मुख्य समाचार
आफ्नो अनुसन्धान गरिरहेका एफबीआईको नेतृत्व बदल्ने ट्रम्पको घोषणा
आफ्नो अनुसन्धान गरिरहेका एफबीआईको नेतृत्व बदल्ने ट्रम्पको घोषणा

। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विश्वासपात्र काश पटेललाई सङ्घीय अनुसन्धान विभाग (एफबीआई) को नयाँ निर्देशक बनाउने बताएका छन् ।

ट्रम्पले ब्यूरोका गतिविधिको आलोचना गर्दै आएका र तथाकथित सरकारी ‘डिप स्टेट’को बारेमा आलोचक आफ्ना पूर्वसल्लाहकार समेत रहेका पेन्टागनका अधिकारीलाई एफबीआई निर्देशक बनाउन लागेको उनको आफ्नै लगानीको सामाजिक सञ्जाल, ट्रुथ सोशल नेटवर्कमा उल्लेख गरेका छन् ।




एफबीआईका वर्तमान निर्देशक क्रिस्टोफर रेलाई सन् २०१७ मा १० वर्षे कार्यकालका लागि नियुक्त गरिएको थियो ।

ट्रम्पले नियुक्त गरेका रेको नेतृत्वमा एफबीआईले राष्ट्रपति निर्वाचित ट्रम्पमाथि समेत अनुसन्धान गरेको छ ।




ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘काश एक प्रतिभाशाली वकिल, अन्वेषक र ‘अमेरिका फर्स्ट’ अभियानका अभियान्ता हुन् । उनले आफ्नो सेवालाई भ्रष्टाचारको पर्दाफास गर्न, न्यायका लागि र अमेरिकी जनताको रक्षा गने कार्यमा लगानी गरेका छन् ।’

आगामी राष्ट्रपतिका कट्टर समर्थक पटेलले ट्रम्पलाई पर्दा पछाडिबाट दबाउने काम गर्ने कथित पक्षपाती सरकारी नोकरशाहहरूको ट्रम्प विरोधी ‘डिप स्टेट’ को रिपब्लिकन कट्टरपन्थी धारणालाई समर्थन गर्छन् र यस विषयमा एउटा पुस्तक समेत लेखेका छन् ।

भारतीय मुलका एक परिवारका सन्तान पटेलले ट्रम्पको पहिलो कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकार र कार्यवाहक रक्षामन्त्रीको चिफ अफ स्टाफका रुपमा काम गरेका थिए ।

‘काशले मेरो पहिलो कार्यकालमा अविश्वसनीय काम गरेका छन्’ ट्रम्पले भनेका छन्, ‘उनले अमेरिकामा बढ्दो अपराध महामारीको अन्त्य गर्न, आप्रवासी आपराधिक गिरोहलाई ध्वस्त पार्न र सीमापार मानव र लागूपदार्थ तस्करीको दुष्ट अभिशाप रोक्नका लागि काम गर्नेछन् ।’

एफबीआईका पूर्व निर्देशक जेम्स कोमीलाई बर्खास्त गरेपछि कार्यवाहक निर्देशकको स्थानमा ट्रम्पले आफ्नो पहिलो कार्यकालमा रेलाई नियुक्त गरेका थिए ।

पूर्वराष्ट्रपति ट्रम्पको रूससँगको विस्तृत सम्बन्धबारे कोमीको नेतृत्वमा एफबीआईले गरेको अनुसन्धानबाट ट्रम्पलाई कोमीविरूद्ध आक्रोशित बनाएको थियो ।

रेको नेतृत्वमा एफबीआईले ट्रम्पस्वयंले सन् २०२२ मा उनको ‘मार-ए-लागो एस्टेट’मा गैरकानुनी रूपमा गोप्य कागजात राखेको आरोपमा अनुसन्धान गरेको थियो ।

ट्रम्पले सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद भवनमा हिंसात्मक आक्रमण गर्ने आफ्ना सयौं समर्थकको अनुसन्धानसहित ब्युरोको अनुसन्धानको लामो समयदेखि विरोध गर्दै आएका छन् ।

सीएनएनलाई दिएको बयानमा एफबीआईले भनेको छ, ‘रेको ध्यान एफबीआईका पुरुष र महिला, हामीसँग काम गर्ने व्यक्ति र हामीले काम गर्ने व्यक्तिहरूमा केन्द्रित भएको छ ।’

-एएफपीबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। शिक्षा मन्त्रालयको वेबसाइटमा शुक्रबार जारी सूचनामा प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरिएको हो । प्रतिबन्धले इजरायली शैक्षिक प्रतिष्ठानहरूमा बच्चाहरूलाई उनीहरूको फोनको पहुँचबाट रोक्ने विश्वास गरिएको छ। शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२६ फेब्रुअरी २ देखि प्राथमिक विद्यालयमा नयाँ नीति लागू हुनेछ, ...
। वाल्ट डिज्नीले ओपनएआईमा १ अर्ब डलर लगानी गर्ने भएको छ । साथै, उक्त स्टार्टअपको सोरा एआई भिडियो जेनेरेटरलाई स्टार वार्स, पिक्सार र मार्वल फ्रान्चाइजीका पात्रहरू प्रयोग गर्न अनुमति दिने भएको छ । यो सम्झौताले हलिउडको कन्टेन्ट क्रिएसन गर्ने तरिकालाई नयाँ आकार दिन सक्ने अनुमान गरिएको छ । बिहीबार घोषणा गरिएको यो ३ वर्षे साझेदारी हलिउडको जेनेरेटिभ ...
। अभिनेता राजेश हमालले कुनै पनि पेशामा आफ्नो उच्चतम परिचय बनाउनु आवश्यक रहेको बताएका छन् । इमान्दारिताको साथ काम गर्दा मात्र त्यो कुरा सम्भव हुने उनले औंल्याए । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार ‘जिन्दगी र विज्ञापन’ सत्रमा उनले व्यक्तिगत परिचयलाई प्राथमिकता दिने नभइ कर्मलाई प्राथमिकता दिने व्यक्ति आवश्यक रहेको ...
: कम्बोडियासँग सीमा क्षेत्रमा एक सातादेखि जारी झडपपछि थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले संसद विघटन गरेका छन्। संसद विघटनसँगै देशमा ४५ देखि ६० दिनभित्र आम निर्वाचन हुने भएको छ। शुक्रबार जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री चर्नविराकुले आफू नेतृत्वको अल्पसंख्यक सरकारले तीन महिनाअघि सत्ता सम्हालेदेखि नै गम्भीर चुनौतीहरू सामना गर्नुपरेको उल्लेख गरेका छन्। विशेषगरी सीमा क्षेत्रमा भएका घातक ...
। अष्ट्रियामा विद्यालयमा छात्राहरुले हिजाब लगाउन नपाउने कडा कानून पारित भएको छ । सरकारी तथा निजी दुवै प्रकारका विद्यालयमा हिजाब प्रतिबन्ध गर्ने गरी कडा कानून पारित गरिएको हो । अष्ट्रियामा अहिले दक्षिणपन्थी पार्टीको नेतृत्वमा गठबन्धन सरकार छ । तीन मध्यमार्गी दलहरू समेत सहभागी छन् । सरकारले यो कानुनलाई ‘लैङ्गिक समानताप्रति स्पष्ट प्रतिबद्धता‘ भएको दाबी गरेको छ । ...