मुख्य समाचार
शिखर धवनले भने- एनपीएलमा स्थानीय खेलाडीसँगै उत्कृष्ट प्रदर्शन गर्न तयार छु
शिखर धवनले भने- एनपीएलमा स्थानीय खेलाडीसँगै उत्कृष्ट प्रदर्शन गर्न तयार छु

। कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगेका स्टार भारतीय क्रिकेटर शिखर धवनले स्थानीय खेलाडीसँग खेल्न र उत्कृष्ट प्रदर्शन गर्न तयार भएको बताएका छन् ।

हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्समा अनुबन्ध भएका धवन नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका हुन् । उनलाई शुक्रबार कर्णाली याक्समा मालिक झनक दत्त खनाल र सह–मालिक गृहेन्द्र घिमिरले स्वागत गरेका थिए ।




नेपाल आएपछि उनले भने, ‘नमस्ते नेपाल, नेपाल आएर निकै खुसी भएको छु । मलाई कर्णाली याक्सले निकै राम्रो स्वागत गरेको छ । कर्णाली याक्सबाट एनपिएल खेल्न उत्साहित छु’ धवनले भने, ‘यहाँ आफ्नो अनुभव साट्नेछु । स्थानीय खेलाडीसँग खेल्ने र उत्कृष्ट प्रदर्शन गर्न तयार छु । नेपाली खेलाडीबारे जानकारी पनि लिन्छु ।’

ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । धवनसँगै वेस्टइन्डिजबाट टेस्ट खेलिसकेका चाडविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्वकप्तान जीशान मक्सुद कर्णाली याक्समा छन् ।




टोलीमा नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेका सोमपालसँगै गुल्सन झा, देव खनालसहित नन्दन यादव छन् । ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...