ट देखिन्छ । हिन्दी लगायतका अन्य भाषामा पनि बुकिङ सुरु भएको छ । अग्रिम टिकट बिक्रीको केही घण्टामै भारतमा ५५ हजारभन्दा धेरै टिकट बिक्री भएको थियो ।



स्याकनिल्कका अनुसार, भारतभर फिल्मका ८ करोड ८१ लाख टिकट बिक्री भइसकेको छ । यसअनुसार, ‘पुष्पा २’ ले पहिलो दिनको अग्रिम बुकिङबाट ८.८ करोड भारु कमाएको छ । जबकि फिल्म रिलिज हुन अझै चार दिन बाँकी छ । अग्रिम बुकिङ र कलेक्सनका हिसाबले यसले ‘बाहुबली २’ र केजीएफ २’ को रेकर्ड तोड्न सक्ने अनुमान छ । ‘बाहुबली २’ ले अग्रिम बुकिङबाट १०० करोडभन्दा बढीको ग्रस कलेक्सन गरेको थियो । ‘केजीएफ २’ ले पहिलो दिनमै ८० करोड कमाएको थियो ।

‘पिंकभिल्ला’को रिपोर्टअनुसार १० घण्टामा मात्र ‘पुष्पा २’ को ५५ हजारभन्दा बढी टिकट बिक्री भएको छ । यसरी यो फिल्म हिन्दी फिल्मको सबैभन्दा छिटो अग्रिम बुकिङ गर्ने फिल्मको सूचीमा परेको छ । बिहार, गुजरात, आसाम र छत्तीसगढमा टिकट तीव्र गतिमा बिक्री भइरहेको छ ।


सबैभन्दा धेरै टिकट हिन्दी संस्करणमा बिक्री भएको छ । हिन्दीको टुडी संस्करणका लागि १२ हजार ४१३ टिकट र थ्रीडी संस्करणका लागि ४३ हजार १८१ टिकट बिक्री गरेको छ । तेलुगुमा टुडीको ९७ हजार १९६ र थ्रीडीको १४६९ टिकट बिक्री भएको छ । यसरी यसले हिन्दी भाषाको लागि अग्रिम बुकिङबाट ४.९ करोड रुपैयाँभन्दा बढी र तेलुगु भाषाका लागि २.८ करोड भारुभन्दा बढी कमाएको छ ।

स्याकनिल्कले फिल्मको ओपनिङ डेको कलेक्सनको समेत प्रक्षेपण गरेको छ । जसअनुसार फिल्मले विश्वव्यापी ३०० करोड भारु (भारतमा २३३ करोड र विदेशमा ७० करोड भारु) कमाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उनको निधन भएको हो । इन्डियन एक्सप्रेसका अनुसार अस्पतालका डा. प्रतित समदानीले भोसलेको निधनको पुष्टि गरेका छन् । उनको निधनको कारण 'मल्टी-अर्गान फेलियर' रहेको पनि उनको भनाइ छ । थकित महसुस हुने र छातीमा ...
। मार्च २३ देखि २९, २०२६ सम्मको साप्ताहिक अवधिमा नेटफ्लिक्समा अंग्रेजी भाषाका फिल्मबीच ‘पीकी ब्लाइन्डर्सः द इम्मोर्टल म्यान’ सर्वाधिक हेरिएको फिल्म बनेको छ । यो फिल्मले कुल ३ करोड ६९ लाख घण्टा भ्यूज पाउँदै शीर्ष स्थान ओगटेको हो । चर्चित ‘पीकी ब्लाइन्डर्स’ कथालाई विस्तार गर्ने यो फिल्म एक शक्तिशाली अपराध साम्राज्य, सत्ता संघर्ष र व्यक्तिगत द्वन्द्वको ...
। कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई अनुमति दिएका छन् । बलेमाथि अमेरिकामा बस्ने एक युवतीले जबरजस्ती करणी गरेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छन् । सोही आरोपमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको जनाएको छ । तर, हालसम्म उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी भने परिसकेको छैन । सोही ...
जादुको छडी समात्नुस् र झाडू तयार पार्नुस्, किनकि हग्वाट्र्स पुनः बोलाइरहेको छ । एचबीओले आफ्नो आगामी ‘ह्यारी पोटर’ सिरिजको पहिलो ट्रेलर सार्वजनिक गर्दै दर्शकलाई नयाँ ढंगले जादुयी संसारमा फर्किन निम्तो दिएको छ । नेटवर्कका अनुसार यसको पहिलो सिजन सन् २०२६ को क्रिसमसमा सार्वजनिक हुनेछ । ट्रेलरको सुरुवातमा ह्यारी डस्र्ली घरमा भर्‍याङमुनिको सानो कोठामा बसिरहेको देखिन्छ । ...
। यसवर्षको ‘मिस वर्ल्ड’ प्रतियोगिता भियतनाममा आयोजना हुने भएको छ । दक्षिणपूर्वी एसियाली मुलुकले पहिलोपटक प्रतिस्पर्धा आयोजना गर्न लागेको हो । यसको पुष्टि ‘मिस वर्ल्ड’ले अफिसियल सामाजिक सञ्जालका पृष्ठबाट समेत गरेको छ । यद्यपि, त्यहाँ हुने निश्चित भएपनि यसको औपचारिक घोषणा भने हुन बाँकी छ । मिस वर्ल्ड भियतनाम आयोजकले बुधबार राति यसबारे जानकारी दिँदै यस वर्षको ...