मुख्य समाचार
अनिलले भने- क्रिजमा टिकेर खेल्न विदेशीबाट सिक्नुपर्छ
अनिलले भने- क्रिजमा टिकेर खेल्न विदेशीबाट सिक्नुपर्छ

। शनिबारदेखि सुरू भएको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले विजयी सुरूवात गरेको छ । जनकपुरले विराटनगर किङ्सलाई ८ विकेटले पराजित गरेको हो ।

खेलमा जनकपुरका लाहिरु मिलान्थाले ७५ रनको अविजित पारी खेले । उनलाई हर्श थाकरले २९ रन बनाएर साथ दिए । १२८ रनको लक्ष्य पछ्याउँदा सुरूवातमै दुई विकेट गएपछि लाहिरु र थाकर मिलेर इनिङ उकासेका थिए ।




जितपछि जनकपुरका कप्तान अनिल शाहले क्रिजमा टिकेर खेल्दा जित सम्भव भएको बताए । ‘पिच बलरहरूको लागि सहयोगी थियो अनि कसैले पनि राम्रोसँग बलमा ब्याट लगाउन सकिरहेका थिएनन्’ अनिलले भने, ‘विदेशी खेलाडीहरू अनुभवी छन् । उनीहरूबाट सिक्न पर्छ । क्रिजमा जति टिक्न सक्यो त्यति राम्रो हुन्छ अनि थाहा हुन्छ कति स्कोर राम्रो हुन्छ भनेर ।‘

‘सुरूमा मार्टिन गप्टिलले पनि खुलेर खेल्न सकिरहेका थिएनन् । पछि उनले क्रिजमा टिक्दै पिच रिड गर्दै खेल्न थाले अनि पछि उनको ब्याटबाट रन बन्न थाल्यो’ अनिलले थपे ।




अनिलले प्रतियोगिताको सुरूवातमा नै २ अंक जोड्न पाउनु महत्वपूर्ण भएको बताए । ‘हामीले प्लानिङहरू गरेका थियौं अनि त्यसकै अनुसार चल्यौं, त्यसकै कारण यो जित सम्भव भयो’ उनले भने ।

जनकपुरको टप अर्डर नचले पनि विदेशी खेलाडीहरूले क्रिजमा टिकेर खेल जिताएको उनको भनाई थियो । ‘टप अर्डर हामी चल्न सकेनौं । हामी चुके पनि लाहिरू र हर्शले राम्रो खेले र हामीले जित्यौं’ उनले भने ।

उनले एनपीएलका कुनै पनि टिम कमजोर नभएको बताए । ‘कमजोर कुनै पनि टिम छैन, विदेशी हुनु र नहुनुभन्दा नि जसले राम्रो खेल्छ उसले नै जित्छ’ अनिलले भने ।

आसिफलाई किपर नराखेको भन्ने प्रश्नमा उनले भने, ‘आसिफले नेपाली बलररूसँग कुरा गरिराख्न सकून् भनेर हो। हामीसँग मिलान्था थिए किपरको विकल्प, अनि नेपाली खेलाडीको बारेमा थाहा भएकाले सहज होस् भनेर हो।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...