मुख्य समाचार
एसियन पेसिफिक करातेमा नेपालले जित्यो ९ पदक
एसियन पेसिफिक करातेमा नेपालले जित्यो ९ पदक

। सिंगापुरमा सञ्चालन भएको १६औं एसियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य गरि कुल ९ पदक जितेको छ ।

नेपालको लागि सिनियर महिलातर्फ ६८ किलो तौलभन्दा माथि समुहमा १९औं एसियन गेम्सकी रजत पदक विजेता एरिका गुरुङ्गले नेपाललाई स्वर्ण पदक दिलाइन् । त्यसैगरि महिला तर्फकै –५० किलो तौल समुहमा अन्जली महर्जनले नेपाललाई स्वर्ण पदक दिलाइन् ।




एलिशा रासकोटी मगर, टपी थापा र मेघा लिम्वुले महिला तर्फको टिमकाता र निरुपा दोङ तामाङ्गले सिनियर महिलाको –५५ किलो तौल समुहमा रजत पदक दिलाउन सफल भईन ।

त्यसैगरी सिनियर महिला एकल कातामा एलिशा रासकोटी मगर, महिला जुनियर तर्फ–४५ किलो तौल समुहमा पोरसिया चौधरी, महिलाकै –६८ किलो तौल समुहमा आशिका राई, पुरुष तर्फको १६ वर्षमूनि एकल कातामा रेहान जावेद र सिनियर पुरुष तर्फ –८४ किलो तौल समुहमा मोहम्मद शेखु आलमले नेपाललाई कांस्य पदक दिलाए ।




नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ्ग हेड अफ डेलिगेटस विशेष नेतृत्व र नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाको समग्र नेतृत्वमा नेपाली १२ खेलाडी, टिम म्यानेजर, रेफ्री,अफिशियल गरि कुल ३० जना एसियन पेसिफिक सितोरियो करातेमा सहभागी भएको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र वहादुर खपाङ्गी ‘ईश्वर’ले जानकारी गराउनुभयो ।

यसैगरी आइतबार एसियन पेसिफिक सितोरियो करातेको विशेष अधिवेशन (कङग्रेश) मा नेपालको तर्फबाट नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ्ग र सितोरियो करातेका संरक्षक समेत रहेका नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले सहभागी जनाउने छन् । नेपाली कराते टोली सोमबार स्वदेश फर्कनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ । वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिरिएका हुन् । यसअघि क्यानले यूएई गएकै टोली छनोटका लागि ओमान प्रस्थान गरेको जनाएको थियो । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले ...
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...