मुख्य समाचार
ओलम्पिक कमिटीले अन्याय गरेको भन्दै ६ खेल संघको पत्रकार सम्मेलन
ओलम्पिक कमिटीले अन्याय गरेको भन्दै ६ खेल संघको पत्रकार सम्मेलन

। नेपाल ओलम्पिक कमिटी (एनओसी)ले अन्याय गरेको भन्दै ६ खेल संघले आईतबार पत्रकार सम्मेलन गरेका छन् । उनीहरूले आफूले पनि एनओसीको सदस्यता पाउनुपर्ने माग गरेका छन् ।

पत्रकार सम्मेलनमार्फत उनीहरूले पाँचवटा कुराको उल्लंघन भएको आरोप लगाएका छन् । उनीहरूले सदस्यता र निर्णय प्रक्रियाबाट राष्ट्रिय संघहरूको बहिष्कार हुनु तथा वित्तीय व्यवस्थापन र छनोट प्रक्रियामा पारदर्शिताको अभाव भएको आरोप लगाएका छन् ।



त्यसैगरी आईओसीबाट अनुमोदित एन‌‌ओसी संविधानद्वारा आवश्यक समयमै लोकतान्त्रिक चुनाव गराउन असफल भएको उनीहरूको आरोप छ । ओलम्पिज्मका समावेशीता, पारदर्शिता, र निष्पक्ष खेलको लागि प्रतिबद्धता सिद्धान्तहरूको उल्लङ्घन भएको र राष्ट्रिय खेलकुद कानूनको उल्लंघन समेत भएको उनीहरूको आरोप छ ।

नेपाल क्लाइम्बिङ स्पोर्ट्स संघका अध्यक्ष रमेश पाैडेलले सदस्यता दिन आग्रह गरेको भएपनि एनओसीले नमानेको आरोप लगाए ।


त्यसैगरी नेपाल घोडचढी संघका अध्यक्ष रविराज कर्णिकारले भने, ‘हामीलाई सधैं झुलाउने काम भइरहेको छ ।उहाँहरु नियम मिचेर विशेष साधारण सभा गर्दै हुनुहुन्छ । हामीले एनओसीको सदस्यता नपाउँदा अन्तर्राष्ट्रिय खेलमा सहभागिता समेत प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...