मुख्य समाचार
राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो फ्लोरिडा पुगे
राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो फ्लोरिडा पुगे

। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो फ्लोरिडा पुगेका छन् । एक स्रोतलाई उल्लेख गर्दै बीबीसीले दुई नेताको भेटलाई पुष्टि गरेको छ ।

केही दिनअघि ट्रम्पले क्यानडा, चीन र मेक्सिकोमा भन्सार शुल्क थप बढाउने घोषणा गरेका थिए । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै क्यान्डाबाट आउने सामानमा २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका हुन् ।




ट्रम्मको उक्त घोषणाले क्यानडा, चीन र मेक्सिकोको मुद्रामा गिरावट आएको थियो ।

त्यतिबेलै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको कार्यालयले एक वक्तव्य जारी गर्दै ट्रम्पको अभिव्यक्ति बारे प्रतिक्रिया दिएका थिए । ‘अमेरिकाको ऊर्जा आवश्यकताहरू पूरा गर्न क्यानडा महत्वपूर्ण भूमिका छ। अमेरिकाले गत वर्ष उपभोग गरेको ६० प्रतिशत तेल क्यानडाबाट आयात गरिएको थियो,’ कार्यालयले भनेको थियो, ‘ट्रम्पको टोलीसँग यी विषयमा छलफल गर्नेछौं ।’

क्यानाडाका सञ्चारमाध्यमका अनुसार, ट्रुडो शुक्रबार साँझ फ्लोरिडाको पाम बिच अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। त्यहाँबाट उनी ट्रम्पलाई भेट्न उनीहरूको निवासस्थान मार-ए-लागो एस्टेट गएका छन् ।

यस हप्ता सुरुवातमा दुवै नेताले फोनमार्फत् कुरा गरेका थिए। सो समयमा ट्रम्पले घोषणा जनवरीमा पदभार ग्रहण गरेपछि मेक्सिको र क्यानाडाबाट अमेरिका आउने सबै सामानमा उच्च ट्यारिफ लगाइने बताएका थिए ।

ट्रुडोको यो भ्रमण बारे ट्रम्पको टोलीले कुनै प्रतिक्रिया दिएको छैन भने ट्रुडोको कार्यालयले पनि जानकारी दिएको छैन। यो भ्रमण ट्रुडोको सार्वजनिक कार्यक्रमको सूचीमा समावेश गरिएको छैन । स्रोतका अनुसार, दुवै नेताले सँगै डिनर गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम