मुख्य समाचार
नेपाली दृष्टिविहिन क्रिकेट टोली पहिलो पटक ब्लाइण्ड क्रिकेट टी२० विश्वकपको सेमिफाइनलमा
नेपाली दृष्टिविहिन क्रिकेट टोली पहिलो पटक ब्लाइण्ड क्रिकेट टी२० विश्वकपको सेमिफाइनलमा

। नेपाली दृष्टिविहिन क्रिकेट टोली पहिलो पटक ब्लाइण्ड क्रिकेट टी२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तानमा भइरहेको चौथो संस्करणको ब्लाइण्ड क्रिकेट टी२० विश्वकपको सेमिफाइनलमा पुग्दै इतिहास रचेको हो । यसअघि तीन संस्करणकै ब्लाइण्ड क्रिकेटको टी२० विश्वकप खेलेको नेपाल सेमिफाइनल पुग्न सकेको थिएन ।




यस पटक शीर्ष चारमा रहँदै सेमिफाइनल पुगेपछि नेपाली ब्लाइण्ड क्रिकेट टोली निकै उत्साहित बनेको छ ।

‘हामीले यसअघि ओडिआई र टी२० दुवै खेलेका छौँ । तर कुनै पनि स्थान हात पारेको थिएन । यसपाली जे सोचेको थियौँ । अभाव हुँदा नि जे सोचेको थियौँ त्यसको फल मिलेको जस्तो लागेको छ,’ नेपाली ब्लाइण्ड क्रिकेट टोलीका कप्तान रमेश बानियाँले पाकिस्तानबाट अनलाइनखबरसँग फोन कुराकानीमा भने, ‘हाम्रो लागि गौरवको कुरा हो । हामी खुशी छौँ ।’




यस्तै मुख्य प्रशिक्षक नहेन्द्र निरौलाले पनि यो ऐतिहासिक क्षण भएको बताए । ‘हाम्रो दृष्टीविहिन क्रिकेट टोलीले सन् २०१२ मा पहिलो विश्वकप खेलेको टिम हो । २०१२ देखि खेल्दा कुनैमा पनि नतिजा आएको थिएन । यस पटक हामी सेमिफाइनल पुग्दा यो ऐतिहासिक क्षण हो र धेरै खुशी छौँ देशका लागि केही गर्न सक्यौँ भनेर’ उनले भने ।

शनिबार लिग चरणका खेल सकिएपछि नेपाल चौथो स्थानमा रहने पक्का भएको हो । सुरुमा ७ टोलीको सहभागिता रहने भनिएपनि भारत अन्तिम समयमा पाकिस्तान नगएपछि ६ टोलीले ब्लाइण्ड क्रिकेट टी२० विश्वकप खेले । जसमा नेपालले २ खेल जित्दा ३ खेलमा पराजित भएको थियो ।



सुरुवाती दुई खेलमा श्रीलंका र बंगलादेशसँग पराजित भएको नेपालले त्यसपछि अफगानिस्तान र दक्षिण अफ्रिकालाई पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको थियो । अन्तिम खेलमा बलियो टोली आयोजक पाकिस्तानसँग पनि नेपाल पराजित भयो । भारत सहभागी नभएपछि उको सबै विपक्षीले वाकओभर पाउँदै २ अंक जोडे । जसले गर्दा नेपालले ६ खेलबाट ६ अंक जोड्दै चौथो भएको हो ।

नेपाल श्रीलंकासँग ७० रनले, बंगलादेशसँग ६७ रनले पराजित भएको थियो । त्यसपछि अफगानिस्तानलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको नेपालले दक्षिण अफ्रिकामाथि ११ रनको रोमाञ्चक जित निकालेको थियो ।

लिगको आफ्नो अन्तिम खेलमा भने नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भयो ।

नेपाली टोलीका कप्तान रमेश बानियाँले पहिलो खेलदेखि नै जित्ने लक्ष्य राखेपनि ब्याटिङ नचल्दा हार व्यहोर्नुपरेको बताए । पछि नेपालले रणनीति परिवर्तन गरेपछि जित हात पारेको थियो । ‘हाम्रो सोच नै पहिलो खेल जित्ने थियो । तर फिल्डिङ र बलिङ राम्रो हुँदा पनि दुई खेलमा ब्याटिङ राम्रो भएन । जसले गर्दा हार व्यहोर्नुपर्‍यो । दुवै खेल हामीले जित्न सक्ने नै थियो’ उनले भने, ‘तेस्रो खेलबाट भने ब्याटिङ अर्डर चेन्ज गरेर खेल्यौँ र राम्रो नतिजा पनि आयो ।’

सुरुवाती खेल जितेको भए नेपालले सेमिफाइनलमा पाकिस्तानसँग भेट टार्न सक्थ्यो । तर दुई खेल हार्दा नेपालले पाकिस्तानसँग खेल्नुपर्ने भयो ।



जुत्ता र ड्रेस सहयोग मागेर विश्वकपको सेमिफाइनलमा

ब्लाइन्ड क्रिकेट टिमले पाकिस्तान पुग्नका लागि नै ठूलो संघर्ष गर्नुपरेको थियो । क्यानको सहयोगमा दाङमा पुगेर प्रशिक्षण गरेको उनीहरुले जुत्ता र ड्रेसका लागि पनि अरुको सहयोग लिनुपरेको थियो ।

