मुख्य समाचार
ओलम्पिक कमिटीले अन्याय गरेको भन्दै ६ खेल संघको पत्रकार सम्मेलन
ओलम्पिक कमिटीले अन्याय गरेको भन्दै ६ खेल संघको पत्रकार सम्मेलन

। नेपाल ओलम्पिक कमिटी (एनओसी)ले अन्याय गरेको भन्दै ६ खेल संघले आईतबार पत्रकार सम्मेलन गरेका छन् । उनीहरूले आफूले पनि एनओसीको सदस्यता पाउनुपर्ने माग गरेका छन् ।

पत्रकार सम्मेलनमार्फत उनीहरूले पाँचवटा कुराको उल्लंघन भएको आरोप लगाएका छन् । उनीहरूले सदस्यता र निर्णय प्रक्रियाबाट राष्ट्रिय संघहरूको बहिष्कार हुनु तथा वित्तीय व्यवस्थापन र छनोट प्रक्रियामा पारदर्शिताको अभाव भएको आरोप लगाएका छन् ।



त्यसैगरी आईओसीबाट अनुमोदित एन‌‌ओसी संविधानद्वारा आवश्यक समयमै लोकतान्त्रिक चुनाव गराउन असफल भएको उनीहरूको आरोप छ । ओलम्पिज्मका समावेशीता, पारदर्शिता, र निष्पक्ष खेलको लागि प्रतिबद्धता सिद्धान्तहरूको उल्लङ्घन भएको र राष्ट्रिय खेलकुद कानूनको उल्लंघन समेत भएको उनीहरूको आरोप छ ।

नेपाल क्लाइम्बिङ स्पोर्ट्स संघका अध्यक्ष रमेश पाैडेलले सदस्यता दिन आग्रह गरेको भएपनि एनओसीले नमानेको आरोप लगाए ।


त्यसैगरी नेपाल घोडचढी संघका अध्यक्ष रविराज कर्णिकारले भने, ‘हामीलाई सधैं झुलाउने काम भइरहेको छ ।उहाँहरु नियम मिचेर विशेष साधारण सभा गर्दै हुनुहुन्छ । हामीले एनओसीको सदस्यता नपाउँदा अन्तर्राष्ट्रिय खेलमा सहभागिता समेत प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...