विभिन्न समस्याका बाबजुद पनि नेपाली ब्लाइन्ड क्रिकेट टोलीले विश्वकपको सेमिफाइनल पुगेर इतिहास रचेको छ । कप्तान रमेश बानियाँले क्यान र शरद भेषावकरले सहयोग गरेको बताए । ‘हामीलाई शरद सरले जुत्ता सहयोग गर्नुभाको हो । हामी सडक मार्ग हुँदै पाकिस्तान आयौँ । भैरहवाबाट बिदाई भएर गौरखपुरस्मम दुई बसमा आयौँ । गोरखपुरदेखि अमृतसरसम्म ट्रेनमा जाने कुरा थियो । तर अमृतसर भन्दा ५०० किमी अगाडी नै रोकियो र त्यसपछि हामी ३ वटा बसमा अमृतसर पुग्यौँ । त्यहाँ बोर्डर बन्द भइसकेकोले हामी त्यही बसेर अर्को दिन मात्र पाकिस्तान आइपुग्‍यौँ’ कप्तान बानियाँले भने ।

यही कारणले गर्दा नेपालले विश्वकपको उद्घाटन समारोह नै छुटाएको थियो र सिधै खेल खेल्नुपरेको थियो ।

ओखलढुंगा ज्यामिरेका ४७ वर्षीय बानियाँले यसअघि एकपटक वान डे र टी२० विश्वकप खेलेका थिए । उनी यस पटक नेपालको कप्तानी गर्दै अन्तिम पटक विश्वकप खेलिरहेका छन् । उनले यसमा राम्रो प्रदर्शन गरौँ भनेर सोचेको र त्यहीअनुसार भएको बताए । ‘अन्तिम पटक खेलौँ भनेर र केही गर्न सकिन्छ भनेर । त्यही अनुसार सेमिफाइनल पुगेका छौं’ उनले भने ।

यस्तै प्रशिक्षक निरौलाले नेपाल क्रिकेट संघ र सहयोग गर्न सबैलाई धन्यवाद दिए । ‘प्रशिक्षण मैदान र ड्रेस उपलब्ध गराएर क्यानले सहयोग गर्नुभएकोमा धन्यवाद दिन्छा । क्रिकेट सामाग्री उपलबध सीबीएमलाई पनि धन्यवाद ।

प्रशिक्षक निरौलाले दृष्टिविहिन हरुले पनि क्रिकेट खेलेर नेपालको नाम चिनाएको भन्दै सरकारले सहयोग गरेमा अझ राम्रो नतिजा ल्याउन सक्ने बताए । ‘हामी अहिले सेमिफाइनल पुग्यौँ । यदी नेपाल सरकारले केही सहयोग गर्‍यो भने हामी विश्वकपको फाइनल समेत खेल्न सक्छौँ भन्ने छ । हामीलाई पनि खेल्ने मैदान, सेवा सुविधा र सहयोग पायौँ भने हामी पनि गर्न सक्छौँ फाइनल पुग्न सक्छौँ भन्ने विश्वास दिलाउन चाहन्छौं’ उनले भने ।

पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य

पहिलो सेमिफाइनल नेपालले घरेलु टोली पाकिस्तानसँग आइतबार खेल्नेछ । खेल मुलतानमा हुनेछ । यस्तै दोस्रो सेमिफाइनल आइतबारै श्रीलंका र बंगलादेशबीच हुनेछ ।

पाकिस्तानसँग नेपाल लिग चरणमा १० विकेटले सहजै पराजित भएको थियो । लिग चरणमा अपराजित रहँदै शीर्ष स्थानमा रहेको पाकिस्तान उपाधिकै दाबेदार टोली हो ।

तर सेमिफाइनलमा घरेलु टोलीलाई कडा चुनौती दिने गरी मैदान उत्रने नेपाली टोलीका मुख्य प्रशिक्षक नहेन्द्र निरौलाले बताए । ‘भोलीको सेमिफाइनल पाकिस्तान हामी भन्दा धेरै बलियो टिम भएता पनि आफूलाई कमजोर नमानी उच्च मनोबलका साथ खेल्नेछौं’ उनले भने, ‘ब्याटिङ लाइन बलियो बनाएर २०० टार्गेट दिने लक्ष्य छ । त्यसो भयो भने खेल प्रतिस्पर्धात्मक हुन्छ ।’

यस्तै कप्तान रमेश बानियाले पनि पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताए । ‘पहिलो पटक सेमिफाइनल खेल्दैछौँ । हाम्रोतर्फबाट फिल्डिङ बलिङ ब्याटिङ सबै क्षेत्रमा शतप्रतिशत दिनेछौँ’ उनले भने, ‘उनीहरुले कस्तो खेल्छ भन् गेम हेर्नेलाई थाहा छ । तैपनि हामीले हार मानेका छौँ । उनीहरुलाई ठूलो टार्गेट दिने गरी हामीले तयारी गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...